निर्णय नं. ३६३८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३८ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/२३ २४५१ निर्णय नं. ३६३८ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास सम्मानीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ५८३ सम्वत् २०४५ सालको फौ.पु.नं. ६५१ फैसला भएको मिति : २०४५।९।२३।६ मा पुनरावेदक/वादी : प्र.ह.उद्धवबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला कैलाली नारायणपुर गा.पं.वा.नं.८ सतिबजार बस्ने डवलबहादुर रावलसमेत पुनरावेदक/प्रतिवादी : कैलाली कारागारमा बन्दी डबलबहादुर रावल विरुद्ध विपक्षी/वादी : प्र.ह.उद्धवबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) वारदात नै भए गरेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन नसकेको स्थितिमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायको दृष्टिमा मिल्ने नदेखिने । (प्रकरण नं. ४१) (२) पुनरावेदन नपरे पनि अ.बं.२०५ नं. ले इन्साफ सजायतर्फ हेर्न मिल्ने । (प्रकरण नं. ४१) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने दुवैपक्षको पुनरावेदनपत्र परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. एकजना भारतीय मानिसलाई डबलबहादुर रावल, दुर्गाप्रसाद भण्डारी समेतका मानिसहरुले मिति २०४१।३।३ गतेका राती अं.२ बजेको समयमा कुटपिट गरी मर्ने अवस्थामा पारी दवाई गर्ने बहानाले अम्बरबहादुरको लडियामा राखी लगेको अवस्थामा मृत्यु भई कर्णाली नदीमा फालेको भन्ने कुरा बुझिएकाले डवलबहादुर रावल, अम्बरे सुनार, दुर्गाप्रसाद भण्डारीलाई आवश्यक कारवाहीका लागि यसैसाथ पठाएको छ भन्ने समेत प्र.ह.उद्धवबहादुरको प्रतिवेदन । ३. मिति २०४१।३।३ गतेको राती मेरो घरको कुनामा लुकी रहेको अपरिचित भारती भाषामा बोल्ने धोति लगाएको मानिस बजारतर्फ भाग्न लागेको देखी निजलाई लखेटी पक्राउ गर्दा निजले आफ्नो ठेगाना बताएन त्यसै समय अनन्ते भण्डारी, रामबहादुर रावल, चक्रे राबोल, शमशेर भन्ने होटलवाला गगसिं रावल समेत भई केरकार गरी सबैले कुटपिट गरेका हौं सजि चौकीतर्फ लैजाँदा कुटपिट गरेकोे व्यक्तिलाई हामी बुझ्दैनौं भनी प्रहरीले नबुझी राजपुरतर्फ औषधि गर्न लाँदा अम्मरे सुनारको लडीयामा राखी लैजाँदा कर्णाली नदीको तिरमा निजको मृत्यु भयो गगंसिं समेतको मद्दतबाट लाशलाई बालुवामा गाडेका हौं पहिले मृतकलाई समाउँदा पिट्नेमा चाउरे बाहुन, मनी सुनार, टेकबहादुर रावल, राम बहादुर रावल, चक्ररावलहरुले हात मुक्का लठ्ठीले कुटेका हुन् कस्को चोटबाट मृत्यु भयो भन्न सक्दैन लाशलाई बालुवामा गगंसिं समेतको मद्दतबाट गाडेका हौं लाश बगाएको छैन लाश के भो म थाहा पाउन्न भन्ने समेत प्रतिवादी डवलबहादुर रावलको अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान । ४. मिति २०४१।३।३ गते राती बजारमा चोर छोप्यो भन्ने हल्ला सुनी जाँदा गगंसिं, डवलबहादुर, रामबहादुर, चक्रबहादुर, अनन्ते भण्डारी र अन्य मानिस समेत पनि थिए । निजलाई कुटी चौकीमा लैजाँदा प्रहरीले किन कुटेको उपचारको व्यवस्था गर भनेपछि डवलबहादुर समेतले मृतकलाई उपचार गरे नगरेको मलाई थाहा भएन भन्ने समेत प्रतिवादी दुर्गाप्रसाद भण्डारीले प्रहरीमा गरेको बयान कागज । ५. मिति २०४१।३।३ गतेको राती म आफ्नो घरमा नै थिएँ चोर चोर भन