निर्णय नं. ३६३९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३९ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०८/२० २१७७ निर्णय नं. ३६३९ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नम्बर ६५४ सम्वत् २०४५ सालको फौ.सा.नम्बर ५३ फैसला भएको मिति : २०४५।८।२०।२ मा पुनरावेदक/प्रतिवादी : कैलाली कारागारमा बन्दी रहेको वेदप्रकाश सक्सेनासमेत विरुद्ध विपक्षी/वादी : प्र.ह.जीतबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) सामान्य ज्ञानको मानिसलाई पनि १५ दिनसम्म अन्न पानी बन्द गरी थुन्दा मानिस मर्छ भन्ने कुराको जानकारी हुन्छ भनी अनुमान गर्नुपर्ने । (प्रकरण नं. १९) (२) मानसिक स्थिति विक्षिप्त भएको आफ्नो छोरालाई मनस्थिति परिवर्तन हुन्छ कि भन्ने आधारमा कोठामा थुनेको अवस्थामा मृत्यु हुन गएको भन्ने देखिएकोमा अपराध गरेको अवस्था समेतबाट ऐन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम जनही कैद वर्ष १० दश हुने । (प्रकरण नं. १९) पुनरावेदक, प्रतिवादीहरु तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. मलाई ०४२।१२।६ गतेका दिन बजारतर्फको हालखबर बुझ्न पठाएकोमा वेदप्रकाश सक्सेनाको डेराको बन्द भइरहेको कोठाबाट दुर्गन्ध आइरहेकोले के भएको हो आवश्यक कारवाहीको लागि जाहेर गरेको छु भन्ने समेत जितबहादुर गुरुङको प्रतिवेदन । ३. लाश सडी गली लाशको जिउमा घाउ चोटपटक छुट्याउन सकिने स्थितिमा नभएको भन्ने समेत लाश जाँच प्रकृति मुचुल्का । ४. मेरी श्रीमती सधैं पूजाआजा गर्ने हुँदा मलाई देवीको शक्ति प्राप्त भयो भनी मलाई बेटा भनी संवोधन गर्ने र मैले माँ भनी पुकार्ने गरेको थिएँ सो को २।३ दिनपछि मृतक छोराले आमालाई झमटिने गरेकोले निजलाई छुट्टै कोठामा बन्द गरी खानपिन नदिई राखेकोमा पछि छोराको लाश फेला परेको हो भन्ने समेत वेदप्रकाश सक्सेनाको प्रहरीमा गरेको बयान कागज । ५. म दुर्गादेवीको पूजा गर्थें देवीकै दर्शन प्रत्यक्ष पाई दुर्गाको शक्ति प्राप्त भएको भनी लोग्ने लगायत सबैलाई पुत्रको रुपमा व्यवहार गर्थे त्यसपछि छोरा प्रदीपलाई पनि त्यस्तै परिवर्तन भई आफ्नो बाबुलाई हमला गर्न खोज्दा मेरो कानमा तिमी बाहिर जाउ मलाई बन्द गर भन्ने आवाज सुनी छोरालाई कोठामा थुन्न लगाएको हुँ । हाल प्रहरीबाट सो कोठा खोली हेर्दा छोराको लाश सडी सकेको थियो भन्ने समेत व्यहोराको सन्तोषदेवी सक्सेनाले प्रहरीमा गरेको बयान कागज । ६. प्रतिवादी वेदप्रकाश र मृतक प्रदीप बौलाएको भन्ने कुरा सुनेको हुँ प्रहरीले वेदप्रकाशको बन्द ढोका खोलेपछि प्रदीप मरी सकेको लाश देखेको हुँ । निजलाई निजकै आमा बाबुले नै मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ७. प्र.वेदप्रकाश सक्सेनालाई मासिक रु.४००।– मा घर भाडा दिएको निजको छोरा पागल भएको र निजकी श्रीमतीलाई देवीको शक्ति प्राप्त भएको भन्ने हल्ला सुनेको हुँ । आफ्नो घरको किराए माग्न जाँदा एक कोठा बन्द गरेको र कोठाबाट दुर्गन्ध आएको थाहा पाई प्रहरीलाई खबर गरी प्रहरीबाट सो ढोका खोली निजको छोरा प्रदीपको लाश फेला परेको हो भन्ने समेत नरबहादुर ऐरले प्रहरीमा गरेको कागज । ८. सन्तोषदेवीले बचन दिई वेदप्रकाशले आफ्नो छोरा प्रदीपलाई घरको को