निर्णय नं. ३६४१ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६४१ - जिउ मास्ने बेच्ने भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/१२ २२३६ निर्णय नं. ३६४१ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ४५५ फैसला भएको मिति : २०४५।९।१२।२ मा पुनरावेदक/वादी : जितबहादुर तामाङ्गको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : सिन्धुपाल्चोक दुमाचौर गा.पं.वा.नं.६ बस्ने बकटु तामाङनीसमेत मुद्दा : जिउ मास्ने बेच्ने (१) कुनै केटीलाई विदेशमा बिक्री गर्न एक ठाउँबाट अर्को ठाउँमा लैजानु नै मुलुकी ऐन जिउ मास्ने बेच्नेको १ नं.को निमित्त पर्याप्त हुने । (प्रकरण नं. १७) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. २०४०।९।३० गते म र मेरो बाबु, आमा, वर्ष १७ की बहिनी ग्याम्ची तामाङनीलाई घर कुरुवा राखी काममा गएकोमा घर आउँदा ढोका बन्द रहेछ, बहिनीको तलाशी गर्दा पत्ता लागेन । २०४२।१०।२ गते रेन्जेन लामा र जीतबहादुर तामाङ समेतले बहिनीलाई फकाई बम्बै बेश्यालयमा बिक्री गर्नको लागि जीतबहादुरको गोठमा राखेको थाहा भएकाले कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जीतबहादुरको जाहेरी दर्खास्त । ३. २०४०।९।३० गते म घरमा एक्लै बसेको अवस्थामा बक्टु तामाङनी मेरो घरमा आई एकछिन जीतबहादुरको घरमा जाउँ भनी जबरजस्ती गरेकीले गएँ । जीतबहादुरले गोठमा लगी राखे । निजहरुले तिमी बम्बे जानुपर्छ । यहाँ दुःख नगर । त्यहाँ राम्रो खान पाइन्छ भने, मैले हुँदैन भनी घर जान खोज्दा ढोकाको बाहिरी ताल्चा मारी राखे । मलाई बेला बेलामा भात जीतबहादुरकी श्रीमतीले पुर्याउने गर्थी, ३ दिन पछि दाजु, बाबुले थाहा पाई कोठाबाट निकाली ल्याएको हो । मलाई बिक्री गर्न जीतबहादुर र रेन्जेनले लैजाने नियत रहेछ, कानून बमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको ग्याम्ची तामाङनीले प्रहरीमा गरेको कागज । ४. जीतबहादुरसंग एक डेढ वर्ष अघि चिनजान भएको हो । हामी बीच गाउँबाट केटीहरु जम्मा गरी इण्डीया बम्बैमा लगी बिक्री गर्ने कुरा थियो । जीतबहादुर गाउँबाट केटी खोज्ने र म काठमाडौंबाट बम्बै पुर्याउने सल्लाह थियो । २०४०।९।२९ गते म जीतबहादुरलाई भेट्न गई त्यहीँ बसें । ३० गते म पूर्जा गर्न पाल्चोक माइकी स्थानमा गई १२ बजे आएँ । केटीको कुरा निज जीतबहादुरले निजको भाउजु वक्टुलाई भनेको रहेछ । रुपैयाँको कुरा हुन बाँकी नै थियो माघ २ गते प्रहरी समेत भई हामीलाई पक्राउ गरेको हो । रु.१००।– दरको भा.रु. ३००।– म बाटै दाखिल भएको हो भन्ने समेत व्यहोराको रेन्जेन लामाले प्रहरीमा गरेको कागज । ५. २०४०।९।२९ गते रेन्जेन लामा मेरो घरमा आएका थिए । निजले म केटी बम्बै लान्छु खोज्नु पर्यो भनेकाले मैले हुन्छ भनें । भाउजु वक्टु तामाङनीकहाँ गई ग्याम्चीलाई बम्बै लगी बिक्री गर्नु पर्यो फकाई दिनु भन्दा निजले हुन्छ भनिन् । ३० गते बेलुका ७ बजे बक्टुले ग्याम्चीलाई मेरो घरमा ल्याइन् निज ग्याम्चीलाई गोठको चोटामा ताल्चा लगाई राख्यौं । माघ २ गते जाहेरवालाले पत्ता पाई प्रहरी समेत भई हामीलाई पक्राउ गरेको हो भन्ने समेत व्यहोराको जीतबहादुर तामाङले प्रहरीमा गरेको कागज । ६. जीतबहाद