निर्णय नं. ३६४४ - पसलबाट उठाई चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६४४ - पसलबाट उठाई चलन चलाई पाउँ भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/१६ २३१३ निर्णय नं. ३६४४ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ७०२ फैसला भएको मिति : २०४५।१०।१६।१ मा पुनरावेदक/वादी : का.न.पं.वा.नं.३० भोटाहिटी बस्ने मिनादेवी ठकुरानी विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं.वा.नं.३१ बागबजार बस्ने कृष्णदास मानन्धर मुद्दा : पसलबाट उठाई चलन चलाई पाउँ (१) घरमा आफैं बस्ने भनी उल्लेख नगरी व्यापार गर्न भन्ने उल्लेख गरेकोमा र घर बनाउनेको ८ नं. को आफैं बस्ने कुरामा मात्र उठाउन पाउने भन्ने व्यवस्थाले आफैंलाई बस्न र व्यापार गर्न भन्ने कुरा घर धनीलाई आवश्यक परेको भन्ने जनाउने र घर धनीलाई चाहिएमा उठाउन पाउने । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय उल्लिखित मुद्दा : ने.का.प. २०४३, पृष्ठ ८५४, नि.नं.२८३८ वादी चुडामणी उपाध्याय वि.इन्दनारायण मानन्धरको बहाल भराई चलन चलाई पाउँ भन्ने मुद्दामा फु.बे. बाट सिद्धान्त प्रतिपादीत । फैसला न्या.बब्बरप्रसद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी वादीतर्फबाट पुनरावेदन गर्ने अनुमति प्राप्त गरी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. भोटाहिटी स्थित ब्लक नं. १०।६ आफ्नो घर मुनिको पसल कवल ३ मा विपक्षीहरु बसी आउनु भएको उक्त घर पसल लोग्ने बाबु चन्द्रलालले चलन पाउने गरी स.अ.बाट मिति ०१३।६।१७ मा अन्तिम फैसला भएको उपर्युक्त घर पसल ३ आफ्नै व्यापार व्यवसाय चलाउने काम गर्नको लागि हामीहरु आफैंलाई नै चाहिएको कुरा मौखिक तथा रजिष्टरीद्वारा विपक्षीलाई जनाउ दिई सकेकोमा सो पसल छाडी नदिएकोले मुलुकी ऐन घर बनाउनेको ८नं. ९नं., अन्तर्गत फिराद गर्न आएको छौं । अतः उपर्युक्त पसल कबल ३ बाट विपक्षीलाई उठाई अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको मिनादेवी ठकुरानी समेतका ४ जनाको संयुक्त फिरादपत्र । ३. लालमोहर सनद र चिनियालालले ०१४ सालमा गरी दिएको लिखत र सोही आधारमा भएको फैसला समेतको आधारमा पसलमा बसी आएका हौं अघिको मुद्दाबाट नै कबुलियतलाई पूर्ण मान्यता प्राप्त छ । शुसिलादेवीले गरेको मुद्दामा मेरो प्रतिउत्तर परी प्रमाणहरु दाखिल छ सो प्रमाण लगाई झुठ्ठा वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने समेतको कृष्णदास समेतको प्रतिउत्तरपत्र । ४. वादीले दावी लिई चलन चलाई पाउँ भनेको घर पसल ०१४ सालमा चिनियालालले लालमोहर समेतको व्यहोरा दर्शाई कृष्णदास समेतको ज्यूताभर नउठाउने व्यहोराको कबूलियत लिखत गरी दिएको पाइएकोबाट र सोही आधारमा विभिन्न मुद्दाहरु परी फैसला भएको भन्ने प्रमाण मिसिल कागजहरुबाट समेत देखिँदा लालमोहर समेतको आधारमा दर्शाई गरिदिएको कागजलाई संकुचित हुने गरी अर्थ गर्न समेत मिल्ने नदेखिँदा पसलबाट उठाई चलन चलाई पाउँ भन्ने समेतको वादी दावी पुग्न सक्दैन भन्ने समेतको का.जि.अ.को मिति ०४०।९।२८ को फैसला । ५. का.जि.अ.को फैसलामा चित्त नबुझी वादी दावी बमोजिम गरी पाउँ भनी मिनादेवी समेतको बा.अं.अ.मा पुनरावेदन परेकोमा आफूलाई चलन गर्न चाहिएमा जहिलेसुकै पनि उठाउन पाउने घर बनाउनेको ८ नं. ले व्यवथा गरेको हुँदा कबुलियतको लिखत भए प