निर्णय नं. ३६४५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६४५ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/०४ २३४७ निर्णय नं. ३६४५ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रिट नम्बर १५६७ आदेश भएको मिति : २०४५।१०।४।३ मा निवेदक : बाँके जिल्ला जड्डापुर गा.पं.वा.नं.१ बस्ने वीरेन्द्रपाल सिंह विरुद्ध विपक्षी/प्रत्यर्थी : ऐ.ऐ.वा.नं.६ बस्ने जैसना मुकैरिनीसमेत विषय : उत्प्रेषण (१) जुन जुन ऐनको त्रुटि देखाई निर्वाचन बदर गरी पाउँ भन्ने समेत दावी लिएको छ सो सम्बन्धमा निर्वाचन विशेष अदालतको फैसलामा उल्लेख भएको नपाइदा मु. ऐन अ.बं.१८० नं.बमोजिम खारेज गरेको निर्वाचन विशेष अदालतको फैसला कानून अनुरुप नभएकोले नि.वि.अ.को फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ । २. म निवेदक वीरेन्द्रपाल सिंह गड्डापुर गा.पं.को प्रधानपञ्च पदको लागि भएको २०४३।१२।१० गतेको निर्वाचनमा उम्मेदवार भएको थिएँ । मेरो चुनाव चिन्ह गाई थियो । मेरो विरुद्ध प्रधानपञ्चका लागि उम्मेदवारहरु मध्ये विपक्षी जैसना मुकैरिनीको चुनाव चिन्ह मानिस थियो बेचनलाल मुरावको चुनाव चिन्ह घर र राम दुलारेको घडी थियो । म निवेदकले गाई चिन्हमा ३९१, मानिस चिन्हमा ४५३, घर चिन्हमा २६८ र घडी चिन्हमा २०५ मत गरी जम्मा १६५१ मत संख्या गणना गर्दा प्रत्येक वार्डबाट उक्त ४ जना उम्मेदवारले प्राप्त गरेको भोट संख्या देखिन्छ । मतदान अधिकृतले प्रत्येक वार्डबाट खसेको मत तथा उम्मेदवारले प्राप्त गरेको मतसंख्यामा फरक देखिने गरी जम्मा संख्या १६३६ बाट नै परिणाम घोषणा गरी विपक्षीलाई विजयी भएको घोषणा गर्नुभयो । अतः मतदान अधिकृतले विपक्षीको पक्ष लिई निजलाई जिताउने उद्देश्यले विपक्षी तथा विपक्षी मार्फत निजको मानिसहरुलाई आफ्नो दस्तखत गरेको मतपत्र पनि हस्तान्तरण गरी मलाई डर धाक धम्की देखाई निष्पक्ष निर्वाचन नगरी पक्षपातपूर्ण ढड्डले विपक्षीलाई विजयी गराउन गैरकानूनी र अनुचित प्रभाव पारी भए गरेको धाँदलीपूर्ण निर्वाचन बदर गरी पाउँ भन्ने समेत व्यहोराको मेरो उजूरी पत्र निर्वाचन विशेष अदालत बाँकेमा पर्यो । ३. निर्वाचन बदर गरी पाउन वादीले लिएको कानून निर्वाचन अपराध तथा सजायँ ऐन, २०२४ को दफा १४(घ) र (छ) हुँदै नभएकोले खारेज गरिएको छ भन्ने २०४४।६।२६ को बाँके निर्वाचन विशेष अदालतको फैसला । ४. उक्त फैसलामा कानूनी त्रुटि विद्यमान छन् । मेरो उजूरीलाई समग्र रुपले अध्ययन नै नगरी दावी खारेज गरिएको छ । निर्वाचनमा भएको अनियमितताको सप्रमाण जिकिर लिँदै निर्वाचन अपराध तथा सजायँ ऐन, ०२४ अनुरुप मेरो उजूरी परेको हो । सोही उजूरीमा मैले निर्वाचन ऐनको दफा ४ को देहाय १, २, ३ अनुरुप अनुचित प्रभाव पारी ऐ.दफा ५(२) विपक्षको पक्ष लिई कार्य भएको भनेको छु । यही उजूरीको क्रममा ऐनको दफा १४(घ) र (छ) को पनि उल्लेख हुन पुगेको हो यस स्थितिमा मेरो माग ऐनको दफा १४(घ) र (छ) अन्तर्गत मात्र रहेको मान्न मिल्दैन । ५. मेरो उजूरीलाई खारेज गर्दा अ.बं.१८० को प्रयोग गरिएको छ । खारेजी केबल हदम्याद र हकदैया प्रश्नमा हुने हो । प्रधानपञ्चको उम्मेदवारको नाताले उजूरी गर्ने मेरो हकदैया छ भने तोकिएको हदम्याद भित्र उजूरी गरेको छु । ऐनका दफा, उपदफा र तथ्यहरु मिलेका छ