निर्णय नं. ८९६९ - करारको यथावत परिपालना गराई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९६९ - करारको यथावत परिपालना गराई पाऊँ भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०५/२५ १०६२७ ने.का.प. २०७०, अङ्क २ निर्णय नं ८९६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की सम्वत् २०६८ सालको ०६८–CI–०३४४ फैसला मितिः २०६९।५।२५।२ मुद्दा :– करारको यथावत परिपालना गराई पाऊँ । पुनरावेदक वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १ कुपण्डोलस्थित समिट होटल प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त ऐ. कम्पनीका प्रबन्ध संचालक रोजर हेन्के विरुद्ध प्रत्यर्थी प्रतिवादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका झम्सीखेल घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ११ थापाथली बस्ने शारदा प्रसाई समेत शुरु तहमा फैसला गर्ने :– मा.जि.न्या.श्री यज्ञप्रसाद बस्याल पुनरावेदन तह फैसला गर्ने :– मा.न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ मा.न्या.श्री मीरा खड्का § पुरानो ऐनअनुसार सिर्जना भएको र नयां कानूनले प्रतिवन्ध नलगाएको कुनै विषयवस्तु भएको करारको परिपालना सम्बन्धमा नयां कानून लागू भएपछि उत्पन्न विवादको निरुपणको प्रक्रिया, उपलव्ध उपचार तथा हदम्यादका सम्बन्धमा नयां ऐनको व्यवस्था लागू हुने हुंदा यस्तो विवादमा पुरानो कानून लागू हुने अवस्था नहुने । § करारको वैधताको प्रश्नलाई पुरानो कानूनको आधारमा परीक्षण गर्नु पर्दछ र नयां कानून विभेदकारी नभएको अवस्थामा करार अक्षुणता वा उक्त करार उल्लघंन हुंदा कस्तो उपचार प्राप्त गर्ने भन्ने प्रश्नलाई नयां कानूनको आधारमा निरुपण गर्नुपर्ने हुंदा करारको परिपालना, दायित्वबाट उन्मुक्ति, हदम्याद तथा पक्षहरूलाई प्राप्त हुने उपचार सम्बन्धमा पनि नयां कानून नै लागू हुने । (प्रकरण नं.५) § सम्झौतामा उल्लिखित घर जग्गाको मूल्य बुझी लिएको तर घर जग्गा रजिष्ट्रेशन पारित गरी नदिएकोले घर जग्गाको रजिष्ट्रेशन पारित गराई करारीय दायित्व पूरा गराई पाऊँ भन्ने पक्षले सम्झौतामा उल्लिखित सम्पूर्ण मूल्य चुक्ता गरेको र प्रतिवादीले उक्त मूल्य बुझी लिएको भरपाई वा रसिद जम्मा गर्नु पर्याप्त हुन्छ । तर घर जग्गाको बिक्री मूल्यमा विवाद भएको अवस्थामा यस्तो रसिद मात्र करारीय दायित्व पालना गरेको छ भन्ने कुराको अकाट्य प्रमाण नहुन नसक्ने । § करारमा नै निविर्वाद रुपमा स्पष्टसंग यकीन भएको मूल्य बुझिलिन इन्कार गरी घर जग्गा रजिष्ट्रेशन पारित गराई दिनुपर्ने दायित्व पूरा नगरेको अवस्थामा करारीय दायित्व पूरा गराई पाऊं भनी दावी लिनेले करारमा नै यकीन भएको घर जग्गाको मूल्य फिराद साथ अदालतमा धरौट राख्नु वाहेक दायित्व पूरा गरेको विषयको अर्को प्रमाण हुन सक्तैन । घर जग्गाको मूल्य भुक्तानी गर्ने वादीको आर्थिक क्षमता भएको वा मूल्य भुक्तानी गर्न आवश्यक पर्ने रकम बैंक खातामा मौज्दात छ भन्ने कुराले मात्र दायित्व परिपालनाको प्रमाण हुन नसक्ने । (प्रकरण नं.१५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरु अनिलकुमार सिन्हा, पूर्णमान शाक्य, प्रभाकर अधिकारी र आशिष अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः नेकाप २०४९, पृष्ठ १ सम्बद्ध कानूनः § करार ऐन, २०२३ को दफा १०(१) § करार ऐन, २०५६ को दफा ८८ § मुलुकी ऐन, रजिष्ट्रेशनको महलको १ नं. फैसला न्या. भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनको मिति २०६७।८।७ को फैसलाउपर चित्त नबुझी वादी तथा प्रतिवादी दुवै तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्