निर्णय नं. ३६४६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६४६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/०८ २५८२ निर्णय नं. ३६४६ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. २४२० आदेश भएको मिति : २०४५।९।८।५ मा निवेदक : हिमाल प्लाष्टिक प्रोडक्सन श्रीपुरका साझेदार मदनलाल सरावगी विरुद्ध विपक्षी : कर कार्यालय, वीरगञ्ज विषय : उत्प्रेषण (१) औ.व्य. ऐन, ०३८ को दफा १४(१) ले औ.व्य.ऐन, ०३० को सुविधालाई कायम राखेको हुँदा अन्य कुनै निर्णय आदेशबाट उद्योगले उपभोग गरी रहेको तथा गर्न पाएको बिक्री करको सुविधाबाट बञ्चित हुनसक्ने कानूनी व्यवस्था नभएकोमा त्यसको विपरीत निवेदकबाट कच्चा पदार्थ र उत्पादित सामानको मौज्दातको बिक्री कर दाखिल गर्नु भनी कर कार्यालयको निर्णय तथा आदेश कानून अनुरुप नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क)(२) मा घरेलु उद्योगको लागि आएका आधारभूत तथा सहायक कच्चा पदार्थमा बिक्री कर नलाग्ने गरी सुविधा प्रदान गरेको तथा अन्य उद्योगको लागि पनि उक्त ऐनको दफा ९(१) (ङ) (१) को देहाय (ख) मा “अधिकांश कच्चा पदार्थको लागि परिवत्र्य विदेशी मुद्रामा आधारित उद्योगको आधारभूत तथा सहायक कच्चा पदार्थमा बिक्री कर छूट हुने छ” भन्ने व्यवस्थाबाट उत्साहित भई निवेदकले घरेलु तथा ग्रामीण उद्योगबाट २०३३।२।८ मा यस हिमालय प्लाष्टिक प्रोडक्टस भन्ने उद्योग दर्ता गराई स्थापना गरी २०३७ सालमा पुँजी समेत वृद्धि गरी उद्योग सञ्चालन गरी औ.व्य. ऐन, २०३० को दफा ८(१)(ङ)(१) र दफा ९(१)(ङ) को देहाय (१) तथा दफा ९(१) (क)(२) बमोजिम विदेशबाट कच्चा पदार्थ (प्लाष्टिक ग्रेनुअल्स) उद्योगको लागि आयात गर्दै आएकोमा बिक्री कर नलाग्ने गरी सुविधा पाई आएको आ.ब. २०३७ सालमा यस उद्योगको स्टकमा बाँकी रहेको कच्चा पदार्थमा बिक्री कर लाग्छ भनी विपक्षी कर कार्यालय वीरगंजले गैरकानूनी तवरले बिक्री कर रु.१,८२,२२६।– दाखिल गर्नु भनी मिति २०३७।९।३० मा यस उद्योगबाट माग गर्नु भएकोमा निवेदकले सर्वोच्च अदालतमा रिट नं. १५९३ दर्ता गरी ०४१।१।४ को स.अ.को आदेश बमोजिम औ.व्य. ऐन, २०३० बमोजिम सो स्टक बाँकीका कच्चा पदार्थमा बिक्री कर नलाग्ने र असूल भएको बिक्री कर पनि फिर्ता पाएको थिएँ । ३. विपक्षी कर कार्यालयले पुनः निवेदकको उद्योग हिमालय प्लाष्टिक प्रोडक्टसले जापानबाट औद्योगिक उत्पादनको लागि कच्चा पदार्थ (प्लाष्टिक ग्रेनअल्स) रु.८,१८,९३५।५० को जम्मा ४० मे.टन मिति २०३७।१०।२ मा प्रज्ञापनपत्र नं. ५२ र नं. ५३ द्वारा आयात गरेकोमा बिक्री कर नलागि आएको २०३९ साल आषाढ मसान्त सम्म ३७,००० के.जी. बाँकी रहन गई पछि उक्त कच्चा पदार्थबाट माल तयार हुँदै गई सम्पूर्ण कच्चा पदार्थबाट उत्पादित सामानहरु आ.ब. ०४०।०४१ मा बिक्री समेत भइसकेकोमा विपक्षी कर कार्यालयले २०४४।१।३ मा टिप्पणी सदर गरी ०३९ साल आषाढ मसान्त सम्म स्टकमा बाँकी रहेको कच्चा पदार्थ ३७,००० के.जी. र उत्पादित सामान क्रमशः ४३३, ५३५ र ९७ र ९५ के.जी. सामानमा २०३९ सालको बजेट वक्तव्य बमोजिम बिक्री कर लाग्छ भन्दै प्रति के.जी. रु.