निर्णय नं. ३६४७ - बिगो असूल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६४७ - बिगो असूल भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/१८ २३८९ निर्णय नं. ३६४७ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ६८१ फैसला भएको मिति : २०४५।९।१८।१ मा पुनरावदेक/प्रतिवादी : भोजपुर, आदर्श गा.पं.वा.नं.२ टक्सार बस्ने भबजीत कार्की विरुद्ध प्रत्यर्थी/वादी : नेपाल खाद्य संस्थान, केन्द्रीय कार्यालय मुद्दा : बिगो असूल (१) संस्थानको विनियम ०३१ मा “समितिले गरेको निर्णयहरु कार्यान्वयन गर्ने र संस्थानको सम्पूर्ण कार्य सम्पादन गर्ने गराउने उत्तरदायित्व महाप्रबन्धकको हुनेछ” भन्ने व्यवस्था रहेबाट मुद्दा दायर गर्ने सम्बन्धमा प्रष्ट व्यवस्था नदेखिए तापनि संस्थानको सम्पूर्ण कार्य गर्ने गराउने उत्तरदायित्व रहेका महाप्रबन्धकलाई संस्थानको तर्फबाट मुद्दा दायर गर्ने अधिकारै नभएको भन्न नमिल्ने । (प्रकरण नं. ९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला प्रत्यर्थी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या.पृथ्वीबहादुर सिंह : म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. धरान फुस्रेबाट उपशाखा कार्यालय भोजपुरसम्म खाद्यान्न ढुवानी गर्न आ.ब. २०३५।०३६ र ०३६।०३७ गरी दुवै पटकको मिति ०३५।८।१५ र ०३६।९।३ मा विपक्षी भवजितसंग ढुवानी गर्ने सम्झौता भई सो अनुसार धरानबाट खाद्यान्न बुझाइएको र निजले पनि उपशाखा कार्यालय भोजपुरमा खाद्यान्न बुझाउँदै जाँदा आ.ब. ०३५।०३६ को ढुवानीबाट अरुवा मोटा चामल ६७.१९ क्वीन्टल, उसिना मोटा चामल ११८.२५ क्वीन्टल र खाली बोरा ठूलो १६२, सानो बोरा ३००।– बुझाउन बाँकी राखेकोले त्यसको नगदीमा परिणत गरी हुने रु.४७,१७६।८७ र सम्झौताको दफा ५ बमोजिम हर्जाना ५०% को रु.२४,०८८।४२ समेत जम्मा हुने रु.७२,२६५।३० असूल गर्नु पर्नेमा विपक्षीले २०० क्वीन्टल चामल ढुवानी गराएको ढुवानी भाडा निजलाई दिनु पर्ने रु.२६,७०५।२५ मिति ०३६।१।१६ मा क्षेत्रीय कार्यालय विराटनगरमा बुझाएको ड्राफ्टको रु.२०,१००। समेत कट्टा गरी खूद बुझाउनु पर्ने रु.२५,४६०।०५ बुझाउन ल्याउनु भनी क्षेत्रीय कार्यालय विराटनगरबाट पत्रद्वारा निजलाई जानकारी गराइएको नबुझाएको र ०३६।०३७ मा पनि निजले धरानबाट खाद्यान्न बुझी भोजपुर उपशाखा कार्यालयमा बुझाउँन बाँकी राखेको खाद्यान्न मध्ये उसिना मोटा चामल १९९.८७ क्वीन्टल र खाली बोरा ठूलो ४५८, सानो १४५ नबुझाएकोले आ.ब. ०३५।०३६ को बाँकी रु.२५,४६०।०५ आ.ब.०३६।०३७ को ढुवानी गर्दा विपक्षीले बझाउँन बाँकी राखेको उसिना मोटा चामल १९९.८७ को हुने रु.४४,९७०।७५ खाली बोरा ठूलोको रु.२७०।– र सानोको रु.५८०।– समेत जम्मा रु.४५,८२०।७२ र सम्झौताको दफा ५ बमोजिम हर्जाना थप ५०% ले हुने रु.२२,९१०।३८ समेत जम्मा हुने रु.६८,७३१।१३ निजको ०३६।०३७ को ढुवानी खर्च कटाई पाउने रु.१४,९३१।३६ कट्टा गरी खूद विपक्षीबाट असूल गर्नु पर्ने रु.७९,२५९।८२ विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको खाद्य संस्थानको फिरादपत्र । ३. आर्थिक वर्ष ०३५।३६ र ०३६।०३७ मा भोजपुरमा खाद्यान्न ढुवानी गरी पुर्‍याई दिने मैले ठेक्का पाई क्षेत्रीय कार्यालय विराटनगरसंग करार गरेको हुँ । ढुवानी गर्नु पर्ने मध्येको ०३५।०३६ आ.ब. को मकै १२५० क्वीन्टल, उसीना चामल १३५० क्वीन्टल मध्ये १२३१ क्वीन्टल ७५ के.जी. र अरुवा चामल