निर्णय नं. ३६४८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६४८ - उत्प्रेषण समेत भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/०२ २३९१ निर्णय नं. ३६४८ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं.२४७० आदेश भएको मिति : २०४५।१०।२ मा निवेदक : सडक विभाग बा.अं.अ.का.नं.२ मा कार्यरत नारायणकाजी ताम्राकार विरुद्ध विपक्षी : श्री ५ को सरकार, निर्माण तथा यातायात मन्त्रालय विषय : उत्प्रेषण समेत (१) १ ग्रेड किन नघटाउने भनी स्पष्टीकरण माग गरी सजायँ गर्दा पुरै ग्रेड घटाउने गरी गरेको निर्णयलाई कानून अनुकूलको मान्न नसकिने । (प्रकरण नं. ९) (२) जुन सजायँ प्रस्तावित गरी स्पष्टीकरण माग गरिएको छ त्यो भन्दा चर्को सजायँ गर्न कानूनले अख्तियारी दिएको नपाइने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ : २. सडक विभागको लागि आई.डी.ए. ऋण योजना अन्तर्गत ६५ थान इसुजु ट्रक खरीद गर्ने सिलसिलामा गठित प्राविधिक समितिको सदस्यको हैसियतले टिप्पणी उठाउँदा अधुरा र अस्पष्ट कारण दर्शाएर सस्तो ट्रक खरीद गर्ने सिफारिश नगरेको रोमानियन ट्रकको पेलोड विषयमा सम्बन्धित सप्लायरसंग स्पष्ट गर्न गराउन कारवाही गर्नुपर्नेमा सो नगरेको टेण्डरमा उल्लिखित स्पेशीफिकेशन बमोजिम ट्रकको मोडेल र स्पेशीफिकेशन जाँचबुझ गरी इसुजु एस.वि.चार ३२२ बी मोडेलको ट्रक सञ्चालनमा ल्याउन पर्नेमा मोडेल र स्पेशीफिकेशनमा सन्देह हुँदाहुँदै पनि सञ्चालनमा ल्याएको रीतपूर्वक बुझ्नु पर्नेमा नबुझेको, गाडी बुझेको १ महिनाभित्र लेटर अफ एक्सटेन्सन दिनु पर्नेमा दिएको नदेखिएको आदि कारणले हेलचेक्र्याई गरी आफ्नो कर्तव्य अनुसारको जिम्मेवारी पालन नगरेको देखिएकोले तपाई उपर नि.से.नि.अनुसार किन कारवाही नगर्ने भनी ०४१।१०।३ मा निर्माण तथा यातायात मन्त्रालयबाट स्पष्टीकरण माग गरिएकोमा व्यहोरा खुलाई स्पष्टीकरण दिएको थिएँ । सो स्पष्टीकरण दिएको १५ महिनापछि फेरि तपाई उपर नि.से.नि.बमोजिम किन कारवाही नगर्ने ? नि.से.नि.को परिच्छेद १०.९.१ अनुसार स्पष्टीकरण पेश गर्नु भनी दिएको पत्रानुसार तपाईले दिएको स्पष्टीकरणमा कारवाही हुँदा सो सम्बन्धमा नि.से.नि.१०.५ बमोजिम तपाईले खाइपाई आएको तलबमा १ ग्रेड किन नघटाउने ? ३ दिनभित्र स्पष्टीकरण पेश गर्नु भनी दोस्रो स्पष्टीकरण माग गरियो । सोउपर स्पष्टीकरण दिएकोमा लाए अराएको काम सन्तोषजनक रुपमा नगरेकोले श्री ५ को सरकारको मिति ०४३।९।२४ को निर्णयानुसार भन्दै निवेदकलाई रा.प. तृतीय श्रेणीको प्राविधिक पदको सबैभन्दा तल्लो टाइम स्केलमा झारिएको व्यहोरा जानकारी गरिएको छ भनी ०४३।१०।१ को पत्रबाट निर्णयको जानकारी दिएकोमा चित्त नबुझेकोले श्री ५ को सरकारमा पुनरावेदन गरेकोमा पुनरावेदन अस्वीकृत गर्ने निर्णय भएको ०४४।१।२९ मा जानकारी गराइयो । ३. विभागीय स्पेशीफिकेशन र आवश्यकता परिपूर्ति गर्ने हिसाबले सबै भन्दा सस्तो ट्रक खरीद गरेको कुरा स्वयं निर्णये नै स्वीकार गरेको हुँदाहुँदै पनि निवेदकलाई सजायँ गरिनाले ठूलो अन्याय परेको छ । नि.से.नि.को नियम १०.५ अनुसार निजामती कर्मचारीको ग्रेड घटाउन अशन्तोषजनक काम गरेको वा अनुशासनहीनता गरेको वा आचरण सम्बन्धी नियमहरु उल्लंघन गरेको हुन पर्दछ । मै