निर्णय नं. ३६५१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६५१ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/११ २३१७ निर्णय नं. ३६५१ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको रि.नं.१३०१ आदेश भएको मिति : २०४५।१०।११।३ मा निवेदक : जि.मोरङ आमगाछी गा.पं.वा.नं.५ बस्ने सिरिजादेवी केवरत विरुद्ध प्रत्यर्थी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय मोरङसमेत विषय : उत्प्रेषण (१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(६) मा सार्वजनिक मन्दिर गुफा बिग्री नोक्सान हुन लागेमा त्यसको वारिस स्थानीय पञ्चायत वा गुठी संस्थानबाट मर्मत गर्न लाउने व्यवस्थासम्म भएको निजीगुठीको सम्बन्धमा यस्तो अधिकार उक्त ऐनले दिएको नदेखिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.एवं विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छ : २. मेरो पिताजी बाबुलाल केवरतले मोरङ प्र.हरिचन्द्र मौजे कदम गाछीमा आफ्नै नम्बरी जग्गा भित्र मन्दीर बनाई पोखरी खनाई रामजानकीको मुर्ति स्थापना गरी नित्य पूजाआजा चलाई आउनु भएकोमा आफू बृद्ध भई आफ्नो शेषपछि पनि सो परम्परा कायम रहोस् भन्ने उद्देश्यले आफ्नो नाउँमा दर्ता रहेको मौजे कदम गाछीको ज.वि.७–१७–५ आफ्ना ज्वाई तथा म निवेदकका पति स्व. रामप्रसाद एवं राजजानकीका नाउँमा दाखिल दर्ता हुने गरी एवं निज रामप्रसादलाई नै पुजारी खडा गरी २००५।१२।७।१ मा बकसपत्र मोरङ मालमा समेत पास गरी दिनु भएको थियो । हाल उक्त जग्गा जि.मोरङ आमगाछी गा.पं.वार्ड नं. ६(ग) र वार्ड नं. ३(ख) अन्तर्गत कि.नं.१२३, १२८, १४०, २०, ५६, ५८, ७४, ८० र ८५ मा नापी भई क्षेत्रफल बिगहा ६–३–७½ कायम भएको छ । २०१८ सालमा पतिको स्वर्गवास पछि उक्त निजीगुठीको हकवालाको हैसियतमा गर्नुपर्ने पूजापाठ रेखदेख आदि यावत कर्तव्य म आफैंले गर्दै आएकी छु । ३. आफ्नो वृद्ध एवं अशक्तावस्थाको कारण आफूले सबै काम गर्न सम्भव नभएपछि विगत ४।५ वर्षदेखि उक्त गुठी सञ्चालनको कार्य मेरा सगोलका छोरा विपक्षी मध्ये सन्तलाल र शिव नारायणलाई सुम्पेकोमा निजहरुले मेरा विरुद्ध दिएको अंश मुद्दाको फैसला अनुसार छुट्टि भिन्न भएकोले छोराहरुले क्रमश पुजापाठको नियमित कार्य छोडेर सन्तलालले कुत पनि बुझाउन बन्द गरे किन कुत नबुझाएको भनी सोद्धा जिल्ला कार्यालयले हामीलाई कागज गराई गुठी पञ्चायतलाई सुम्पेको हुँदा गुठी सञ्चालन अब पञ्चायतले नै गर्दछ तपाईलाई कूत बुझाउनु पर्ने हैन भन्ने जवाफ दिए । के कुन मितिमा के कस्तो कागज गराएको र कुन ऐन अन्तर्गत पञ्चायतलाई सुम्पिएको हो मलाई जानकारी पनि दिइएन, नक्कल सार्न पनि दिइएन । यस विषयमा सम्बन्धित गुठी कार्यालयमा कुरा गर्दा पञ्चायत र जिल्ला कार्यालय मिली कागज गरी बनाएको समिति बदर नगरे सम्म कुनै सहयोग गर्न नसक्ने भन्ने जवाफ पाएँ । निजीगुठी हकवालाले लिखत बमोजिम सञ्चालन गरेकोमा निजबाट खोसी अरुलाई सुम्पने अधिकार जिल्ला कार्यालयलाई कुनै ऐनले दिएको छैन विपक्षीहरुबाट गरिएको उक्त कार्यबाट मेरो संविधानको धारा १०(१), ११(२)(ङ) समेतले प्रदान गरेको हकमा कुण्ठा र आघात पुर्‍याएकोले म निवेदिकाको हकमा प्रतिकूल असर पर्ने गरी मलाई समावेश नगराई गराएको उक्त गुठी सम्बन्धी सबै कागजात वा निर्ण