निर्णय नं. २६१६ - जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६१६ - जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/१२/२९ २८४० निर्णय नं. २६१६ ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.फुलबेञ्च नम्बर १०९ फैसला भएको मिति : २०४२।१२।२९।६ मा निवेदक/प्रतिवादी : का.न.पं.वडा नं.१ बस्ने अखण्ड शमशेर ज.ब.रा.समेत विरुद्ध विपक्षी/वादी : हेमकुमारी राणाको मु.स.गर्ने का.न.पं.वडा नं.१ बस्ने रुद्र राणा मुद्दा : जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने (१) निश्चित साँध किल्लाभित्रको प्रतिवादीको जग्गा नरबढी भएको कारणले मात्र अन्य यकीनन् सबूद प्रमाणको अभावमा बढ हुन आएको जग्गा वादीको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १६) (२) वादी र वादीका पति समेतले प्रतिवादीलाई हक छाडी मायामारी सकेको र प्रतिवादीले घर समेत बनाई हक भोग बिक्री व्यवहार समेत गरेको देखिएकोबाट हक नपुग्ने गोठ, तबेला, टहरा र जग्गामा वादीले उजूर गरेको देखिएको हुँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १७) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१।५।३ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा पेश भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. पति जन शमशेरको हक भोगको विर्ता जग्गा २०१६ सालको सर्भे नापीमा २३३ नं.को लालदरबारको रोपनी १०९–८–० ठहर कायम भए मध्ये लोकनाथ पाध्यालाई ९–०–० बिक्री भई बाँकी रोपनी १००–८–० मिति २०१७।४।१२।४ को विवरण मुताविक मिति २०१९।१०।१४।१ मा रैकरमा परिणत भई मौ.लाल दरबार हा.नं.४२ मा पति जन शमशेरको नाममा का.माल दोश्रामा दर्ता भयो । विपक्षीहरूले घर बनाउन रोपनी १६ मोहियानी हक पाउँ भनेकाले सो जग्गामध्ये मेरो मोहियानी हकको सालको धान मुरी १६ कूत बुझाउनु पर्ने पूर्व टुकुचा खोला, पश्चिम जन शमशेरको पर्खाल, उत्तर मूल सडक, दक्षिण जन शमशेरको जग्गा यति ४ किल्ला भित्रको कमलादी भन्ने जग्गा रोपनी १६ घरसारमा मिति २०१७।११।२।२ मा राजीनामा लेखी मिति २०१८।३।११।३ मा का.रजिष्ट्रेशन अड्डा मार्फत पास गरी दिएँ । सो जग्गा मध्ये पूर्वतर्फमा निज सौभाग्य लक्ष्मीले घर बनाएको सो घर र केही जग्गा समेत अमेरिकन दूतावासलाई बिक्री गर्नुभएको र मोही हक सौभाग्य लक्ष्मीको भए पनि जग्गाधनी हक पति जन शमशेरको भएकोले खरीद गर्नेले जग्गाधनी हक समेत खरीद गर्न नपाएमा खरीद नगर्ने भएकोले उस अवस्थामा जन शमशेर कलकत्तामा बस्नु भएकोमा विपक्षीहरू त्यहीं गई जग्गाधनी हक समेत बिक्री गर्न इजाजत पाउँ भन्दा मिति २०१८।९।७।५ मा रोपनी १०९।। मध्ये मेरा घर कम्पाउण्ड बाहेक भएको पूर्व टुकुचा, उत्तर कमलादी गणेश जाने मुल बाटो, पश्चिम दक्षिण मेरो बाँकी जग्गा यति ४ किल्लाभित्रको तपाइको मोहियानी हक भई घर समेत बिक्री हुने भएको सो रोपनी १६ जग्गाको मेरो विर्ता हक समेत मेरो तर्फबाट पनि सुक्री बिक्री ग