निर्णय नं. ६७३५ - मिलापत्र वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७३५ - मिलापत्र वदर भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ४१ फैसला मिति :२०५५/०९/२४ २७५५ निर्णय नं. ६७३५ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५३ सालको दे.पु.नं..३८६९ फैसला मितिः २०५५।९।२४।६ मुद्दाः मिलापत्र वदर । पुनरावेदक प्रतिवादी : का.जि.का.न.पा वडा न. १ वस्ने सुन्दरलाल भवनानी विरुद्ध प्रत्यर्थी वादी : जि. पर्सा विरगन्ज न.पा.वडा नं.१२ वस्ने काशिनाथ सुकुल § वादी हिरादेवीले दायर गरेको उल्लेखित मुद्दाहरु यी वादी काशीनाथ सुकुलले दायर गरेको मुद्दाहरुको आधारमा हेर्न र सो मा इन्साफ गर्न नसकिने भन्न सकिने अवस्था पनि देखिदैन। त्यसमा पनि पुनरावेदन अदालत हेटौडाको मिति २०४८।९।११ को फैसलाले हक वेहकमा न्याय, इन्साफ गरेको अवस्था नभै इन्साफको लागि पठाउने सम्म गरेको देखिएको र शुरु र पुनरावेदन अदालतले अलग अलग व्यक्तिहरुको परेको फिरादमा अलग अलग निर्णय गरेको देखिंदा शुरुले र पुनरावेदनले गरेको काम कारवाइलाई अन्यथा हो भनी भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १८) § अन्यथा प्रमाणित नभएसम्म मठ मन्दिर सार्वजनिक सरोकारको विषय हुने कुरामा विवाद गर्न नसकिने भएपनि प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी उक्त मन्दिरको पुजारीको हैसियतवाट भनी फिराद लिई अदालत प्रवेश गरेको पाइन्छ । गुठी मठ मन्दिरको सम्पत्ति गुठी राख्नेको भावना अनुकुल यथावत कायम राख्नु त्यस्तो सम्पत्तिको रेखदेख गरी हिनामिना हुन नदिनु सो गुठी संचालकको शर्त अनुरुप गुठी संचालन गर्ने समेतको कार्यको जिम्मेवारी लिएका व्यक्तिको व्यक्तिगत दायित्व पनि समाहित रहेको हुन्छ । निजी गुठीको संचालकको हैसियतले आएको अवस्थामा फिराद गर्न अड्डाको अनुमती लिइरहनु पर्दछ भन्ने उक्त ऐनको मनसाय रहेको पनि पाइदैन । सार्वजनिक रुपमा रहेको अवस्थामा पनि सार्वजनिक प्रश्नहरुमा अदालत प्रवेश गर्न नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१) ले जो सुकै व्यक्तिलाई ढोका खुला राखेको परिप्रेक्ष्यमा सार्वजनिक धर्मकृति फैलाउने र सार्वजनिक सम्पत्तिको सुरक्षाको हीत रक्षार्थ फिराद परी अड्डामा दर्ता भै सके पश्चात केवल अनुमति नलिएको भन्ने सम्म को झिनो आधारमा मुद्दामा कारवाही किनारा नै गर्न नमिल्ने भन्ने अवस्था रहदैन । तसर्थ अनुमती नलिएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नरहेको भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. १९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भटृराई प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनिता चापागाई अवलम्वित नजिरः फैसला प्र.न्या. मोहनप्रसाद शर्माः पुनरावेदन अदालत हेटौंडाको मिति ०५०।३।१४ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) वमोजिम दोहराउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छः २ .जि. पर्सा वि.न.पं. वार्ड नं. ९ हाल वार्ड नं. १२ स्थित श्रीरामजानकी शंकर मण्डली भन्ने मठ गुठी जग्गा बिपक्षीहरु समेतले हिनामिना धर्मलोप गर्यो भन्ने दे.नं. १३२७ को मुद्दा दिई सम्मानित अदालतमा चल्दैछ । उल्लेखित गुठी जग्गावाट प्र.सुन्दरलाल भवनानीलाई स्व. विकमा सिंहले लेखेको वकसपत्र वदर गरी पाउं भन्ने प्र. सुन्दरलाल भवनानीलाई समेत प्र.राम शंकर सिंह, जीत वहादुर, अर्जुन सिंहले नालेस गरेकोमा मिति ०४५।७।२१ गते सुन्दरलाल भवनानीको लिखतलाई कायम राखी मिलापत्र गरेको