निर्णय नं. २६१७ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६१७ - ज्यान मार्ने उद्योग भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०१/१६ २५८७ निर्णय नं. २६१७ ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको फौ.फु.बे.नम्बर. १३ फैसला भएको मिति : २०४३।१।१६।३ मा निवेदक/प्रतिवादी : सप्तरी जिल्ला शम्भूनाथ गा.पं.वडा नं.५ बस्ने राधेश्याम साहू तेली विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : ज्यान मार्ने उद्योग (१) कुनै व्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पहिल्याउन सकिने हुन्छ । (प्रकरण नं. २२) (२) अपराधजन्य कार्य नै मनसाय तत्व पहिल्याउने शसक्त एवं भरपर्दो माध्यम हो । (प्रकरण नं. २२) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला दोहराई हेरी दिनु भन्ने फुलबेञ्चका नाममा हुकुम प्रमांगी बक्स पाउँ भनी चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहर्‍याई कानुन बमोजिम गरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४२।३।११ मा तोक लागि आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मिति २०३४।८।१९ को दिन अं. ५.३० बजे डाँकाद्वारा भएको गोली फायरबाट गोली लागी घाइते भई उपचारार्थ सगरमाथा अञ्चल अस्पतालमा भर्ना हुने मध्ये जयप्रसाद सरदार वातरले मिति २०३४।८।१९।१ को बेलुकी अं. ५।३० बजेको समय उज्यालोमा झुमर मलको कामतबाट ग्वाहार डकैत भयो भन्ने हल्ला सुनी म हल्ला भएतर्फ जाँदा झुमरमलको कामतदेखि दक्षिण रहेको स्कूल बाँसघारी नजिकमा चिनेका जुगेश्वरप्रसाद गुप्ता, जिबछ मियाँ, वचुवा वातर, महाबीर साहू तेली राधेश्याम साहू तेली, भोली साहू तेली, सीताराम गडेरी, असर्फी गडेरी समेत चिनेका र हरू नचिनेका थिए सो मध्ये राधेश्यामको हातमा टुटु बन्दूक र अरुका हातमा टोटावाल बन्दूक भएको देखें । म अगाडि बढ्दै दौडदै गरेको देखि सो मध्येको जुगेश्वरले केही नभन्दै राधेश्यामले साइड दे भनी भनेकोले मैले साइड दिँदा सो मध्येमा जुगेश्वरले ठोक्दे यसलाई भनी राधेश्यामलाई अडर दिएकोले राधेश्यामले निजको हातमा भएको टुटु बन्दूकद्वारा मलाई गोली फायर गरेको र मेरो दाँया करङ मुनी भागमा गोली लाग्न गएकोमा म सोही स्थानमा नै केही क्षण पछि व्यहोस भई लडे भन्ने र चनर चौधरीको अगाडि बढिस भने गोली हानी दिन्छु भनी जुगेश्वरले भने र सो कुरामा वास्तै नगरी उक्त कामततर्फ बढ्न लागेमा महाबीर तेली, जीवछ मियाँ, सीताराम गडेरी, राधेश्याम तेली, बच्चु वातर, जुगेश्वर कलवार गुप्ता र अरु नचिनेका एक डेढसय मानिसको हुल थियो । सो मध्येका जुगेश्वरले अडर दिएपछि हुल मध्येका डाँकाहरू के कसले मलाई गोली फायर गरे मैले गोली हान्नेलाई चिनिन मलाई मेरो बायाँ काखी मुनीको भागमा गोली लागेकोमा व्यहोस भई लडें भन्ने मिति २०३४।८।२१ मा बयान भई म अगाडि बढेमा मेरो पछि गाउँलेहरू पनि बढ्ने भई डाँकाहरूसँग भिडन्त हुने भएको र मेरो ज्यानै मारेमा मात्र गाउँलेहरू भागी जाने भएको हुँदा ज्यान मार्ने उद्देश्य राखी यस ठाउँमा गोली हाने मर्न सक्दछ भनी