निर्णय नं. ३६५३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६५३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/२४ २२९९ निर्णय नं. ३६५३ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. २३३४ आदेश भएको मिति : २०४५।१०।२४।२ मा निवेदक : श्री ५ को सरकारको छापाखानाका अफसेटप्रेस मेजेजर थीरमणि पराजुली विरुद्ध विपक्षी : श्री लोकसेवा आयोग, नीति नियम तथा उजूरी शाखासमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) राजपत्राङ्कित द्वितीय श्रेणी (सहायक सचिवस्तर) को पदको उम्मेदवार भएको हुँदा राजपत्र अनंकित कर्मचारीको हकमा मात्र लागू हुने समान स्तर निर्धारण समितिको निर्णय आफ्नो हकमा समेत लागू हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०४२ असार २६ गते बुधबारको लोकसेवा आयोगको बुलेटिनमा प्रकाशित लोकसेवा आयोगको प्रकाशन शाखाको सूचना नं. १३०।०४२ बमोजिम शिक्षा सेवा प्रिन्टिङ्ग समूह शिक्षा मन्त्रालयको रा.पं. द्वितीय श्रेणी सहायक सचिव वा सो सरह पद संख्या १ को निवेदक पनि सम्भाव्य उम्मेदवार भएकोले दर्खास्त फाराम भरी पेश गरेको थिएँ । ३. बढुवा समितिले निवेदकलाई बढुवा गर्ने निर्णय गरी नि.से.नि.३.५(९) र (१०) को प्रयोजनार्थ भनी श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयबाट मिति २०४३।६।२१ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरियो । ४. बढुवा सिफारिशउपर विपक्षी हरिवीर डंगोलको उजूर परी लोकसेवा आयोगबाट (१) बढुवा समितिको सम्भाव्य उम्मेदवार बनाएको कसैको पनि नियमानुसार प्रेस इन्जिनियरिङ्गमा स्नातकोपाधि सरह नदेखिएकोले र उक्त पदमा सिफारिशमा परेका थीरमणि पराजुलीको नाम पनि सिफारिशको नामावलीबाट हटाउने (२) स्तर निर्धारण बारे नि.से.नि.बाइसौं संशोधन (२०४२।१।१) पछिको समान उपाधि निर्धारण समितिको राजपत्राङ्कित पदका हकमा लागू नहुने समेत व्यहोराको सूचना शिक्षा तथा संस्कृति मन्त्रालयमा पठाउने भन्ने मिति २०४३।९।१८ मा निर्णय गरी सोही मितिको पत्रद्वारा श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयलाई लेखी पठाई सो निर्णय अनुसार निवेदकको नाम सिफारिश नामावलीबाट हटाइएको सूचना मन्त्रालयको सूचना पाटीमा टाँस भइसकेको भनी शिक्षा तथा संस्कृति मन्त्रालयबाट मिति २०४३।११।११ को गोरखापत्रमा सूचना प्रकाशित गरियो । ५. निवेदकले लण्डन कलेज अफ प्रिन्टिङ्ग, लण्डनबाट १९६७ सेप्टेम्बर देखि १९६९ जुलाइसम्म फोटो लिथोग्राफी विषयमा २ बर्ष फुल टाइम कोर्षको स्पेस्लाइज्ड स्टडी पूरा गरेको छु । श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालय समान उपाधि निर्धारण समितिको मिति २०४२।४।२४ को निर्णयले स्नातकोपाधि सरह स्तर निर्धारण गरेको छ । त्यसलाई श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयबाट मिति २०४३।५।२९ मा स्वीकृत गर्ने निर्णय भई समकक्षता निर्धारण भएको लिष्ट सहित लोकसेवा आयोगमा समेत मिति २०४३।६।३ मा पठाइएको बुझिन्छ । तसर्थ निवेदकको शैक्षिक योग्यता नेपाल शिक्षा सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०३३ को अनुसूची