निर्णय नं. ३६५४ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६५४ - अंश दपोट भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/२३ २६८९ निर्णय नं. ३६५४ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ७०३ फैसला भएको मिति : २०४५।१०।२३।१ मा पुनरावेदक/प्रतिवादी : ल.पु.जि.गोदामचौर गा.पं.वा.नं.९ बस्ने प्रेमबहादुरको मु.स.गर्ने ऐ. को छोरा ऐ.ऐ.बस्ने रत्नबहादुर राउत क्षेत्रीको मु. स.गर्ने ऐ.ऐ.को छोरा कृष्णबहादुर राउत क्षेत्रीसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने धनकुमारी राउतसमेत मुद्दा : अंश दपोट (१) विवादीत कित्ता कित्ताको घर जग्गाहरु प्रतिवादीले अंश मुद्दामा तायदाती फाँटवारी दिंदा उल्लेख नगरेकोबाट निजले दबाए छपाएको होइन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) सगोलमा रहेको भन्ने देखिन आएको अवस्थामा एकासगोलका परिवारका सदस्य जस्का नाउँमा सकार भए पनि सो सम्पत्तिको स्रोत पैतृक सम्पत्ति देखिने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुर्याल फैसला न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. प्रतिवादी प्रेमबहादुर राउत क्षेत्रीसंग हाम्रो अंश मुद्दा चली कारवाही हुँदा मिति २०३१।१०।३० गते मानु छुट्टिएको मिति कायम गरी त्यसका अघिल्ला दिन सम्मको अंशबण्डा गर्नुपर्ने श्रीसम्पत्ति तायदाती फाँट लिई मिति २०३४।२।११ गते हाजिर हुन आउनु भन्ने तारेख तोकिएकोमा प्रतिवादीले अंशबण्डाको २० नं.बमोजिम घरको लेनदेन कारोबार गर्ने जानकार व्यक्ति हुनुभएकोमा प्रतिवादीले ल.पु.जि.गोदामचौर गा.पं.वा.नं. ८ग कि.नं.७२ क्षेत्रफल २–१४–० जुन अंश हुनुपर्ने उक्त जग्गा देवर रत्नबहादुरको नाउँमा दर्ता रहेको झंककुमारी थपेनी संगको लेनदेन मुद्दामा ल.पु.जि.अ.को फैसला बमोजिम लिलामबाट सकार गरी लिएको मोल रु.८००।– जाने कित्ता एक, ऐ.गोदाम गा.पं.वा.नं.९क कि.नं.९८ को जग्गामा पूर्व मोहडाको तीनतले कच्ची पराले छानो भएको मोल रु.३५०।– जाने घर एक, ऐ.ऐ.गा.पं.वा.नं.९(क) कि.नं.९९ को जग्गामा निर्मित कच्ची इटको ३ तले टायलको छाना भएको दक्षिण मोहडाको मोल रु.७००।– जाने घर, ऐ.ऐ.मा बनेको कच्ची ३ तले दक्षिण मोहडा भएको झिंगटी छानाको कटेरा लाफा गाँसेको १५ हात चौडाइको मोल रु.७०० जाने घर कटेरा एक, ऐ.ऐ.कि.नं.८९ मा बनेको लम्बाई हात ११ को दुईतले टायल छानो भएको कटेरा समेत भएको मोल रु.९००।– जाने कच्ची घर एक, ऐ.ऐ.गा.पं.वा.नं.९ कि.नं.४६ मा बनेको हात ७–१० को पराले छाना भएको पूर्व मोहडाको १ तले घर मोल रु.२५०।– पर्ने एक र वादी उदयबहादुर राउत प्रतिवादी बुद्धिबहादुर विष्ट संगको लेनदेन मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०३३ सालमा फैसला भई विपक्षीले बुझिलिएको रु.२६००।– समेत फाँटवारीमा नदेखाई दपोट गरी आफू एक्लै खाई मेरो अंश मार्ने नियत गरेकोले नालिश गर्न आएकोछु । अंश मुद्दा मिति २०३४।२।१८ मा यसै अदालतबाट फैसला भएकैछ । उक्त दपोट गरेको घर जग्गा समेत मेरो हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको अंकुर राउतको संरक्षक भई आफ्ना हकमा समेत धनकुमारी राउतले मिति २०३४।७।१ मा गरेको फिरादपत्र । ३. वादीले दावी गरेको जग्गा तथा घरहरु मेरो जिम्मामा नभएर अरुको नाउँमा जग्गा तथा घरहरु भएकोले अरुको नामको र