निर्णय नं. २६१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०२ १९४९ निर्णय नं. २६१८ ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट फुलबेञ्च नम्बर २७ आदेश भएको मिति : २०४३।२।२।६ मा निवेदक : ल.पु.जि.ल.पु.न.पं.वडा नं.१ कुपण्डोल बस्ने ताराप्रसाद पाण्डे विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद्‌ सविचालयसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) ऐनले बाध्य गरे अनुसार सफाईको मौका दिँदा अव्यवहारिक हुने कुराको कारण नखुलाई खडा गरेको निर्णय पर्चाको आधारमा रिट निवेदकलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको निर्णय समेत कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. म निवेदक मिति २०२७।११।५ मा ना.सु.पदमा स्थायी नियुक्ति भई पुनः मिति २०३२।३।२९ मा प्रशासन सेवाको राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्ति पाई विभिन्न निकायमा कार्यरत हुँदै आएकोमा श्री ५ को सरकारले मलाई मिति २०४०।१२।२६ को निर्णयले नि.से.नि.को दफा ६.१(ख) लगाई पर्चा खडा गरी नि.से.नि. को नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी सरकारी सेवाबाट हटाइएको छ, भन्ने सामान्य प्रशासन मन्त्रालयको मिति २०४१।१।३ को पत्र मिति २०४१।१।५ मा मलाई प्राप्त भएकोमा चित्त नबुझी श्री ५ को सरकार समक्ष पुनरावेदन गरेकोमा पुनरावेदन अस्वीकार गर्ने श्री ५ को सरकारबाट मिति २०४१।३।५ मा निर्णय भएको भनी मलाई मिति २०४१।३।१२ मा सूचना प्राप्त भएकोले उक्त निर्णयहरूबाट मेरो मौलिक हकमा समेत आघात परेकोले सम्मानीत अदालतको शरणमा आएको छु । उल्लिखित निर्णयहरूको माग गर्दा पनि मलाई नक्कल प्राप्त भएन । मुलुकी ऐन कागज जाँचको १७(६) को उल्लेख गरी निर्णयको नक्कल दिन नमिल्ने भनी विपक्षीले पत्रद्वारा मलाई सूचित गरेका छन् । तर नि.से.नि.को १०.९.३ बमोजिम सजायँको आदेशको कागज निर्णयको नक्कल दिनुपर्ने कुरा प्रष्ट छ । उक्त नम्बर प्रस्तुत मुद्दामा लाग्ने हैन । नि.से.नि. बमोजिमको काम कारवाहीमा नि.से.नि. कै व्यवस्था लाग्ने हुँदा नक्कल नदिनु त्रुटिपूर्ण छ । नक्कल नपाएबाट पुनरावेदन गर्दा आरोप र सजायँको खण्डन गर्न सक्ने कुराबाट बञ्चित गरिएको छ । मलाई दिएको सेवाबाट हटाइएको पत्रमा अभियोगको उल्लेख छैन । यसबाट विपक्षीले बेकसूरमा पूर्वाग्रह पीडित भई मनोमानी रुपमा हटाएको प्रष्ट हुन आउँछ । नोकरीबाट हटाउने पुर्जीमा अभियोग उल्लेख नगरी पुनरावेदन निर्णय पुर्जीमा अभियोग उल्लेख गरेको छ । यदि अभियोग थाहा दिन नपर्ने हो भने पुनरावेदनमा उल्लेख हुनु नपर्ने हो । यदि उल्लेख गर्नुपर्ने हो भने मलाई सफाईको मौका दिनुपर्ने हुन्छ । मैले दिएको पुनरावेदनमा सफाईको मौका नदिई पुनरावेदन अस्वीकार गरिएको छ । मेरो पुनरावेदनको निपटारा गर्दा नि.से.नि.को नियम १०.१४ को प्रक्रिया पूरा गरेको छैन । पुनराव