निर्णय नं. ३६५५ - खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६५५ - खिचोला भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/१७ २५३४ निर्णय नं. ३६५५ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ७०७ फैसला भएको मिति : २०४५।१०।१७।२ मा पुनरावेदक/प्रतिवादी : धादिङ चैनपुर गा.पं.वा.नं.४ डाँडाथोक बस्ने तेजप्रसाद घरेल विरुद्ध विपक्ष/वादी : ऐ.ऐ.बस्ने तीलप्रसाद घरेल मुद्दा : खिचोला (१) बाबुको काज क्रिया गरेको भन्ने सम्मको आधारमा बाबुसंग बसी पालन पोषण गरेको भन्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. पिताजी रेशमलालका २ भाइ छोरामा जेठा विपक्ष, कान्छो म भएको विपक्षले पाउने रीतपूर्वकको अंश पिताजीबाट २०१६।२।२५ मा बुझिलिई छुट्टी बेगल बसेको जग्गा नाप जाँच अनुसार नापी हुँदा विपक्षको अंश भागको जग्गा विपक्ष कै नाउँमा र मेरो अंश भागको जग्गा मेरै नाउँमा नापी दर्ता गरी भोगचलन गरी आएको छ । पिताजी रेशमलालले जिउनी राख्नु भएको जग्गा पिताजी रेशमलालको नाउँमा चैनपुर गा.पं.वार्ड नं. ३ (ख) कि.नं.१२१ बा.नं. ३ को (पं.) कि.नं.१, ऐ.वार्ड नं. ४ (त) कि.नं.१३ को जग्गा दर्ता भई पिताजीलाई मैले पाली स्याहार सम्भार गरी आएको आमा डम्बरकुमारी २०२५।९।६ गते र पिताजी ०३६।६।२९ गते काल गतिले परलोक भई मैले खर्च लगाई काजक्रिया गरी आएको छु, अपुतालीबाट मेरो हक भएको पिताजीका नाउँमा दर्ता भएको जग्गा नामसारी गरिपाउँ भनी विपक्षीले दिएको निवेदनमा अदालतबाट हक कायम गराई ल्याउनु भनी मिति २०३७।६।१० मा मालपोत कार्यालय धादिंगले पर्चा गरेकोमा सो पर्चाउपर विपक्षले कारवाही गर्न नसकेको उक्त जग्गामा विपक्षले २०३८।१२।७ गते खिचोला गर्न आएकोले खिचोला मेटाई नामसारी गरी चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति ०३८।१२।९ को तिलप्रसाद घरेलको फिरादपत्र । ३. २०१५ सालमा वादी विदेश भारततर्फ गएको र सो दिन देखि आमा बाबु म समेत सगोलमा बसी २०२१ सालमा ७ नं. फाराम बाबुकै नाउँबाट भरेको २६ सालमा दुवै दाजुभाइलाई छुट्टाछुट्टै अंश भाग गरी बाबु मसंग बस्नु भएको मरेपछि बाबुको काजक्रिया मैले नै गरेको दुवै दाजु भाइको नाउँमा उक्त जग्गा बाबुको नामबाट नामसारी गराउन मालपोत कार्यालयमा निवेदन गरेको हक कायम गरी ल्याउनु भनी निर्णय भएको हुँदा मेरो हक जानु पर्ने होइन भन्ने समेत व्यहोराको मिति २०३९।१२।२८ को तेजप्रसाद घरेलको प्रतिउत्तर । ४. वादीको हक लाग्ने जिउनी जेथामा खिचोला गरेको छैन भन्ने प्रतिवादी जिकिर नदेखिँदा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको २०३९।११।१७।३ को धादिंग जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन, शुरु जिल्ला अदालतबाट भएको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ६. सबै विषयमा इन्साफ नभई केही विषयमा मात्र शुरुबाट फैसला भइरहेको देखिएकोले शुरु फैसला बदर गरी दिएको छ सबै विषयमा एकसाथ इन्साफ हुन मिसिल शुरुमा पठाउने भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला । ७. वादी दावी बमोजिम वादीका बाबु रेशमलालका नाउँको जिउनी जग्गामा वादी