निर्णय नं. ६७३६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७३६ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/१०/१८ २४४५ निर्णय नं. ६७३६ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह संम्वत २०५१ सालको फौ.पु.नं. ....८३५ फैसला मिति : २०५५।१०।१८।२ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक प्रतिवादी : का.प.जि.नाला उग्रचण्डी गा.वि.स. वडा नं. ४ घर भै हाल केन्द्रिय कारागार शाखा त्रिपुरेश्वरमा थुनामा रहेको सन्तलाल पोडे विरुद्ध विपक्षी वादीः इश्वरभक्त श्रेष्ठको जाहेरीले श्री ५ को सरकार § मौकामा देख्ने चश्मदिंद जाहेरवालाको किटानी जाहेरी र सो जाहेरीलाई अदालतमा आई गरेको वकपत्रबाट समर्थन भएको सन्तलालले प्रहार गरेको खुंडाबाट ढाडमा लागि स्वयं पनि घाइते भएका प्रत्यक्षदर्शक सुर्यलाल श्रेष्ठको सन्तलालले खुडाले मृतकलाई हानेको किटानी कागज र अदालतमा आई गरेको वकपत्र, सर्जमिनका प्रत्यक्षदर्शीको सन्तलालले नै सुर्यभक्तलाई खुंडाले हानेको कारणबाट मृत्यु भएको भन्ने भनाइ सर्मिर्थत भएको बकपत्र भई यी चश्मदिदं व्यक्तिको भनाइलाई शव परीक्षण प्रतिवेदनबाट पुष्टि भइरहेको पाइन्छ भने निजले अदालतमा आई गरेको इन्कारी वयान समर्थित हुन सकेको छैन । यि पुनरावेदक प्रतिवादी सन्तलाल पोडेले खुडांजस्तो जोखिमी हतियारले टाउको जस्तो संवेदनशिल अंगमा प्रहार गरि सोहि कारणबाट मृतक सुर्यभक्त श्रेष्ठलाई कर्तव्यबाट मारी निजले ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुर गरेको देखिने । (प्र.नं. ३५) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्र्रस्तूत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : २. मिति २०४७।११।११ गतेका दिन नवदुर्गा पुजाको अवसरमा नाचगान शुरु भै राखेको अवस्थामा उग्रचण्डी गा.वि.स. वा.नं. ४ बस्ने अशोक पोडेले सुन्दरलाल श्रेष्ठ र इश्वर भक्त श्रेष्ठलाई आंखामा अविरको पोकाले प्रहार गरेकोबाट वादविवाद शुरु भै चन्द्रलाल पोडे र निजको भाई सानुकान्छा पोडेले सव नेवारहरुलाई मार्नु पर्छ भनी सन्तलाल पोडेले आफ्नो हात मा नांगो खुंडा लिई आएको अन्य व्यक्ति चन्द्रलाल पोडे सानु कान्छा पोडे, पुड्के पोडे, राम चन्द्र पोडे जेठी पोडे रघु पोडे रघुको भाई नाउं नजानेको पोडे सानुभाई पोडे ज्यापुचा पोडे गंगा पोडे वेखामाया पोडिनी समेतका मानिसहरु लठ्ठी वास ढुंगा मुढा समेत लिई सन्तलाल पोडेले ज्यानै लिने इविलाग लिई आफ्नो हातमा लिएको खुंडा मृतक सुर्यभक्तको टाउको र ढाडमा प्रहार गरेको सुर्यभक्तको विर अस्पतालमा उपचार हुंदा हुदै मृत्यु भएकोले कानून बमोजिम गरि पाउं भन्ने समेत ईश्वर भक्त श्रेष्ठको जाहेरी दरखास्त । ३. वायां कानको दाया भागमा रगत सुकेको टाउको दाया भाग देखि कानसम्मको कपाल काटिएको टुपी नजिकको भागमा चोट भै उपचारको क्रममा ९ वटा टांका लगाएको अं. ६ इन्च लामो चोट समेत देखिएको लाश प्रकृति मुचुल्का । ४. मिति ०४७।११।१ का दिन कृष्ण बहादुर पोडेको भाकल पुजाको निम्तो भै कृष्ण बहादुर निजको छोरा अशोकलाल पोडे वेखा पोडिनी लक्ष्मी लाल पोडे, गंगा पोडे, ज्यापुचा पोडे सानुभाई पोडे पुड्के पोडे टप्पू पोडे, रमेश पोडे ठूलो भाई पोडे कान्छो भाई पोडे रामचन्द्र पोडे समेत भई मन्दिर तर्फ पुग्यौ । मन्दिरमा धेरै भिड भएकोले मानिस हटाउंदै जांदा विवाद भै दोहोरो कुटपिट हुंदा सन्तलाल पोडेले सुर्यभक्त श्रेष्ठलाई काट