निर्णय नं. २६१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०२ २३९७ निर्णय नं. २६१९ ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट फुलबेञ्च नं. ५३ आदेश भएको मिति : २०४३।२।२।६ मा निवेदक/रिटनिवेदक : कलैया नगर पञ्चायत वडा नं.४ बस्ने कैलाश तिवारी विरुद्ध प्रत्यर्थी/विपक्षी : कलैया नगर पञ्चायतमा गाभिएको विघटित गा.पं.भवानीपुरका तत्कालीन प्र.पं.सियाराम उपाध्यायसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कानुनले उजूरी तथा पुनरावेदन सुन्न सक्ने अख्तियारी प्रदान नगरेको स्थितिमा निर्णय गर्ने अधिकारीले पुनरावेदन गर्न जानु भनी सुनाउँदैमा र त्यसरी सुनाएको कारणले पुनरावेदन गर्न जाँदैमा क्षेत्राधिकारको प्रारम्भ हुन सक्ने स्थिति नरहने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय दोहराई पाउँ भनी चढाएको विन्तिपत्रमा फुलबेञ्चबाट दोहराई हेरी कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४१।१०।८ मा लेखी आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. बारा जिल्ला अन्तर्गत अघिको भवानीपुर गाउँ पञ्चायत हालको पञ्चायत विघटन भई कलैया नगर पञ्चायत वडा नं.४ को कित्ता नं. ८५ को ज.वि.०–३–५ जग्गाको जग्गाधनी विपक्षी श्यामप्रसाद र म मोही भएको विपक्षी श्यामप्रसादले उक्त जग्गा घरबारीको लागि झिक्न पाउँ भनी मिति २०३५।८।१६ मा तत्कालीन भवानीपुर गा.पं.मा निवेदन दिनु भएकोमा मलाई प्राप्त जो.अ.नि. र मोहीको प्रमाणपत्र समेतमा जग्गाको क्षेत्रफल ०–३–१५ उल्लेख भएकोले विपक्षीको निवेदनमा उल्लिखित क्षेत्रफलको जग्गा मैले कमाएको होइन भन्ने समेतको प्रतिउत्तर जिकिर लिई मेरो मोहियानी हक छोडाउन नमिल्ने आधार प्रस्तुत गरेको थिएँ । मलाई तारिखमा नराखी मेरो अनुपस्थितिमा गाउँ पञ्चायतका केही व्यक्तिहरूलाई एकत्रित गरी प्रति कठ्ठा हाल ५० हजार रुपैयाँ मोलिने जग्गालाई जम्मा ३०००। मोलिने भनी सो रकमको २५ प्रतिशतको दरले हुने रु.७५०।– मलाई क्षतिपूर्तिको रुपमा दिई सो जग्गाबाट मलाई झिक्न पाउने गरी विपक्षी प्रधानपञ्चले मिति २०३५।८।१६ मा निर्णय गरी चित्त नबुझे भूमिसुधार कार्यालयमा पुनरावेदन गर्न जानु भनी पुनरावेदन म्याद दिए बमोजिम पुनरावेदन दिएकोमा बारा जिल्ला भूमिसुधार कार्यालयले मिति २०४०।१।२० मा सम्म लगातार ५ वर्ष जति तारिखमा राखी पुनरावेदन सुन्ने अधिकार आफूलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१) अन्तर्गत प्राप्त नभएको भनी पुनरावेदन खारेज गरी दिएकोले प्रधानपञ्चको निर्णय बदर गर्न निवेदन प्रस्तुत गरेको छु । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१) अनुसार घरबारीको लागि मोहियानी झिक्न पाउने विषयको निवेदन लिई कारवाही र निर्णय गर्ने अधिकार गाउँ पञ्चायतलाई भएकोमा विपक्षी प्रधानपञ्चले मात्र कारवाही निर्णय गरेको प्रत्यक्ष कानुनी त्रुटि छ । मैले कमाएको जग्गा घरबारीको लागि चाहिएको समेत कुनै कुरामा विचार नगरी जग्गा झिक्ने अनाधिकृत निर्णय गरिदिनु भयो । मलाई रोहवरमा नराखी घटी मोल निर्धारण कानुन बमोजिम छैन । विपक्षी