निर्णय नं. ३६५६ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६५६ - लिखत दर्ता बदर भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/११/०२ २३३१ निर्णय नं. ३६५६ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु.नं. ५५५ फैसला भएको मिति : २०४५।११।२।२ मा पुनरावेदक/वादी : धरान न.पं.वार्ड नं. ७ बुद्धमार्ग बस्ने श्रीमती चन्द्रलक्ष्मी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने नेत्रप्रसाद नेपाल मुद्दा : लिखत दर्ता बदर (१) संयुक्त दर्ता भएको जग्गा मध्येबाट आफ्नो हक बिक्री गर्न पाउने नै देखिँदा आफ्नो भागको जग्गा बिक्री गरेकोलाई कानून विरुद्ध भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.प्रचण्डराज अनिल : पु.क्षे.अ.को इन्साफउपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न बमोजिम रहेछ । २. विपक्षी कजिनी नेवारनी र म समेतको संयुक्त दर्ताको जि.सुनसरी धरान न.पं.वार्ड नं. ७ मा पर्ने ०–१–१९ जग्गाको उत्तरतर्फको आधा जग्गा मेरा पति जीतबहादुर समेतको भाग र दक्षिणतर्फ विपक्षी कजिनी समेतको भाग भई भोगी चर्ची आएकोमा विपक्षी नेत्रप्रसादले जग्गा खिचोला मुद्दामा नालेश गरेको म्याद ०३६।१२।२५ मा तामेल हुँदा विपक्षी कजिनीले मेरो हकको भनी दिने र विपक्षी नेत्रप्रसाद लिने भई घर विपक्षीकै र घरको निकास जग्गा भने उत्तरतर्फको मेरो अंश हकको जग्गा ०३५।५।२० मा राजीनामा लिनु दिनु गरेछन् । विपक्षीहरु मेरा इवीवाला मानिस हुँदा मलाई सन्धिसर्पन पारी उक्त प्रकार लिनु दिनु गरेको र संयुक्त दर्तावाला मेरो मञ्जूरी नलिएको समेत हुँदा दक्षिणतर्फको कि.नं.१३२ को ०–०–९½ जग्गा विपक्षी कजिनी र निजका छोरा अम्बरबहादुर समेतको अंश हकको हुँदा सोतर्फ उक्त लेखत दर्ता बदर गरी मेरा नाममा दर्ता कायम गरिपाउँ भन्ने ०३७।१२।३।२ को फिरादपत्र । ३. मेरा दाता कजिनी नेवारनीको अंश हकको घर जग्गा राजीनामा लिएको हो । विपक्षीको अंश हकको होइन । मैले लिएको कुरा ०३५ सालमै थाहा पाई जानेका हुन् । विपक्षी उपरको जग्गा खिचोला बाली बिगो मुद्दालाई लम्ब्याउन सो मुद्दा चल्दा चल्दै त्यसको रुप हेरी २००३ सालको बण्डापत्र छ भनी प्रस्तुत नालेश गरेका हुन् । बण्डापत्र भए उक्त मुद्दामा सो प्रमाण दिनु पर्ने नदिएको र घरसारी बण्डापत्र भन्ने हुँदा यसमा नजीर नमिल्ने हुँदा प्रस्तुत मुद्दा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ०३८।२।२५ को प्र.नेत्रपसादको प्रतिउत्तरपत्र । ४. मेरी आमा कजिनी श्रेष्ठले विपक्षीको अंश भागमा पर्ने समेत पारी घर हाम्रो र जग्गा विपक्षी समेतको पारी दुवै कित्ता जग्गा कित्ताकाट हुने गरी प्र.मध्ये नेत्रप्रसादलाई राजीनामा गरी दिएको होइन । हाम्रो घडेरी जग्गा ०–०–१९ मात्र भएकोले अंशबण्डा गर्दा वादी दावी बमोजिम उत्तरतर्फबाट ०–०–९½ विपक्षीको अंश भागमा परी सर्भे हुँदा कि.नं.१३१ मा दर्ता भएको सोही दक्षिणमा ०–०–९½ जग्गा हाम्रो अंश भागमा परी सर्भेमा कि.नं.१३२ मा दर्ता भएको सोही जग्गाहरुमा आ–आफ्नो घर बसोबास भएको ऐन बमोजिम बण्डा नभई विपक्षी र मेरी आमा कजिनीका नाममा संयुक्त दर्ता भएको हो । प्र.नेत्रप्रसाद संगको लिखत पारीत मुद्दामा निजको लिखत कीर्ते हो भनी आमाले बयान गरेपछि विशेषज्ञ मार्फत ल्याप्चे भिडाई ०३४।९।१८ मा फैसला हुँदा लागेको जरिवान