निर्णय नं. ६७३७ - जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७३७ - जग्गा खिचोला चलन भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५६/०३/१६ ३०४३ निर्णय नं. ६७३७ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५० सालको दे.विविध ..... १४० फैसला मितिः २०५६।३।१६।४ मुद्दाः जग्गा खिचोला चलन । पुनरावेदक प्रतिवादीः महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं. ६ वस्ने तेतरी देवी कानु समेत विरुद्ध विपक्षी वादी : महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं. ६ वस्ने समुतुलीया देवी कानुको मु.स. गर्ने रामेश्वरप्रसाद साह समेत । § प्रस्तुत विवादमा वादीले विवादित घर जग्गा फैसला भए पश्चात आफूले भोग चलन गरी रहेको भन्ने दावी लिएको र सो भनाइलाई वादीका साक्षी सुकदेव साह कानु समेतको वकपत्रबाट पुष्टि भएको पाइन्छ । दण्ड संजायको ४३ नं. मा उल्लेख भएका कानूनी प्रावधानबाट समेत वादीले जिती पाएको वस्तु भोग चलन गर्न जांदा नदिएमा मात्र वादीले पुनः अदालतमा गै दरखास्त दिनु पर्ने कानूनी व्यवस्था भएको देखिन्छ । सो वस्तु वादीले चलन गर्दा जांदा चलन गर्न दिएमा अदालतमा चलन चलाई पाउं भनी दरखास्त दिनु पर्ने अवस्था नदेखिंने । (प्र.नं. १२) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कमल नारायण दास प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री सीताराम तिवारी अवलम्वित नजिर : गोपाल भटृ वि.वुद्धिलाल लाखे श्रेष्ठ भएको २०२५ सालको विविध नं. ३५२ को घर चलन चलाई पाउं भन्ने मुद्दामा २०२७।३।८ मा प्रतिपादित सिद्धान्त फैसला न्या.भैरवप्रसाद लम्सालः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ महाराजाधिराजका हजुरमा विन्तिपत्र परी यस अदालतको मिति २०५०।८।२३ को आदेश अनुसार इन्साफ जांचको लागि दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. महोत्तरी जिल्ला जलेश्वर गा.पं. वडा नं. ६ कि.नं. १३ को ०-१-१७ जग्गा मेरो हक अधिकारमा छ । विपक्षीले उक्त जग्गामा चारैतिर फुसको घर बनाई मैले वनाएको घरमा अनधिकृत प्रवेश गरेबाट घर जग्गाबाट छोडाई पाउं भनी मुद्दा दायर गरी खिचोला गरेको ठहर भई म.क्षे.अ. बाट अन्तिम भै वसेको छ । उक्त घर जग्गामा म तिर्थ गएको मौकामा २०४२।५।९ मा पुनः प्रवेश गरेकोले ज.मि.को १८ नं. वमोजिम खिचोला छोडाई चलन चलाई दण्ड संजायको ४३ नं. वमोजिम संजाय समेत गरी पाउं भन्ने वादीको फिराद दावी । ३. यस विषयमा मुद्दा परी म.क्षे.अ. वाट समेत फैसला भएको, वादीले दण्ड संजायको ४३ नं. अनुसार दरखास्त गरी चलन चलाउनु पर्नेमा चलन चलाएको छैन । वादी दावीको घर जग्गा मेरै भोग चलनमा रहेको छ । म्यादभित्र चलन चलाउने कारवाही नगरेकोले वादीको फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. आफूले चलन चलाई पाउने हद म्यादको शुन्यतामा परेको प्रस्तुत फिराद अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको महोत्तरी जिल्ला अदालतको मिति २०४३।५।४ को फैसला । ५. उक्त फैसलामा चित्त वुझेन । उल्टाई न्याय पाउं भन्ने समेत व्यहोराको वादीको जनकपुर अंचल अदालतमा परेको पुनरावेदन पत्र । ६. वादीले जिती पाइसकेको कुरामा प्रतिवादीले खिचोला नछोडेबाट वादी दावी वमोजिम खिचोला मेटाई चलन पाउने ठहर्छ । इन्साफ गर्नु पर्नेमा खारेज गरेको महोत्तरी जिल्ला अदालतको फैसला उल्टी हुने ठर्हछ भन्ने समेत व्यहोराको जनकपुर अंचल अदालतको मिति २०४५।८।२३ को फैसला । ७. दण्ड संजायको ४३ नं. को म्याद भित्र नालेस नगरेकोबाट चलन पाउन पर्ने स्थिति