निर्णय नं. २६२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/१६ २०१२ निर्णय नं. २६२० ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट फुलबेञ्च नम्बर ५५ आदेश भएको मिति : २०४३।२।१६।६ मा निवेदक/प्रत्यर्थी : जिल्ला सप्तरी शम्भूनाथ गाउँ पञचायत वडा नं.८ बस्ने राजेन्द्र साहू तेली विरुद्ध विपक्षी/रिटनिवेदक : जिल्ला सप्तरी शम्भूनाथ गाउँ पञ्चायत वडा नं.२ बस्ने भनिएको कुलिखंग खत्वे मरी मु.स.गर्ने छोरा घुनरखंग खत्वे विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गाधनी नरहेकाका नामबाट प्रकाशित २ नं. अनुसूचीबाट निवेदक प्रत्यर्थीको जग्गामा मोही कायम गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) (२) आधारभूत प्रमाणको अभावमा माग गरिएको कित्ता मोहीको प्रमाणपत्र दिन नमिल्ने । (प्रकरण नं. १४) भू.सु.का.तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय आदेश उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्ति पत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहर्‍याई दिनु भन्ने समेत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. विपक्षी नाबालख रहँदैका अवस्थामा निजको घरको मुली व्यक्ति निजको ठूलो बाबु बुद्धिलाल साहूलाई जग्गाधनी देखाई मैले मोही १ नं. लगत भराई २ नं. अनुसूची प्रकाशित भई ४ नं. जोताहा अस्थायी निस्सा पाएको ०–१५–० पन्ध्र कठ्ठा जग्गा हाल राजेन्द्र साहूको दर्ता कायम भएको ससुवा कंचन्द्रह गा.पं.वडा नं.२(क) कि.नं. १२८ को मोहियानीको स्थायी प्रमाणपत्र पाउँ भनी मेरो उजूर भू.सु.का.मा परी विपक्षीलाई झिकाई बुझ्दा बुद्धीलालसँग २०१६ सालमा अंशबण्डा भइसकेको । बुद्धिलालका नाममा मोही लगतको शर्तमा हलो जोत्ने भएकोले वादी मोही हुन सक्ने होइन भनी विपक्षीले प्रतिवाद गरेको । ३. भूमिसुधार अधिकारीले प्रकाशित २ नं. १ नं. लगतबाट हरूवाईको बुद्धिलालको जग्गा कमाएको १ नं. लगतमा देखिएको भन्दै आधारभूत प्रमाणको अभावमा माग गरिएको कित्ताको प्रमाणपत्र दिन नमिल्ने वादी दावी खारेज हुने ठहर्छ भनी मिति २०३९।९।२६ मा निर्णय पर्चा गर्नुभएको छ । ४. सो निर्णय कानुन प्रतिकूल तथा प्रत्यक्षतः त्रुटिपूर्ण भई बदरभागी छ । किन भने मोहियानी हकको स्थायी प्रमाणपत्र दिने आधारभूत पूर्वावस्था नियम ९(१) मा स्पष्ट रुपमा वर्णित छ यस अनुसार नियम ३(२) ले मोही लगत भरी नियम ६ ले २ नं. अनुसूची प्रकाशित भई नियम ९(२) बमोजिम ४ नं. जोताहा अस्थायी निस्सा पाएँ । सो उपर कसैको उजूर परेको छैन भने सोही प्रकाशित २ नं. अनुसूची बमोजिम मोहियानीको स्थायी प्रमाणपत्र दिनुपर्ने बाध्यात्मक प्रावधान छ । मेरो अकाट्य प्रमाणलाई नकरा मानी भएको निर्णय उपर्युक्त नियम ३, ६, ७, ९ (२) (३) (१) को समेत प्रत्यक्षतः प्रतिकूल भई बदरभागी छ । सो कार्यालयको निर्णयमा १ नं. लगत र २ नं. अनुसूचीमा बुद्धिलालको जग्गा हरूवाईमा कमाएको भन्ने विनिश्चित गरिएको छ, जुन सरासर गलत छ । मेरो मोही लगतमा हरूवाई शर्तमा जग्गा कमाएको भन्ने नभई वटिया शर्तमा कमाएको भन्ने छ । मेरो ४ नं. जोताहा अस्थायी निस्सा हराए पछि मिति २०३६।५।५ मा उक्त कार्यालय