निर्णय नं. ८९३९ - उत्प्रेषण, परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९३९ - उत्प्रेषण, परमादेशसमेत भाग: ५५ साल: २०७० महिना: बैशाख अंक: १ फैसला मिति :२०६९/१२/२९ ४२१५ ने.का.प. २०७०, अङ्क १ निर्णय नं.८९३९ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री सुशीला कार्की रिट नं. ०६८–WS–००५९ आदेश मितिः २०६९।१२।२९।५ विषयः उत्प्रेषण, परमादेशसमेत । निवेदकः नेपाल राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महासंघको हाल परिवर्तित राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष ललितपुर उपमहानगरपालिका वडा नं. १९ बस्ने कल्पना शाक्य समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § सडकको भौतिक पूर्वाधार, सवारी साधनको मापदण्ड, सवारीसम्बन्धी नियमहरूको व्यवस्था लगायतका भौतिक एवं कानूनी पूर्वाधारहरूको विकास भएका समाजमा बहिरोपनबाट प्रभावित व्यक्तिलाई पनि सवारी चलाउन योग्य मानिएको देखिएबाट बहिरोपन सवारी चलाउनको लागि अयोग्य हुने कुनै वैज्ञानिक आधार रहेभएको मान्न नमिल्ने । § सडक सुरक्षाको बहानामा अपाङ्ग वर्गलाई सवारी चलाउन सधैंको लागि अयोग्य मान्नु पर्ने तर्कसंगत कारण नहुने । (प्रकरण नं.१०) § कानूनमा नै अयोग्यता तोकिएपछि त्यसको पुष्टिको के आवश्यकता रह्‌यो भन्ने एउटा कुरा हो, तर स्वयं कानून पनि विज्ञान, विवेक, औचित्य र व्यवहारसम्मत हुनु नपर्ने होइन । कानूनद्वारा नै कुनै वर्गलाई राज्यको कुनै सुविधाको लाभ पाउन अयोग्य घोषित गर्नुपूर्व त्यस्तो अयोग्यताको औचित्य र आवश्यकताको बारेमा विवेकसम्मत र वैज्ञानिक अनुसन्धानबाट पुष्ट्याँई गर्नु जरुरी हुने । (प्रकरण नं.११) § श्रवणशक्ति कुनै कारणले प्रभावित भएको वर्गलाई त्यत्तिकै कारणले मात्र समाजमा उपलब्ध स्रोतसाधनको पहुँच बाहिर राख्नै पर्दछ भन्ने होइन । बरु कसरी उसमा पनि सवारी चालकको हैसियतमा काम गर्नसक्ने क्षमता अभिवृद्धि गर्न सकिन्छ र कसरी निजलाई सवारी चालकको अनुमतिपत्र दिँदा सामान्य रूपमा अरु श्रवणशक्ति प्रभावित नभएका व्यक्तिसरह सुरक्षित र होशियारीपूर्वक सवारी चलाउने कुरा सुनिश्चित् गर्न सकिन्छ भन्ने विषय ज्यादै महत्वपूर्ण देखिन आउँदा राज्यले उपलब्ध गराएको सडक र यातायात सबैको लागि हुने हुनाले त्यसको पूर्ण सदुपयोग गर्ने अधिकारबाट बहिरोपनबाट प्रभावित वर्ग वा यस्तै अन्य वर्गलाई समेत वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.१२) § श्रवणशक्तिमा अवरोध भएको कारणले मात्र दृश्यशक्ति र अरु सामान्य सुझबुझ दुरुस्त रहेको अवस्थामा सवारी चालक प्रमाणपत्रको लागि सर्वथा अयोग्य हुन् भनी मान्नु पर्ने वैज्ञानिक आधार नदेखिने । (प्रकरण नं.१५) § बहिरोपन प्रभावित व्यक्तिहरूको आवश्यकतालाई ध्यानमा राखेर आवश्यक पूर्वाधार विकास र सचेतना अभिवृद्धि गरिएको खण्डमा प्राविधिक रूपमा यस वर्गको व्यक्तिले सवारीचालक अनुमतिपत्र प्राप्त गर्न नसक्ने कुनै प्राकृतिक अयोग्यता देखिँदैन भने तदनुरूपको नीति विश्लेषणसहित कानून पुनरावलोकन गरी आवश्यक शर्त र सुविधाहरूको विकासमा राज्यले ध्यान दिनुपर्ने । (प्रकरण नं.१६) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ताहरू सपना मल्ल प्रधान, हरि फुँयाल, केदार ढकाल र शम्भु कायस्थ विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता सूर्यनाथप्रकाश अधिकारी अवलम्बित नजीरः सम्बद्ध कानूनः § यातायात व्यवस्था ऐन, २०४९ को दफा दफा ४५ देखि ६२, ४७(ङ) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तर