निर्णय नं. ६७३८ - मिलापत्र वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७३८ - मिलापत्र वदर भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०८/१४ २३०९ नि.नं. ६७३८ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको दे.पु.नं. .. २६८१ फैसला मितिः २०५५।८।१४।२ मुद्दाः मिलापत्र वदर । पुनरावेदक वादीः जि. महोतरी वदीया वन्चोरी गा.वि.स. वडा नं. ५ वस्ने जगत नारायण चौधरी विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वस्ने जगदीश चौधरी । § वावु जिवित छंदै वावुले नै घर व्यवहार गर्ने हुन्छ । वावु छंदै सम्पत्तिमा छोराहरुको हकाधिकार स्थापित भैसकेको मान्न पनि नमिल्नेमा वावु र काकी वीच अंश मुद्दामा लिनु दिनु गरी भएको मिलापत्र वदर गराउन वादीले पाउने स्थिति नदेखिंदा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत जनकपुरको निर्णय मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको मिति ०५१।४।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर भै पेश हुन आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. स्व. नेवा लालको तीन छोराहरुमा जेठा स्व. शिव नन्दन चौधरी, माहिला राम नन्दन चौधरी कान्छा संझा देवीको स्व. लोग्ने देवनन्दन चौधरी, शिवनन्दन चौधरीको स्वास्नी जमुनी देवी जिवित हुनु हुन्छ । शिवनन्दन चौधरी, देवनन्दन चौधरी परलोक भइसक्नु भएको छ। म प्रतिवादीहरुसंग सगोलमा वसी आएकोमा २८ वर्ष अघी नै आफ्नो भात भान्सा अलग गरी पुर्खौली सम्पत्ति जगदीश चौधरीको नाउंमा राखी १-०-० जमुनी देवीलाइ १-०-० संझा देवीलाई दिई वांकी जग्गा तीन भाग लगाई जगदिश चौधरी, जगत नारायण, भोला चौधरीले वाडफांड गरी आफ्नो आफ्नो भाग भोग चलन गरी व्यवहार अलग अलग गरी वसी आएकोमा संझा देवीले रामनन्दन चौधरी माथि अंश मुद्दा दिई सगोलको ५-१-१५.१/२ पुर्खौली जग्गा दिइ ०४५।१०।२५ मा मिलापत्र गरेकोले जगदीश चौधरी नाउंको तपसिल वमोजिमको जग्गा मध्ये १-१७-५-३.१/२ जग्गाको मिलापत्र वदर गरी पाउं भन्ने वादीको फिराद पत्र । तपसिल जिल्ला महोत्तरी, पंचायत वर्दिया वन्चौरी वार्ड नं. कि.नं. क्षेत्रफल मध्येतर्फ १ १६ १-१६-१० - १० ७१ ०-६-१० ०-३-५ ४ २३ ०-४-१३ - ४ २०६ ०-७-१२ - ,, ३१० ०-१९-३ ५ १२६ ०-१२-८ ,, १३० ०-२-५ ,, १४२ ०-३-१६ मध्ये ०-०-१५ ,, १४४ ०-२-२ ६(क) १६२ ०-१६-११ ६(ख) २९ ०-१०-० मध्ये ०-१-९ ,, ८२ ०-२-१० जि.म. वदिया वन्चौरी वार्ड नं. ५ अन्तर्गत सर्भे नापी नभएको गाउं व्लक भित्रको मुल वाटो सो पूर्व जानकी राय चौधरी सो दक्षिण, गणेश वहादुर सो उत्तर फुलो देवी सो पश्चिम ०-०-७.१/२ जग्गा र सो जग्गामा पश्चिम मुखको खपरेल घर ............ १ ३. म संझा देवीले ३ भागको एक भाग अंश लिइ मिलापत्र गरेको छु । वादीको अंशियार नभएकोले अंश लिएको छैन । वादीले लिन पाउने अंश छदैछ । वादी म जगदीशका भाई हुन । निजले पाउनु पर्ने अंश दिन तयार छु भन्ने समेत व्यहोराको प्र. संझा देवी, जगदीश चौधरीको प्रतिउत्तर पत्र । ४. संझा देवी र जमुना देवीलाई मिलापत्रमा दिएको जग्गा वहाहरुको हो । वांकी जग्गामा मात्र रामनन्दन चौधरीको तिनै छोरा जगदीश, जगत नारायण र भोला प्रसाद चौधरीको हो भन्ने समेत व्यहोराको भोला चौधरी भुमिहारको वयान । ५. दे.न. १३९० को अंशमुद्दामा प्रतिवादीको छोरा जगदीश चौधरीको नामको जग्गा अंश वापतमा दिएकोमा निज जगदीश चौध