निर्णय नं. २६२१ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६२१ - जालसाजी भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०२ २०५० निर्णय नं. २६२१ ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं. २५ फैसला भएको मिति : ०४३।२।२।६ मा निवेदिका/प्रतिवादी : रौतहट रघुनाथपुर गा.पं.वडा नं.४ बस्ने कौशिलादेवी बानिया विरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.३ बस्ने रुपनारायण शाह मुद्दा : जालसाजी (१) अस्थायी नागरिकताको प्रमाणपत्र लिंदा स्वास्नी भनी लेखाएको जालसाजी ठहर्‍याई जालसाजतर्फ सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १५) निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : यस अदालतको डिभिजनबेञ्चबाट मिति २०४१।२।७।१ मा भएको फैसला फुलबेञ्चबाट दोहर्‍याई पाउँ भनी निवेदिकाले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका हजुरमा चढाउनु भएको बिन्ति पत्रमा “व्यहोरा साँचो भए बिन्तिपत्रमा लेखिएको त्यस अदालतबाट निर्णय भएको जालसाजी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम गर्नु” भन्ने हुकुम बक्स भई आए बमोजिम यस अदालत फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. २०३३ साल फाल्गुण महीनामा नागरिकता टोली आएकोमा मेरो कोही नभएको विपक्षी कौशिलादेवीलाई उचाली प्र.पं.ले कौशिलादेवी मेरो स्वास्नी हो भनी सिफारिश गरी मलाई लोग्ने कायम गरी अस्थायी नागरिकताको प्रमाणपत्र प्राप्त गरेकोमा झुठ्ठा कुराको सिफारिश गर्ने प्र.हरूको नाममा फिराद गर्न आएको छु । कीर्ते कागजको १० नं. बमोजिम प्र. हरूलाई सजायँ गरिपाउँ भन्ने समेतको फिराद जिकिर रहेछ । ३. मेरो जीवनमा दुई लोग्ने भएकोमा पहिलो लोग्ने सटहु परलोक भएपछि वादीसँग पति पत्निको सम्बन्ध स्थापित गरी निजको कर्णी वीर्यबाट मेरो गर्भबाट जन्मेको एक छोरा बैजू शाह मौजूद छ सो कुरा गाउँलेहरूलाई थाहा भएको आधारमा प्र.जि.अ.ले लोग्ने स्वास्नी कायम गरी दिएको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको कौशिलादेवीको प्रतिउत्तर जिकिर रहेछ । ४. प्रतिवादी कौशिलाको लोग्ने सटहु परलोक भएपछि कौशिलालाई वादीले पत्‍नी बनाई राखेको हुन भन्ने शेष सुजायतको प्रतिउत्तर रहेछ । ५. कौशिला वादीको स्वास्नी हो वादीको कर्णीबाट वैजू भन्ने छोरा भएको हो हामीहरूले झुठ्ठा सिफारिश गरेको छैन, भन्ने समेतको फालिसाको प्रतिउत्तर जिकिर रहेछ । ६. बिनाआधार रुपनारायणको छोरा देखिन नआएकोले प्रतिवादी कौशिला वादीको स्वास्नी भन्न मिलेन अस्थायी नागरिकता प्रमाण लिई रुपनारायणको स्वास्नी भनी लेखिएको बदर गरिएको छ, भन्ने समेतको शुरु रौतहट जिल्ला अदालतको फैसला रहेछ । ७. उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदनमा शुरु जिल्ला अदालतको फैसला जालसाजी कीर्तेमा दावी भएकोमा सोतर्फ नबोली अस्थायी नागरिकता प्रमाणपत्र बदर हुने ठहर उल्लेख भएको फैसला इन्साफ कानुनसंगत भएको नदेखिँदा वादी दावी नपुग्ने भन्ने समेतको नारायणी अञ्चल अदालतको फैसला रहेछ । ८. उक्त फैसला कानुन त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भनी वादीको श्री मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परी पुनरावेदन गर्न अनुमति प्राप्त