निर्णय नं. ३६५८ - परमादेशयुक्त प्रतिषेध लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६५८ - परमादेशयुक्त प्रतिषेध लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: १० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/१३ २७५४ निर्णय नं. ३६५८ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रि.नं.१९०८ आदेश भएको मिति : २०४५।९।१३।३ मा निवेदक : विराटनगर न.पं.वार्ड नं. १४ बस्ने इन्दू श्रेष्ठ विरुद्ध प्रत्यर्थी : राष्ट्रिय वाणिज्य बैंक रानी शाखाका प्रबन्धक संघदास श्रेष्ठसमेत विषय : परमादेशयुक्त प्रतिषेध लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) कर्जा असूल गर्नु पर्ने संस्था वा व्यक्तिले आफूकहाँ रहेको सुरक्षण मध्ये कुनै सुरक्षणबाट असूल गर्न खोजेकोलाई कानून विपरीत भएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९) प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. निवेदकको नाउँमा विराटनगर न.पं.वार्ड नं. १४ को हाल कि.नं.६०० मा ०–०–१६¼ ऐ. कि.नं. ९७६ मा ०–०–६, ऐ. कि.नं. ९५४ को विराटनगर न.पं. तालुकको रै.नं. २५१।२४८ को ०–०–३१/४ समेत जम्मा ज.वि.०–१–७–२ मेरो हक दर्तामा रही अवछिन्न रुपमा भोग गरी आई रहेको उक्त जग्गामा हालसम्म ३ वटा छुट्टै पक्की घर छन् र उक्त घर जग्गा ऐ.बस्ने संघदास श्रेष्ठको प्रोप्राराइटरसिपमा रजिष्टर्ड भएको विराट ट्रेडिङ्ग कम्पनीले राष्ट्रिय वाणिज्य बैंक रानी शाखासंग विभिन्न कर्जा एवं ऋण कारोवारहरु के सुरक्षणका लागि उल्लिखित कि.नं.का घर जग्गाहरु राष्ट्रिय वाणिज्य बैंक रानी शाखालाई धितो बन्धक राखी उल्लिखित मिति २०३६।७।२६ मा र.नं. ११०२ मा मालपोत कार्यालय मोरङ्गमा रजिष्ट्रेशन पारित गरी दिएकोमा म्याद भित्र कर्जा चुक्ता नगरेको र सावाँ ब्याज सहित कर्जा चुक्ता गर्न बैंकबाट बारबार तरताकेता गर्दा पनि आजसम्म कर्जा चुक्ता गर्नेतर्फ कुनै ध्यान नदिएको हुँदा धितो रहेको घर जग्गा म निवेदिकाको नाउँमा दर्ता भएको उक्त जग्गा र सो जग्गामा बनेको पक्का घर समेतको सम्पत्ति मिति २०४५।२।३ मा सिलबन्दी बोलपत्रको सूचनाबाट निवेदिकाको संविधान प्रदत्त हकाधिकारमा हनन् हुन आएकोले यो रिट हक प्रचलनको लागि गर्न आएकी छु । ३. बैंकले कम्पनीसंगको कारोवारमा कम्पनीको एवं शेयर होल्डरहरुको सम्पत्ति मध्येबाट असूलउपर गर्नु पर्छ कम्पनी एवं त्यसको सञ्चालकहरुको सम्पत्ति मध्येबाट असूलउपर गर्ने कानूनी प्रकृया अबलम्वन नगरी निवेदिकाको सम्पत्ति लिलाम गर्ने कारवाही गर्न राष्ट्रिय वाणिज्य बैंक रानी शाखाको कारवाही गैरकानूनी एवं अन्यायपूर्ण छ । उक्त कम्पनीको बैंकसंगको कारोबार सम्बन्धमा निवेदिकाले मालपोत कार्यालयबाट पारित गरिदिएको मिति २०३६।७।२५ को र.नं.११०२ को धितो बन्धक राखेको लिखत अनुसारको शर्तसम्ममा निवेदिकाको दायित्व रहन्छ विराट ट्रेडिङ्ग कम्पनीको ऋण कर्जाको लागि काठमाडौं न.पं.वार्ड नं. ३ बस्ने रत्नमाया शाक्य र ऐ.ऐ.बस्ने द्वारीकादास श्रेष्ठले काठमाडौं न.पं.को कि.नं.१४३७ को ०–२–१ र सो जग्गामा बनेको घर समेत सुरक्षण बापत धितो लेखी दिनु भएको छ । यसप्रकार विराट ट्रेडिङ्ग कम्पनीको राष्ट्रिय वाणिज्य बैंकसंगको कर्जा कारोवारमा धन जमानी म समेतका ३ जना व्यक्तिले आ–आफ्नो अचल सम्पत्ति धितो लेखी दिएका छौं । जमानी गर्ने महलको ६ नं. को कानूनी व्यवस्था अनुसार कम्पनी र यसका पार्टनरहरुबाट