निर्णय नं. ६७३९ - दर्ता वदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७३९ - दर्ता वदर हक कायम भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०८/२१ २४९६ निर्णय नं. ६७३९ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०५३ सालको दे.पु.नं..३२६३ फैसला मितिः २०५५।८।२१।२ मुद्दाः दर्ता वदर हक कायम । पुनरावेदक वादीः जि.सुर्खेत,उत्तरगंगा गा.वि.स. वार्ड नं. ८ वस्ने पूर्ण गिरी भन्ने पूर्णदेव गिरी विरुद्ध प्रत्यर्थी प्रतिवादीः श्री ५ को सरकार, मन्त्रीपरिषद सचिवालय समेत § मिति २०४४।१२।२१ मा दावीका जग्गा श्री ५ को सरकारको नाउंमा दर्ता हुने निर्णय भइ सोहि मितिवाट मुद्दा चलाउनुपर्ने कारण सृजना भएकोमा त्यस्को झण्डै ८ वर्ष पछि मिति २०५२।७।१० मा फिराद पर्न आएको देखिदा हदम्यादभित्र फिराद दायर नभएको भन्ने आधार देखाई फिरादपत्र खारेज गर्ने ठहराएको पुनरावेदन अदालत, सुर्खेतको फैसला मनासिव देखिदा सदर हुने । (प्र.नं. १०) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत सुर्खेतको मिति ०५३।३।२३।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः २. जि. सुर्खेत प्रगन्ना पाखा गोठीकाडा मौजाका मु. युद्ध वहादुर कार्कीको मौजा भित्र पर्ने वोहरीका रुख खोल्सा, पूर्व खोल्सा, पश्चिम तेस्रो वाटो, दक्षिण लाखा पानी ढीक, उत्तर भित्र पर्ने जग्गा साविक देखिनै भोग चलन गर्र्दै आइरहेको र २०२२ सालमा मेरै नामवाट कि.नं ४।१३४ रै.नं. ३।१३४ जनाई भु.सु. ७ नं. फांटवारी भरी तिरो भरो गर्दै आई रहेकोमा ०२९।३० साल सर्भे नापीमा म फिरादी उपचार गर्न भारततर्फ गएको अवस्था उक्त जग्गा मेरा नाममा नापी दर्ता नगरी प्रति ऐलानी जनाई दिएकेले मिति ०३०।९।१९ मा तत्कालीन भुमि प्रशासन कार्‍यालमा निवेदन दिइ कारवाही भै रहेकोमा पछि कुनै जानकारी नपाउंदा मिति ०५२।१।१४ मा मालपोत कार्यालय सुर्खेतमा सम्पर्क राख्दा कार्यालय कार्यक्षेत्र भित्र पर्ने नयां नापीको पंचायत वडा नं. कि.नं. क्षेत्रफल मध्ये दिशातर्फ खुलाई निवेदन दिनु पर्नेमा सो खुलाई नदिएकोले कारवाही गर्न नमिली तामेलीमा राखी दिने भन्ने निर्णयको प्रतिलिपि सारी लिइ प्रस्तुत फिराद गर्न आएको छु। सो सम्वन्धमा म फिरादीलाई कुनै जानकारी नै छैन । ता.मु. युद्ध वहादुर कार्कीले पेश गरेको विले वन्दी साह कर लगत र मैले २०२२ सालमा भरेको भु.सु. ७ नं. फांटवारीले पनि मेरो हकभोग तिरो भित्रको जग्गा हो भन्ने प्रष्ट छ । यस्तोमा सो ठाउंको मुखिया पटवारी समेतको रोहवरमा मेरा नाउंमा नाप दर्ता हुन पर्ने हो । अतः २०२९।०३० सालमा सर्भे नापीमा जि. सुर्खेत गोठीकाडा गा.प. वडा नं. ८(ख) कि.नं. ११ ज.वि. १-२-२ कायम भएको जग्गा ऐलानी कायम गरेको प्रचलित कानून विपरित हुंदा विपक्षीहरुले श्री ५ को सरकारको स्वामित्व कायम हुने गरी ऐलानीमा दर्ता हक कायम समेत गरी कोर्ट फि ऐन, २०१७ वमोजिम गरी पाउं भन्ने समेत पूर्ण गिरी भन्ने पूर्ण देव गिरीको यस अदालतमा परेको फिराद पत्र । ३. जग्गावालाले आफ्नो जग्गाको स्वमित्व भएको प्रमाण कागज आफै वा आफ्नो प्रतिनिधि द्वारा पठाई आफ्नो जग्गा आफ्ना नाउंमा दर्ता गराउनु पर्ने निजको दायित्व हो । कुनै जिमिन्दार, पटवारी वा प्रतिनिधि समेतले नदेखाएकोमा भुमि प्रशासन मा.पो.का. समेतको दोष होइन । फिराद दावीके जग्गा नापनक्सा भई पर्ति कायम भएको हुंदा निजको दावी पुग्