निर्णय नं. २६२२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६२२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/२७ १९०५ निर्णय नं. २६२२ ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.फु.नं. ५२ आदेश भएको मिति : ०४३।२।२७।३ मा निवेदक : भक्तपुर नगर पञ्चायत वडा नं.११ बस्ने विष्णुभक्त हिम्सुतु विरुद्ध विपक्षी : ऐ.वडा नं.१४ मंगलाछे बस्ने कान्छी के.सी.समेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) मोही निष्कासन गर्ने निर्णय गरेको अवस्थामा कूत पनि अनिवार्य रुपले भराउन पर्छ भनी भन्न दफा २९(३) को व्यवस्थाबाट मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) बाली मुद्दा पर्दापर्दैको अवस्थामा बुझेको भन्ने देखाउन नसकेको अवस्थामा बाली बुझेको भन्ने दोष पनि जग्गा धनीलाई लगाउन मिल्ने देखिँदैन । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कुलदेव राज शाही विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान व.अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल आदेश न्या.पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो हो र मुद्दा पर्दापर्दै धरौटी बाली समेत बुझी सकेको रहेछ भने त्यस अदालतबाट निर्णय भएको बिन्ति पत्रमा लेखिएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन सम्बन्धी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. महेन्द्र वालेश्व सिपाडोल गा.पं.वडा नं.२(क) कि.नं. २७६ बाट नापी भएको खेत रोपनी ४–०–० मा जग्गा धनीमा विपक्षीहरू जनिएको र जग्गा मैले कमाई भोगी आएको जग्गा हो विपक्षीहरूलाई याम टायममा मैले बाली बुझाई आएकोमा विपक्षीले पहिले देखि बदनियत चिताई बाली बुझाई सकेपछि भनी बाली भराई जग्गा निष्कासन गरिपाउँ भनी विपक्षले विपक्ष नं. ४ कहाँ फिराद गरेको रहेछ । सो फिरादपत्रमा कारवाही चल्दाचल्दै मैले दाखेल गरेको भर्पाई कीर्ते ठहराई फैसला भएपछि विपक्ष नं. ४ ले थामी आएको म्यादसम्मलाई पनि नपर्खी प्रतिवाद गर्ने मौका सम्म पनि नदिई बाली नभराउने जग्गा मात्र निष्कासन गर्ने गरी प्राकृतिक न्याय सिद्धान्तको विपरीत ०३०।१२।१६।३ मा फैसला गर्नुभएको छ जुन मलाई जानकारी दिएपछि मात्र थाहा पाएँ । ३. मलाई भू.सु.शाखा भक्तपुरले २०३८ साल फाल्गुण १८ गते हाजिर हुन आउनु भनी तारेख तोकी दिएको र सो तारेख गुज्रन गएकोले ७ दिनभित्र थामी पाउँ भनी विन्तिपत्र चढाएकोमा थामी दिनु भन्ने हुकुम प्रमांगी बक्स भएपछि उक्त हुकुम प्रमांगी सहितको बिन्तिपत्र विपक्ष कहाँ ०३८।१२।२४ मा दाखेल हुन आएको हु.प्र.दाखेल हुन बाँकी छँदै धरौटी तारेखमा बस्न जाँदा धरौटी तारेखमा सम्म नराखी प्रतिवाद गर्ने मौका समेत पनि नदिई फैसला गर्नुभएको रहेछ । विपक्षको पहिलो माग बाली भराई पाउँ भन्ने र दोश्रो माग जग्गाबाट निष्कासन गरिपाउँ भन्ने माग हो पहिलो माग नै पूरा नभई दाश्रो माग पूर्ति हुन आउने वा हुन सक्ने अवस्था नै आउँदैन । बाली भराई पाउने ठहराएपछि मात्र जग्गा निष्कासन गर्न पाउने हो