निर्णय नं. ३६६० - निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६६० - निखनाई पाउँ भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/११/०८ २२०० निर्णय नं. ३६६० ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ९२९ फैसला भएको मिति : २०४५।११।८।१ मा पुनरावेदक/वादी : राजविराज न.पं.वार्ड नं. २ बस्ने छुतहरु यादव विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं. ९ बस्ने सुनयना झा मुद्दा : निखनाई पाउँ (१) लिखत पास भएको मिति थाहा भएको भनी देखाएपछि सो मितिको आधारमा थैली यकीन गर्न पर्नेमा वादीले कुनै किसिमले थैली थाहा पाउने प्रयास गरेको कुरा आफ्नो फिरादमा लेखी देखाउँन नसकेकोले हाल बहाल रहेको लेनदेन व्यवहारको १६ नं. अन्तर्गतको फिराद परेको भन्न मिल्ने देखिन नआउने । (प्रकरण नं. ९) पुनरावेद/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंज विहारीप्रसाद सिंह विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान अधिवक्ता श्री शिवराज अधिकारी फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।९।१९।१ को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. राजविराज नगरपञ्चायत वार्ड नं. ९ कि.नं ११० को ०–१०–० साविकदेखि मैले जोती आएको उक्त जग्गा जग्गाधनी शान्तिदेवीले बिक्री गर्नु परेमा म मोहीलाई सुनाई लेनदेन व्यवहारको १२ नं. अनुसार मैले नलिएमा अरुलाई बिक्री गर्नु पर्नेमा मलाई थाहा नै नदिई उक्त जग्गा २०३९।३।१० गतेमा राजीनामा पारीत गराई लिएको कुरा यही पौष ९ गते प्रमाणका मानिसबाट थाहा पाएकोले नालेश गर्न आएको छु । उक्त जग्गा मेरो मोहियानी हुँदा शान्तिदेवीले सुनयना झा लाई के कति रुपैयाँमा कहाँबाट पारीत गरिदिएको हो विपक्षीबाट लिखत दाखिल गराई थैली म बाट धरौट दाखिल गराई सो थैली विपक्षी सुनयना झा लाई बुझाई उक्त कि.नं.११० को ०–१०–० जग्गा म मोहीलाई हक सम्झी गराई मेरा नाउँमा दर्ता गराई पाउँ भन्ने समेत ०३९।१०।१२।४ को फिरादपत्र । ३. फिराद लेख बमोजिम वादी जग्गा कमाउने मोही होइन । त्यसो हुनाले वादीले मैले खरीद गरेको जग्गा निखनाई पाउने होइन फिराद लेख झुठ्ठा हो म संग वादीको बराबर सम्पर्क आवत जावत भएको हुँदा पारित भएको कुरा थाहा नभएको फिराद लेख झुठ्ठा हो भन्ने समेत सुनयना झाको २०४०।१।१४।४ को प्रतिउत्तरपत्र । ४. एका सगोलको लोग्ने जयनारायण शाहले २०४०।१।७।४ मा बुझी लिएको इतलायनामाको म्याद गुजारी प्र.शान्तिदेवी बसेको । ५. लेनदेन व्यवहारको १२ नं. मा हकवालाले ननिखनेमा र म्याद भित्र उजूर गरे मोहीले निखन्न पाउँछ भन्ने लेखेको देखिनुका साथै प्रतिवादीले नै पेश गरेको लिखतमा वादी मोही भन्ने लेखेको देखिएकोले वादी दावा अनुसार कि.नं. ११० को ०–१०–० जग्गाको हक निखन्न पाउने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदालतको ०४०।९।११।२ को फैसला । ६. शुरु जिल्ला अदालतको इन्साफमा चित्त नबुझी म सुनयना झा तर्फबाट सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदनमा लेनदेन व्यवहारको १२ नं. को दहाय १ बमोजिम निखनाई पाउन सक्ने व्यक्ति भएको र सोही ऐनको ११ नं.को म्याद भित्र फिराद दावी भई प्रतिउत्तर परी थैली रजिष्ट्रेशन दस्तूर यकीन भएपछि थैली र रजिष्ट्रेशन दस्तूर दाखिल भएको देखिनाले प्रत्यर्थी वादीले फिराद दावी बमोजिम हक निखनाई पाउने ठहर्याई शुरु जिल्ला अदालतले गरेको निर्णय मनासिब देखिँदा पुनरावेदकको पुन