निर्णय नं. ६७४० - शेषपछीको वकसपत्र वदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७४० - शेषपछीको वकसपत्र वदर दर्ता कायम भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०९/१६ ३१६२ निर्णय नं. ६७४० ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा संवत् २०५३ सालको दे.पु.नं. .. ३७४९ फैसला मितिः २०५५।९।१६।५ मुद्दाः शेषपछीको वकसपत्र वदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः जि.मोरंग वि.न.न.पा. वार्ड नं. १४ वस्ने दिव्य ढुंगेल समेत विरुद्ध प्रत्यर्थी वादीः जि.मोरंग वि.न.न.पा. वार्ड नं. १३ वस्ने सागरदेव ढुंगेल समेत § विवादको मिति ०४७।११।३० को पारित लिखत शेष पछिको वकसपत्र भएको र दिनेको शेषपछि खान पाउने कुराको लिखत गरि दिएकोमा सो लिखत गरि दिनेको चित्त नवुझी वदर गर्छु भन्छ भने जहिले सुकै वदर गर्न पाउंछ भन्ने दान वकसको २ नं. ले गरेको कानूनी व्यवस्थावाट शेषपछिको वकसपत्र दिनेको मृत्यु पश्चात मात्र क्रियाशिल हुने हंदा सो लिखतबाट पाउनेको तत्काल हक पुग्ने अवस्था हुंदैन । दिन नहुने दानवकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने दान वकसको ५ नं. मा उल्लेख भएको देखिंदा सो वमोजिम नालिस गर्न पाउने हक वादीको श्रृजित भई सकेको देखिन नआउने । (प्र.नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. पिता मित्रदेवको ३ पत्नीमा जेठी विपक्षी दिव्य माइली अमृता कान्छी हाम्रो मुमा रेणु भै जेठी तर्फका २ वटा छोरीमात्र भै विपक्षीहरु क्रमशः जेठी वानु माइली वेन्जु र कान्छी वुनु भएको मुमाका ३ जना छोरा हामी फिरादी र पिता मित्रदेव समेत ६ अंशियार भएको एकै ठाउमा वसी व्यवहार चल्न नसक्दा पारस्परिक सल्लाहले २०३१।३।२१ मा वण्डापत्र पारित भयो । वण्डापत्रमा लेखिएको वण्डापत्र वमोजिम र वांकी रहेको दर्ताको जग्गा घर अंश दिने पिता मित्रदेव कै नाउंमा कायम रहने शेषपछि पिता तथा माता विपक्षी समेत सवैको हामी फिरादीले पाउने विपक्षी दिव्य कुमारी समेत कुनै महतारीले निज खुस गर्न नपाउने शर्तमा वण्डा भएको हो । छोरा नभएको कारणले हिनता वोध नहोस भनी तल्काल २०३१ सालमा म सागर नावालख हुंदा मेरो अंश भाग वण्डापत्र भै विपक्षी दिव्य जिम्मामा रहने गरी वण्डापत्र भयो । पछि सावालख भएपछि म सागरले मुमा विपक्षीसंग वण्डा गराइ माग्दा पिताज्युले आफू पहिले छुटिृएको कुरा स्पष्ट वोल्नु हुंदै अरु यही विवादको जग्गा समेत थपी दिनु भै ०४४।४।२१ मा वण्डापास गरी दिनु भयो । वण्डापत्र भएको दिन कि.नं. १६० र कि.नं. १६२ सुदुर उत्तरबाट पूर्व पश्चिम वारपार ०-०-५-३ जग्गा विपक्षी दिव्यका नाउमा पास भइगएता पनि सो जग्गा पिता मित्रदेवकै अंश भागको भएको विक्री गर्नु परे ज.वि. ०-०-५-३ हाम्रो मंजुरीबाट विक्री गर्ने दिव्यले विक्री नगरे करार भएका मितिले १ वर्ष नाघेपछि ०-०-५-३ पिताले आफ्नो खुसी गर्न पाउने कदाचित दिव्यकै नाउंमा रही रहे, पिताको शेषपछि हामीले आफ्नो गराई लिन र भोग गर्न पाउने गरी विपक्षी दिव्य र हामी समेतका वीचमा करारनामा भएको थियो । सो करार मुताविक कि.न. १६०, १६२ को उत्तरबाट पूर्व पश्चिम वारपार ०-०-५-३ जग्गामा हाम्रो हक पक्का हुंदा हुंदै सो हकको हाम्रो टहरा घर नै नदेखाई प्रचलित ऐन, २०३१ सालको वण्डाप