निर्णय नं. २६२३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६२३ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/२० १९४८ निर्णय नं. २६२३ ने.का.प. २०४३ अङ्क - २ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि फु.नं. ५१ आदेश भएको मिति: २०४३।२।२०।३ मा निवेदक/विपक्षी : कपिलवस्तु तत्काल तौलिहवा गा.पं.वडा नं.३ बस्ने पुरुषोत्तम गौतम विरुद्ध विपक्षी/रिटनिवेदक : ऐ.कौपवा गा.पं.वडा नं.७ बस्ने पिताम्बर गौतम विषय : उत्प्रेषण (१) अनुचित विलम्ब गरी उपचारको खोजीमा आएको देखिएकोबाट संविधानको धारा ७१ बमोजिम असाधारण अधिकार क्षेत्रको प्रयोग गरी उपचार प्रदान गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट आदेश भएको बिन्तिपत्रमा लेखिएको उत्प्रेषण मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. निवेदकले साविक जिमिदार छविलाल गिरीका नाउँमा दर्ता भएको मौजे वैकुन्ठपुरको जिमिदारी सीर विगहा २–१०–० तिरो रु.८५।– लागेको जग्गा र निज छविलाल कै नाउँमा दर्ता भएको झण्डा मध्येको शिर विगहा ८–१–१ जग्गा तिरो रु.४२३।४२ जि.खान्की ३५।२२ हिस्सा भएको जिमिदारी समेत मिलाई ०२३ सालको मालपोत बाँकी भएकोमा ०२४ सालमा लिलाम गर्दा कसैले सकार नगरेकोले ०२४ सालको मालपोत समेत गाभी मैले ०२५।१।२३ मा सकार गरी मिति ०२५।३।२९ मा चलन पुर्जी समेत पाएको थिएँ । साविक जिमिदार छविलाल गिरीले उक्त जिमिदारी विपक्ष मध्येकी कुविजाकुमारी बस्याललाई ५६७९ मा दृष्टिबन्धक पास दिएको रहेछ सो कुरा ०२४ र ०२५ सालको लिलामको बखतमा कुविजाकुमारीले उजूर नगरी पछि उजूर गरेपछि थाहा हुन आयो र विपक्ष कुविजाकुमारी र म समेतको बीचमा आय र कर अदालत र सर्वोच्च अदालत डिभिजनबेञ्चसम्म मुद्दा चली पत्र सरकारी मालपोत बाँकीमा मात्र लिलाम गरेको हुँदा सो बदर गरी दृष्टिबन्धक साहूको थैली समेत मिलाई पुनः लिलाम गराउनु भन्ने आदेश भएको थियो । बन्धकी मध्येको कुविजाकुमारीको दृष्टिबन्धक थैली घरसारमा दिई मिलापत्र गरिसकेकोले सो जिमिदारी पुनः नहोस् भनी ०३०।११।८।३ मा संयुक्त निवेदन मालपोत कार्यालय कपिलवस्तुमा दिएकोमा हाम्रो निवेदनमा कुनै कारवाही नगरी दोश्रोपटक ०३१।८।५ मा लिलाम गर्दा अ.बं.११० नं.अनुसारको सूचना प्रकाशित नै नगरी लिलाम गरियो । ३. म निवेदकको रु.४१००।– र कुविजाकुमारीलाई दिएको रकमको समेत कुनै वास्ता नै नगरी पुरुषोत्तम गौतमको नाममा लिलाम गरी दर्ता गरी दिएकोले आय र कर अदालतमा तथा सर्वोच्च अदालतको आदेशको प्रतिपालन भएको छैन । माल कार्यालयको कारबाई उपर निवेदकले लुम्बिनी अञ्चलाधीश कार्यालयमा उजूर दिएकोमा कुनै जानकारी नदिई हाल ०३७।२।१२।१ मा दिएकोमा कुनै कारवाही गर्नु नपर्ने भनी जि.का.कपिलवस्तुले जानकारी दियो । ४. आय र कर अदालत र सर्वोच्च अदालतले दृष्टिबन्धकको थैलीलाई समावेश नगरेको कारणले मात्र दोश्रोपटक लिलाम गर्ने गरी