निर्णय नं. ३६६१ - निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६६१ - निखनाई पाउँ भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/११/०१ ३४९५ निर्णय नं. ३६६१ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६०९ फैसला भएको मिति : २०४५।११।१।१ मा पुनरावेदक/वादी : का.न.पं.वा.नं.२ टंगाल गैरी धारा बस्ने पद्मलक्ष्मी राजभण्डारी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.वा.नं.२९ केशरमहल बस्ने कृष्णचन्द्र देवी राणा मुद्दा : निखनाई पाउँ (१) नासो धरौटको महल अन्तर्गत पर्ने गरी नासो धरौट राख्दा दिंदा लिने दिनेको बीच कुनै लेनदेन नहुने जबकी लेनदेनको महल अन्तर्गत पर्ने गरी बन्धकी धरौट दिँदा लिने दिने दुईको बीच लिनु दिनु समेत हुने । (प्रकरण नं. १३) (२) लिने दिनेको बीचमा लेनदेन कारोबार गरी चल धनमाल धितो दिएकोलाई नासो धरौटको महल भित्र पर्ने नासो धरौट भन्न नमिली लेनदेन व्यवहार अन्तर्गतको धरौट हो भन्नु पर्ने अवस्थामा लेनदेनको १४ नं. मा भएको व्यवस्थाबाट यस्तो धरौट राखेको चल धनमाल जहिलेसुकै निखन्न आए पनि साहुले आफ्नो थैली बुझी लिई निखन्न दिनु पर्ने व्यवस्था गरेको हुँदा नासो धरौटको ७ नं. र लेनदेन व्यवहारको ४० नं. को म्याद भित्र फिराद नपरेको हुनाले हदम्याद नाघेको भनी खारेज गरेको इन्साफ मनासिफ देखिन नआउने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. पिता मिनबहादुरले मेरो लागि बनाई दिनु भएको नम्बरी सुन तोला २८/–/६ (अठ्ठाइस तोला ६ लाल) को चन्द्रहार १ र ऐ.सुन तोला ११–९–८ (एघार तोला नौ मासा आठ लाल) को चरी थान चार समेत जम्मा सुन तोला ४०।१४ (चालिस तोला चौध लाल विपक्षीलाई बन्धकी दिई रु.८,५००।– २०२१।१२।२५ मा लिएका थिएँ । उक्त गहना बन्धकी दिएको निस्सा २०२१।१२।२५।४ को लिखत र रु.८,५००।– बुझाई निखनी लिन भनी २०४० सालमा जाँदा धेरै वर्षको कुरा भयो यति पछि निखन्न मिल्दैन भन्ने जवाफ बक्सेकाले नालिश गर्न आएको छु । उक्त रु.८,५००।– विपक्षीलाई बुझाउन लगाई उक्त सुनका गहना निखनाई पाउँ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीको फिराद । ३. फिराद लेखबाट २०२१।१२।२५।४ मा धनमाल गहना धरौट राखी रुपैयाँ लिई रसीद भर्पाई गराई लिएको देखिन्छ । मुलुकी ऐन नासो धरौटको ७ नं. अनुसार १० वर्षभित्रको फिराद हुनुपर्नेमा १९ वर्षपछि २०४० सालमा हदम्याद नाघेको आधारबाट खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको कृष्णचन्द्रदेवी राणाको प्रतिउत्तर । ४. वादीले प्रमाण दिएको लिखत २०२१ सालको भई फिरादपत्र २०४० सालमा पर्न आएकोमा १० वर्ष वितिसकेपछि पर्न आएको फिरादबाट नासो धरौटको ७ नं. को मयाद नाघी आएको हुँदा कारवाही गर्न नमिली खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४१।१।१२ को फैसला । ५. कानून बमोजिमको लिखतलाई मान्यता नदिई १० वर्षको हदम्याद नाघेको भनी खारेज गर्ने गरेको फैसला त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीको बागमती अञ्चल अदालतमा गरेको पुनरावेदन । ६. प्रस्तुत मुद्दा स्पष्ट रुपमा मुलुकी ऐन नासो धरौटको १ नं.अन्तर्गतको देखिन आएकोले ऐ.को ७ नं. अन्तर्गत नालेश गर