निर्णय नं. ६७४१ - जारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७४१ - जारी भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०८/१८ २७४८ नि.नं. ६७४१ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०५२ सालको फौं पु.नं..१११२ फैसला मितिः २०५५।८।१८।६ मुद्दाः जारी । पुनरावेदक वादी : पाल्पा जि. दोभान गा.वि.स. वडा नं. ६ वस्ने खिमानन्द वस्याल विरुद्ध विपक्षी प्रतिवादीः नवलपरासी जि.आर्दश गा.वि.स वडा नं. ८ डेरा गरी वस्ने कुविजा वस्याल समेत § इलाका प्रहरी कार्यालय दोभानमा मिति २०४६।९।६ मा कुविजा र शंकर न्यौपानेको वीचमा भएको भनिएको कागज अंश मुद्दाको नालेश परिसकेपछि सृजना गरेको देखिएकोले त्यस्तो कागजको प्रमाणिक मुल्य नरहनुका अतिरिक्त फिराद साथ नक्कल दाखिल गर्न सक्ने प्रकृतिको देखिएको उक्त कागजको नक्कल फिराद साथ पेश नगरी पुनरावेदन अदालतमा आएर मात्र उक्त कागजको फोटो प्रतिलिपि पेश गरेको देखिंदा यस्तो कागज अ.वं. ७७ नं प्रतिकूल भै प्रमाण ग्राह्य भन्न नमिल्ने । § कुविजाले आफ्नो छोराहरु उपर समेत गाली वेइजती मुद्दा दिई झगडिया वनाइएका कृष्ण प्रसाद र वेद प्रसाद वस्यालको वकपत्रलाई स्वतन्त्र साक्षीको वकपत्र सरह प्रमाणमा लिन नमिल्नेमा गवाही दिन कर नलाग्ने भनी प्रमाण ऐनले तोकिएका यस्ता छोरा नाताका व्यक्तिहरुले आमाको विरुद्धमा व्यक्त गरेको वकपत्रलाई मात्र आधारमानी जारी गरेको भन्ने वादी दावी शंकारहित तवरवाट स्थापित भएको नदेखिएको यस्तो स्थितिमा अन्य स्वतन्त्र एवं वस्तुनिष्ठ आधार प्रमाणको अभावमा कसुरदार ठहराउन नमिल्नेमा शुरु पाल्पा जिल्ला अदालतले वादी दावी वमोजिम जारीको कसुर ठहर गरेको त्रुटिपूर्ण निर्णय वदर गरी प्रतिवादी कुविजा वस्याल र भीमलाल भन्ने शंकर न्यौपानेले आरोपित कसुरवाट सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.१४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री विश्वकान्त मैनाली र विजयकान्त मैनाली विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री गुणनिधि न्यौपाने अवलम्वित नजिरः ने.का.प. २०४२, अंक ८, नि.नं. २४४५, पृ. ७१२ फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत वुटवलको मिति ०५१।१२।१।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तरगत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. कुविजासंग मेरो दाम्पत्य सम्बन्ध भएपछि २ भाई छोरा हुर्के पछि केहि वर्षसम्म मेरो सत्यमा रही वसी आएको थिइन् । २०४१ सालवाट विपक्षी आफ्नो विचारले मेरो स्वीकृति नलिइकन हिडडूल गर्न लागेकी थिइन । यो प्रवृतिवाट वाहिर गएकी र विपक्षी पाल्पा दोभान गा.वि.स वडा नं. ७ वस्ने विपक्षी मध्येका भिमलाल भन्ने शंकर न्यौपानेसंग अनुचित सम्वन्ध राख्दै गएकोले सो कुरा गाउमा थाहा हुन गै गाउ समाज इष्टमित्रले तिम्री श्रीमतीलाई आफ्नो नियन्त्रणमा राख भनेपछि सम्झाई बुझाई गर्दा पनि पूर्ववत हिडडूल गरी घरको निन्दा हुन गयो र छोराहरु पनि भारत तर्फ गए विपक्षी शंकर न्यौपानेले अनुचित सृजना गरेकोले प्रहरीमा वुझी कागज समेत गरेको हुंदा ०४६।६।३ गतेका दिन विहानै मेरो कमाइको पहिला सुन तोला आधाको रु. ३०००। परेको चन्द्रमा किलिप १ र ऐ. सुन तोला आधीको रु.३०००। पर्ने घांटीमा लगाउने नौ गेडी र मेरोघरमा भएको नगद २०,०००। समेत जम्मा रु.२६०००। लिइ वेपत्ता भएकोले सोहि दिन प्रहरीमा दरखास्त दिएको