निर्णय नं. २६२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/११/३० २५१५ निर्णय नं. २६२४ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४१ सालको रिट नं. १६३८ आदेश भएको मिति : २०४२।११।३०।५ मा निवेदक : पर्सा हरिहरपुरबिर्ता गा.पं.वडा नं.९ बस्ने मनसहिद मियाँ धोबीसमेत विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार कार्यालय पर्साका भू.सु.अ.श्री महन्त झासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) दर्ता किताबमा सच्याएको सूचना मोहीले प्राप्त गरेपछि मात्र मोहीले जग्गा छाडेको मान्नु पर्ने । (प्रकरण नं. १०) (२) छुट्टाछुट्टै निवेदन परेकोमा कानुन बमोजिम छुट्टाछुट्टै निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाङ्ग विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री शिवराज अधिकारी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय पर्साको मिति २०४१।६।३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जिल्ला पर्सा वीरगञ्ज नगर पञ्चायत वडा नं.११ बस्ने रतनकेशरी नेवारनीका नाम दर्ता रहेको जिल्ला पर्सा हरिहरपुर विर्ता गा.पं.वडा नं.६ कि.नं. १२० को ज.वि.०–१५–१०–० को मोही बलरख मियाँ धोबी भएको उक्त जग्गा रतन केशरीले मलाई मिति २०२७।१०।५ मा राजीनामा गरी दिएको पारीत गरी नदिँदा पारीत गरिपाउँ भनी पर्सा जिल्ला अदालतमा मुद्दा दिएको मोही बलरख मियाँ धोबीले स्वेच्छापूर्वक २०२९ सालका बाली देखि भू.सं. ऐन, २०२१ को दफा २६(क) अनुसार जग्गा आवाद गर्न छाडेको लिखित सूचना रतन केशरीलाई दिनुको साथै तत्कालै भू.प्र.का.पर्सामा सोही व्यहोराको २०२९।१।७ मा निवेदन दिनु भई सनाखत गरी दिनु भएको उक्त जग्गा साविक जग्गा धनीले जोतकोड आवाद गरी आउनु भएको २०२९।४।२२ मा लिखत पारीत भई जग्गा मेरो नाममा दर्ता भई बाली लगाई भोगी आएको छु । २०३३ सालमा मोही बलरख मियाँ धोबी परलोक हुनुभएकोले मोही लगत कट्टा गरी दिनुको लागि आदेश गरिपाउँ भन्ने समेत उजूरी निवेदन मेरो बाबुले मोही छाडेको छैन । मेरो बाबु विगत २०३३ सालमा देहावसान भएको तहाँदेखि बाबुको हक खाने उत्तराधिकारी छोरा मैले कानुन बमोजिम जग्गा मैले कमाई आएका छौं भनी हामी निवेदक ३ भाइ मध्ये जेठा छोरा मनसहिद मियाँ धोवीले प्रतिउत्तरपत्र पेश गरेकोमा मोहीले जग्गा जोत्‍न सक्दिन भनी ०२९।१।७ मा सनाखत गरी मोहीले जोत्‍न छाडेकोले मोही लगत कट्टा गरिपाउँ भन्ने उजूरीसाथ जग्गा धनीले जग्गा जोतेको छन् भनी हालको प्र.पं.बाट सिफारिश भई आएको हुँदा उक्त छोडपत्र गर्ने मोही मर्दैमा उक्त मोहीको छोरा मनसहिद मियाँले गरेको मोही नामसारीको निवेदनबाट मोही नामसारी गर्न नमिली मोहीको लगत कट्टा हुने ठहर्छ भनी २०४१।६।३ मा जिल्ला भू.सु.का.पर्साका भू.सु.अ.श्री महन्त झाले निर्णय गर्नुभयो । ३. भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा १ ले परलोक हुने बाबुको मोहियानी हक हामी छोराहरूको हुने स्पष्ट छ । हामीहरूको बाबुले जग्गा मोहियानी हक छोडपत्र राजीनामा गरेको छाडेको छैन । छाड्नु पर्ने अवस्था पनि छैन । भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश (क) मा दर्ता किताबमा सच्चाएको सूचना मोहीले प्राप्त गरेपछि मात्र जग्गा छाडेको मानिने व्यवस्था अनुसार हामीहर