निर्णय नं. २६२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०८ २३५० निर्णय नं. २६२५ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नम्बर १४१६ आदेश भएको मिति : २०४३।२।८।५ मा निवेदक : सर्लाही, मलगंवा गा.पं.वडा नं.७ बस्ने जयकरण राय यादव विरुद्ध प्रत्यर्थी : सर्लाही मलगंवा गा.पं.वडा नं.८ बस्ने बद्रीमाया जोशीनीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) प्रतिवाद गर्ने मौका नै नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनी त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री मोहनमणि दाहाल र विद्वान अधिवक्ता श्री कमलनारायण दास आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सर्लाहीको मिति २०४१।७।२९ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. मेरो नम्बरी दर्ताको सर्लाही जिल्ला विष्णुपुर गा.पं.वडा नं.६ कि.नं. ६ कि.नं.२४ को ज.वि.०–१४–१५।। जग्गाको विपक्षीहरूको लोग्ने बाबु राम चलितर राय यादव मोही हुनु हुन्थ्यो । निज परलोक भए पश्चात विपक्षीहरूले नै मोही भई कमाई आएका छन् । २०४० सालको कूत बाली नबुझाएकोले कूत दिलाई भराई मोहिबाट निष्कासन गरिपाउँ भन्ने समेत बद्रीमाया जोशीले निवेदन २०४०।१२।११ मा दर्ता गराए छन् । प्रत्यर्थी भू.सु.का.ले मलाई प्रतिरक्षा गर्ने अवसर प्रदान नगरी मोही निष्कासन हुने ठहर्छ । कूत नबुझाउने गरी भू.सु.का.सर्लाहीबाट २०४१।७।२९।४ मा निर्णय भएको रहेछ । ३. मैले कुनै म्याद बुझेको छैन मेरो नाममा म्यादै जारी नभएको हुँदा मैले प्रतिरक्षा गर्ने अवसर प्राप्त नगरेको हुँदा प्राकृतिक न्याय सिद्धान्तको ठाडो उल्लघंन भएको छ । २०३८।२०३९ सालको बाली दोहोरो मारमा परेर भए पनि २०४०।११।१ मा सर्लाही जिल्ला अदालतमा धरौट दाखिल गरेको छु । अतः प्रत्यर्थीले उक्त आधार बुँदाबाट भएको निर्णय मिथ्यापूर्ण भई प्रमाण ऐनको दफा ३।५४ एवं अं.ब.१८४(क) १८५ र १८९ समेतको उल्लंघन भएको छ । उक्त जग्गाको म मोही हुँ भन्ने कुरा निर्विवाद छ । २०४० सालको बाली बुझाई सकेको छु । म निवेदकलाई प्रतिरक्षा गर्ने अवसरबाट बञ्चित गरिएको निर्णय न्यायिक मनको अभावग्रस्त भई भू.सं.ऐनको दफा २९(१) को अवहेलना भएको छ । साथै भू.सं.ऐन, २०२१ को दफा २६(१) को समेत प्रत्यक्ष उल्लघंन भएको छ । उत्प्रेषणको वा अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थी भू.सु.का.को उक्त निर्णय कारवाही बदर गरिपाउँ भन्ने समेत निवेदनपत्र । ४. विपक्षीसंग लिखितजवाफ लिई आएपछि पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको मिति २०४२।४।२७ को आदेश । ५. निवेदकको नाममा मोही हक दर्ता भएको सबूद दिन सक्नु भएको छैन । रिट निवेदन गर्ने हकदैया छैन । रिट निवेदन अनुपी देवीको एकासगोलको छोरा भएको कुरामा विवाद छैन । अनुपी देवीले म्याद बुझी प्रतिवाद नगरी बसेको हुनाले निवेदकलाई विदित भएन भन्ने झुठ्ठा हो । अनुचित विलम्बबाट खारेज हुनु पर्दछ भन्ने समेत बद्री माया जोशीको लिखितजवाफ । ६. निवेदकको स्व.बाबु मोही पश्चात मोहिकी श्रीमती अनुपी देवीले आफ्नै हातबाट म्याद बुझी प्रतिवाद नगरी वादी दावी स्वीकार गरेको र कूत बुझाई नआएको देखिएकोले मोही निष्कासन गर्ने गरेको निर