निर्णय नं. ३६६३ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६६३ - डाँका भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/१२/०१ २१५४ निर्णय नं. ३६६३ ने.का.प. २०४५ अङ्क १२ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पूर्ण इजलास नम्बर ३३।२७ सम्वत् २०४४ सालको फौ.पू.ई.नम्बर २३ फैसला भएको मिति : २०४५।१२।१।३ मा निवेदक/प्रतिवादी : जि.पर्सा रामगढवा सिर्सिया गा.पं.वडा नं.६ बस्ने राजेश्वर दुवे बाहुनसमेत विरुद्ध विपक्षी/वादी : गेना राउत कुर्मीको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) सबूद प्रमाण अनुसार इन्साफ हुँदा चारजना भन्दा कम प्रतिवादीहरुले डाँका अपराध गरेको ठहर हुन सक्छ तर चार जना भन्दा बढी प्रतिवादीरुले डाँका गरेको ठहर हुन नै पर्छ अन्यथा डाँका वारदात कायम हुन नसक्ने भन्ने कानूनसंगत नहुने । (प्रकरण नं. ३३) (२) साक्षीहरुको बकपत्रहरु एकरुपता नभएको त्यस्तो बकपत्रलाई आधार मान्न नमिल्ने । (प्रकरण नं. ३३) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री सुरेन्द्रप्रसाद उपाध्याय विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा वृहत बेञ्चबाट मुद्दा दोहराई पाउँ भनी प्रतिवादी राजेश्वर दुवे बाहुन र जग्गु राउत अहिरले चढाएको विन्तिपत्रमा पूर्ण इजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने र हमीद मियाँले चढाएको विन्तिपत्रमा कुनै प्रतिवादीतर्फको विन्तिपत्रमा मुद्दा दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने प्रमांगी बक्स भई त्यस अदालतको पूर्ण इजलास समक्ष विचाराधीन रहेछ भने विन्तिपत्रवालाको हकमा पनि एकैसाथ राखी मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची कानून बमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।४।२९, २०४३।९।९ र मिति २०४४।२।११ मा तोक लागी आए अनुसार यस इजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ : २. २०३० साल भाद्र १८ गतेको रात करीव १ बजे २०–२२ जना डाँकाहरुले डाँका वारदात गरी बाबु इन्द्रजीतलाई कुटपिट गरी सख्त घाइते पारी दिएको मेरै गाउँको रामचन्द्रले खबर गरेकोले म तुरुन्त आई बाबुसंग कुराकानी हुँदा उक्त डाँकुहरु मध्ये मेरै गाउँ वडा नं. ८ बस्ने जुमराती देवान १, ऐ. वडा नं. ७ बस्ने शिवचन राउत १, ऐ. वडा नं. १ बस्ने राजेश्वर दुवे बाहुन १, ऐ. बस्ने जग्गु राउत १ समेतका डाँकाहरुले बिगो रु. १३,७६२।७५ को धनमाल लगेकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्तपत्र । ३. उजूरी बमोजिम म समेत भई डाँका वारदात गर्न गएको होइन, छैन भन्ने समेत प्रतिवादी जुमरातीको बयान कागज । ४. मिति २०३०।५।१८ गतेको मेरो घरमा दर्खास्त बमोजिम जुमराती देवान १, शिवचन राउत १, जग्गु राउत १, राजेश्वर दुवे १ समेतलाई र पर्सा अलौ बस्ने हमीद मियाँ १, राम गढवा बस्ने सीताराम राउत अहिर १, ईसरायल देवान १, रामलखन उपाध्याय १, झमन राउत १, जुगल किशोर १ समेत जना १० लाई उक्त डाँका वारदातमा चिन्हेको हुँ भन्ने समेत व्यहोराको इन्द्रजीत राउतको कागज । ५. उजूरवालाको बाबु इन्द्रजीतको बयान