निर्णय नं. ३६६४ - नाता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६६४ - नाता कायम भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/२६ २४५० निर्णय नं. ३६६४ ने.का.प. २०४५ अङ्क १२ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.ई.नम्बर २५ फैसला भएको मिति : २०४५।११।२६।५ मा निवेदक/प्रतिवादी : का.प.जि.कानपुर गा.पं. वडा नं.९ कमेरे बस्ने लालबहादुर तामाङसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. कानपुर गा.पं. वडा नं.९ कमेरे बस्ने भनी लेखिएको मानजीत तामाङ मुद्दा : नाता कायम (१) लुटपिट मुद्दा परी विपक्षी बनी सकेका व्यक्तिहरुले बकेको बकपत्र विश्वासप्रद नदेखिने । (प्रकरण नं. १६) (२) नाता कायम मुद्दामा क्षेत्रीय अदालतको फैसलाको आधारमा मगाइएको तायदातीलाई हाल यस अदालतको विचाराधीन रहेको सोही नाता कायम मुद्दामा प्रमाणको रुपमा लिई सो तायदाती आदेशको कारणबाट नाता कायम हुने भन्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : यस अदालत संयुक्त इजलासबाट मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. धनजीत भन्ने सुनराजको जेठीपट्टी छोरा नभई माइली विपक्षीको आमा तर्फ विपक्षीहरु र मेरो आमातर्फ म जन्मेपछि म मावली गई बसें बाबु २००४ सालमा परलोक भएपछि विपक्षीहरु र म आमा समेत भई कृया गरिसकी फक्र्यौं पछि पिपा गोश्वारामा पिपामा भर्ना हुँदा बाबुको गाउँमा बोलाउने नाम धनवीर, बाजेको सुनजीत हुँदा सोही नाम लेखें मेरो निवृत्तिभरणमा सोही कुरा लेखिएको छ । म गाउँमै आई बसेपछि विपक्षीहरुलाई अंश देउ भन्दा पछि चारै भाइ बण्डा गरुला हाल खाई जीविकाको लागि बिजन माना १–१३ को बारी दिनु भएको थियो । पछि रीतपूर्वकको अंश भाग प्रधानपञ्च समेत भई बण्डापत्र भयो । सो बण्डापत्रको कागजलाई विपक्षी दुधराज समेतले करकापसंग कागज गरायो भन्ने मुद्दा गरी करकाप गराएकै ठहरी अन्तिम फैसला भयो । सो फैसलामा अंश पाउने नपाउने निर्णय गर्न नमिल्ने र निर्णय मागतर्फ भएको पनि छैन अंश तर्फ छुट्टै फिराद गरेको हुँदा नाता कायमतर्फ फिराद गर्न आएको छु । गाउँ सरजमीन र मलाई दुधराजकै साली विवाह गरी दिएकोले बहिनी दिने का.प.जि. धमेरे बस्ने हर्षबहादुर तामाङ समेत बुझी विपक्षीहरुको सौतेनी आमापट्टिको धनजीत भन्ने सुनराजको छोरा विपक्षीहरुको दाजु भाइ नाता कायम गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रबहादुर भन्ने मानजीत तामाङको फिरादपत्र । ३. विपक्षी वादी हामीहरुको दाजु भाइ नाता पर्ने होइन । निज पलाञ्चोक गा.पं. वडा नं. ६ कटुन्जे बस्ने सुनजीतको नाती धनजीतको छोरा मानजीत भन्ने व्यक्ति हुन हामीहरु कानपुर गा.पं. वडा नं. ९ कमेरे बस्ने मानवीर तामाङको नाती सुनराजको छोराहरु हो । व्यसरोकारवाला व्यक्तिले नाता कायम गरिपाउँ भनी दिएको फिराद अ.बं. ८२ नं. ले इन्साफ गर्न मिल्दैन खारेज हुनु पर्छ । विपक्षीसंगको अंश सम्बन्धी कागज गराउँदा हाम्रो करकापमा उजूर परी विपक्षी वादी हाम्रो बाबुको नठहरी धनजीतकै छोरा लिखत करकापसंग गरेको ठहराई वागमती अञ्चल अदालत समेतबाट अन्तिम फैसला भएको छ । विपक्षी मानजीत पिपा गोश्वारामा भर्ना भई अवकाश हुँदा काभ्रेपलाञ्चोक मालबाट मानजीतकै पेन्सन लिनु भएको छ । त्यसमा आफ्नो वतन पलाञ्चोक गाउँ र बाजेको नाम सुनजीत बाबुक