निर्णय नं. २६२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०६ २६२८ निर्णय नं. २६२६ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४१ सालको रिट नं. १८९७ आदेश भएको मिति : २०४३।२।६।३ मा निवेदक : पर्सा बसन्तपुर गा.पं.वडा नं.८ डमरापुर बस्ने नथुनी गौरा थारु विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, पर्साका श्री भूमिसुधार अधिकारीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भोगबन्धकीमा भोगेको जग्गामा मोहियानी हक कानुन बमोजिम कायम रहन नसक्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दाश प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री भूमिसुधार अधिकारीको मिति २०४१।१०।१७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जिल्ला पर्सा बसन्तपुर जिमिदारी मौजाको पटुवारी विश्वनाथ लालको भएको १–५–० कठ्ठा जग्गा ऐन लागू हुनुभन्दा बीसौं वर्ष पहिले देखि मोहीमा जोत्न दिनु भएको सो जग्गा पञ्चायत विभाजन भएपछि जिल्ला पर्सा वन कटवा गा.पं.वडा नं.९ (हाल बसन्तपुर गा.पं.) को कि.नं.७२ को ०–६–१० धुर र ऐ.कि.नं.१०८ को ०–१८–१० धुर कायम हुन आएको १ नं.मोही लगत भरी २ नं.अनुसूची प्रकाशित हुँदा जग्गा धनीको उजूर नपरेपछि मोहियानी हकको प्रमाणपत्र पाएँ । सो जग्गा मध्ये कि.नं.७२ को जग्गा प्रतिरक्षीले राजीनामा गराएदेखि कूत बुझाउँदै आएको २०४० सालको बालीमा मोही हक छाडी दिनु भन्नु भई कूतको भर्पाई दिन नमान्नु भएकोले मिति २०४०।११।२१ मा धरौट राखें । मोही लगत कट्टा गरिपाउँ भनी भोगबन्धकी तथा मोही छोडपत्र गरेको दुई अवस्था दर्शाई निवेदन दिनु भयो । मैले प्रतिरक्षीले दर्शाएको कुनै अवस्था विद्यमान नभएको हुनाले झुठ्ठा व्यहोराको दावीबाट मोही निष्कासन हुन पर्ने होइन भनी प्रतिवाद गरे । श्री अधिकारीज्यूले मिति २०४१।१०।१७ का दिन मोही लगत कट्टा हुने ठहराई निर्णय दिनु भयो । ३. भोग बन्धक भएको निश्चित प्रमाण देखाउन नसकेसम्म भूमिसम्बन्धी ऐनको दफा २५(३) को प्रयोग गर्न मिल्दैन । उल्लिखित प्रमाणित अवस्था नदेख्दा नदेख्तै पनि भोगबन्धकीमा लिएको अवस्थामा कायम गराएको मोही भनी लगत कट्टा गर्ने भनी भएको निर्णय ऐनको दफा २५(३) तथा रजिष्ट्रेशनको १ नं. को उल्लंघनयुक्त छ । मैले तत्कालीन वन कटवा गा.पं.मा मोही जोत्न नसक्ने भई छाडेकाले सो गा.पं.ले २०२४।१।२८ को निर्णय बमोजिम मिति २०२४।२।२० मा पत्र द्वारा सूचना गरेको भनी निवेदन चढाएको देखिन्छ । सो कुरा हो वा होइन बुझ्दै नबुझी प्रमाणहरू मलाई अ.बं.७८ नं. अन्तर्गत अवलोकन नगराई निर्णय गरेको अ.बं.७८, १८४(क), १८५, १८९ प्रमाण ऐनको दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशको प्रत्यक्षतः त्रुटि छ । दावी ऐनको दफा २५(३) अन्तर्गतमा नभई दफा २६(१) अन्तर्गत रहेकोमा दावी नै नलिएको ऐनको दफा २५(३) अन्तर्गत ठहर गरेको दावी भन्दा बढी कुरामा ठहर भएको बदरभागी छ । फिल्डबुकमा व्यहोरा कसरी थप भयो मलाई जानकारी छैन । भोगबन्धकीको लिखत प्रमाण छैन । अतः उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जीद्वारा अधिकारीको निर्णयलाई बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने