निर्णय नं. ६७४२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७४२ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०९/२८ ३३३५ निर्णय नं. ६७४२ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५३ सालको फौ.पु.नं. .. १४७८ सम्वत २०५३ सालको फौ.सा.नं. .. १३१ फैसला मितिः २०५५।९।२८।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादी : वेद बहादुर खड्काको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः सोलुखुम्बु जिल्ला गोली गा.वि.स. वडा नं. ७ बस्ने लाक्पा शेर्पा समेत । वादीः वेदबहादुर खडकाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः सोलुखुम्बु जिल्ला गोली गा.वि.स. वडा नं. ६ घर भै हाल कारागार शाखा सोलुखुम्बुमा कैदमा रहेको वांगेल शेर्पा । § अ.वं. २०५ नं.को उपर्युक्त व्यवस्था अनुरुप शुरु जिल्ला अदालतवाट प्रतिवादीहरु मध्ये कसुरदार ठहरी सजाय पाएको मध्ये कसैको पुनरावेदन पर्यो र अरु वांकीको पुनरावेदन परेन भने त्यस्तोमा पुनरावेदन गर्ने प्रतिवादीलाई शुरुले कसुरदार ठहर्‍याएको इन्साफ उल्टी भै फैसला हुने अवस्थामा पुनरावेदन नगर्ने प्रतिवादी समेतको हकमा पुनरावेदन गर्ने प्रतिवादी सरह नै इन्साफ उल्टी गर्नु पर्छ । त्यस्तोमा पुनरावेदन गरेको छैन भनी शुरु अदालतले कसुरदार ठहर्‍याएको निर्णय सदर गर्न हुदैन । पुनरावेदन दिने प्रतिवादीको शुरु इन्साफ उल्टी गरे सरह नै निजको हकमा समेत उल्टी गर्नुपर्छ । तर प्रस्तुत मुद्दामा उक्त अवस्था विद्यमान छैन । किनकी शुरु सोलुखुम्बु जिल्ला अदालतले प्र. वाङ्देल र प्र. दावा सोनाम शेर्पा समेत दुवै प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम कसुरदार ठहर्‍याई सजाय गरेकोमा वाङ्देल शेर्पाको मात्र पुनरावेदन परेको र दावा सोनामको पुनरावेदन नपरेकोले अ.वं. २०५ नं. को अवस्था विद्यमान भयो की भन्ने भ्रम पर्न जाने सम्भावना रहेता पनि सोही अ.वं. २०५ नं. वमोजिम पुनरावेदन गर्ने वाङ्देलको सजाय उल्टीने अवस्था भएमा मात्र दावा सोनामको हकमा पनि शुरु इन्साफ उल्टी गरी दिनु पर्ने हो तर प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने प्र. वाङ्देलको हकमा शुरु इन्साफ सदर भएको अवस्थामा पुनरावेदन नगर्ने प्र.दावा सोनामको हकमा शुरु जिल्ला अदालतले कसुरदार ठहर्‍याएको इन्साफ उल्टी हुने अवस्था नै उक्त कानूनी प्रावधानले प्रदान गरेको देखिदैन । तसर्थ अ.वं. २०५ नं. विपरित पुनरावेदन नै नगर्ने प्र. दावा सोनाम शेर्पाको हकमा शुरु सोलुखुम्बु जिल्ला अदालतले निजलाई कसुरदार ठहर्‍याएको इन्साफ उल्टी गरी आरोपित कसुरवाट सफाइ दिएको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको निर्णय सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिंदा सो हदसम्म उक्त फैसला उल्टी हुने । (प्र.नं. ३१) पुनरावेदक वादीको तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्दबहादुर सुवेदी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री देवेन्द्रराज शर्मा अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत राजविराजको मिति २०५२।३।२५।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) अन्तरगत वादी पक्षको पुनरावेदन परेको र ऐ.ऐनको दफा १० बमोजिम साधक समेत जाहेर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. डिल्ली बहादुरको श्रीमती तुम्की भन्ने तुलामायांलाई २०४२ साल फाल्गुन महिनामा वाङ्गेल शेर्पाले गर्भ वोकाई डिल्ली बहादुरलाई जिम्मा लगाउन खोज्दा ज