निर्णय नं. ८९४१ - उत्प्रेषण परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९४१ - उत्प्रेषण परमादेश समेत भाग: ५५ साल: २०७० महिना: बैशाख अंक: १ फैसला मिति :२०६९/०८/२५ ४६९१ ने.का.प. २०७०, अङ्क १ निर्णय नं.८९४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की २०६६–WO–१०५८ आदेश मितिः २०६९।८।२५।२ विषयः उत्प्रेषण परमादेश समेत । निवेदकः घरेलु तथा साना उद्योगको कार्यालय मोरङ्ग, विराटनगर अन्तर्गत दर्ता रहेको पशुपति ढुवानी सेवा नामक फर्मको तर्फबाट ऐ. का प्रोप्राइटर सञ्चालक जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. २२ बस्ने गजेन्द्रकुमार ठाकुर विरुद्ध विपक्षीः नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग समेत § भन्सार एजेन्टको मृत्युपश्चात् निजको भन्सार एजेन्टसम्बन्धी अधिकार र स्वामित्व पनि स्वतः समाप्त भई हस्तान्तरण हुन नसक्ने । (प्रकरण नं.६) § भन्सार एजेन्टसम्बन्धी इजाजत पत्र निश्चित् व्यक्तिगत योग्यता र क्षमताको आधारमा प्राकृतिक व्यक्तिले मात्र प्राप्त गर्न सक्ने इजाजत पत्र हो भन्ने देखिएकाले भन्सार ऐन र भन्सार नियमावली, २०६४ बमोजिम भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् त्यस्तो इजाजत पत्र मृतक व्यक्तिको हकवालाको नाममा नामसारी हुन नसक्ने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § भन्सार नियमावली, २०६४ को नियम ३७, ३७(२) र (४), ५१(१) आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत निवेदन सम्बन्धी संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– सर्वप्रथम, म निवेदकको श्रीमती निर्मलादेवी ठाकुर प्रोप्राइटर भई पशुपति ढुवानी सेवा नामक फर्म मिति २०५२।३।१६ गतेमा घरेलु तथा साना उद्योग कार्यालय, मोरङ विराटनगरको द.नं. ३१४० बाट दर्ता गराई आन्तरिक राजस्व कार्यालय, मोरङबाट स्थायी लेखा नं. ३००९५४८८१ प्राप्त गरी उद्देश्यबमोजिमको कारोवार गर्दै आएको अवस्थामा तत्कालीन भन्सार ऐन, २०१९ को दफा ४ मा भएको कानूनी प्रावधान मुताविक भन्सार एजेन्टको रूपमा काम गर्न म निवेदकको श्रीमती प्रोपराईटर भएको पशुपति ढुवानी सेवालाई भन्सार एजेन्टको नामबाट भन्सार विभागको इजाजत पत्र संख्या ४१८ कायम भई मिति २०५७।५।१६ गतेमा स्वीकृति प्राप्त गरी कारोवार गर्ने व्यक्तिको रूपमा श्रीमती निर्मलादेवी ठाकुर भएपनि म निवेदक तथा मेरो श्रीमती समेतको संयुक्त प्रयासले कारोवार सञ्चालन गरी हुन आउने आय आम्दानीबाट आफ्नो पारिवारिक आर्थिक दायित्व पूरा गर्दै आउनुका साथै नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व समेत नियमित तिर्दै बुझाउँदै आई फर्मको बार्षिक नवीकरण समेत गर्दै आएको थिएँ । यसै क्रममा भन्सार विभागबाट मिति २०५७।५।१६ मा इजाजत प्राप्त भन्सार एजेन्ट भएको पशुपति ढुवानी सेवाको प्रोप्राइटर तथा म निवेदकको श्रीमती निर्मलादेवी ठाकुरको मिति २०६५।९।४ गते आकस्मिक मृत्यु भएको कारण कानूनबमोजिम निजको सबै भन्दा नजिकको हकदार म निवेदक पति नै रहेकोमा मृतक पत्नीको नामबाट विभिन्न निकाय वा कार्यालयमा रहेको सम्पत्ति एवं दायित्व नामसारी गराउने क्रममा भन्सार एजेन्टको रूपमा इजाजत प्राप्त पशुपति ढुवानी सेवा नामक फर्म समेत घरेलु तथा साना उद्योग कार्यालय, मोरङ्गको मिति २०६५।९।२३ गतेको निर्णयानुसार हकवाला म निवेदक गजेन्द्रकुमार ठाकुरको नाममा नामसारी भई आएको आधारमा आन्तरिक राजस्व कार्यालय, विराटनगरबाट स्थाई लेखा नं. ३०३३२२४९८ समेत प्राप्त गरिसकेको अवस्थामा भन्सार एजेन्ट