निर्णय नं. ६७४३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७४३ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०८/०३ ३६२८ निर्णय नं. ६७४३ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संम्वत २०५४ सालको दे.पु.नं.. .... ३११८ फैसला मिति : २०५५।८।३।५ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादी : चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १२ वस्ने पहलमान अधिकारीको मुद्दा सकार गर्ने लोकचन्द्र अधिकारी विरुद्ध विपक्षी वादी : चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १२ वस्ने राजन कुमार श्रेष्ठ § विवादित २०४१।१।२२ को लिखत हेर्दा लिखितम तपाई साहुको सांवा व्याज बुझाउन नसके साहु ऋण कानून वमोजिम मेरा घरका गैह्र जेथाबाट तपाई साहुको सांवा व्याज उपर गरी लिनु भन्ने समेत व्यहोरा पारी लिखत भएको देखिन्छ । लिखतको स्वरुप समेतबाट व्यापारीक कारोवारको लिखत नभई लेनदेन कारोवारको लिखत देखिंदा लेनदेनको ४० नं. लाग्न सक्ने अवस्थाको नभई लेनदेन व्यवहारको २ नं. वमोजिमको देखिंदा हदम्याद नाघेको भन्न मिलेन। लेनदेन व्यवहारको २ नं वमोजिम हदम्याद कायम गरी सांवा व्याज समेत भराई पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौंडँ को फैसला मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा प्रत्यर्थी तर्फबाटः अवलम्वित नजिर : फैसला न्या.इन्द्रराज पाण्डेः न्याय प्रशासन ऐन, २०४८ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् एवं ठहर यस प्रकार छ । २. विपक्षीले म फिरादीबाट २०४१।१।९ सम्म पटक पटक गरी रु.३६९७५। अक्षरेपी छत्तीस हजार नौ सय पचहत्तर कर्जा लिनु भएको र सो कर्जा रुपैयाको सांवा र व्याज समेत एकमुष्ट गरी मिति ०४१ साल भित्र वुझाउन भाखा राख्नु भएको र सो भाखा भित्र नवुझाए मेरो गैर जेथाबाट असुल उपर गरी लिनु भएमा मेरो मन्जूरी छ भनि विपक्षीले लिएको सो कर्जा रुपैयाको मिति २०४१ साल वैशाख २२ गते भाखा पत्रको कागज गरी म फिरादीलाई दिनु भएकोमा हाल सम्म नबुझाई आलटाल गर्दै हदम्याद कटाई दिई मेरो सो कर्जा रुपैया मलाई नदिई बदनियत गरी खाने नियत गर्नु भएकोले अन्यायमा परी यो फिराद गर्न आएको छु । आजसम्मको व्याज रु.३३५६५।०६ समेत जम्मा सांवा व्याज रु.७०५४०।०६ भरी भराउने मितिसम्मको सांवाको कानून अनुसार लाग्ने व्याज समेत विपक्षीबाट म फिरादीलाई मुलुकी ऐन लेनदेन व्यवहारको ४ नं. अनुसार दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. मिति २०३९ सालदेखि शुशील शम्शेर ज.व.रा.ले चितवनको माडी ठोरी, रामनगर ठिमुरा र अन्य ठाउंको काठको ठेक्का लिनु भएको थियो र उक्त काठ ठेक्काको कारोवारमा मैले शुशील शम्शेरको प्रतिनिधिको रुपमा काम गर्दै आएकोमा विपक्षी वादी पनि मेरो एकै गाउंको घर छिमेकीको भएको हुंदा म संग सम्र्पक भई जर्ना दाउरा काठ मसंग लिने र काठमाण्डौंमा लगी विक्रि गर्ने काममा लाग्नु भयो । यसरी विपक्षी र म एकै ठाउंको छिमेकी भएको नाताले कहिले मसंग वांकीमा जर्नाका काठ लग्ने र काठमाण्डौंमा लगि विक्रि गरेपछि आई पैसा बुझाउने र कहिले मलाई पहिले नै रकमको आवश्यकता परेमा निज विपक्षीबाट केहि रकम पहिले नै लिने र पछि जर्नाको काठ दिने गरी व्यवहार संचालन गरेका थियौं । यसरी विपक्षीको र मेरो वीच १, १.१/२ महिना व्यवहार गर्दै आएपछि रामनगर जंगलमा हामीले ठेक्काको काठ झिक्न थाले पछि काठ दाउरा भएको ठाउंबाट मुल वाटो निस्कनको लागि बाटो बनाउंदा डोजर लगाउन परेकोले वाटो बनी सकेपछि सो रकम वरावरको दाउरा जर्