निर्णय नं. २६२८ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६२८ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/१२ २४०२ निर्णय नं. २६२८ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २२६६ आदेश भएको मिति : २०४३।२।१२।२ मा निवेदक : जिल्ला वारा छाता पिपरा गा.पं.वडा नं.३ बस्ने हरिहर सा विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, वारा, कलैया बजारसमेत विषय : उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) दावी नै नभएको कुरामा गाउँ पञ्चायत कार्यालयले गरेको निर्णय कानुनको त्रुटिपूर्ण हुनुको साथै भूमिसुधार कार्यालयले भू.सु.अधिकारीको अधिकार क्षेत्रभित्र पर्ने उजूरीलाई गाउँ पञ्चायत कार्यालयमा पठाएको काम कारवाही समेत कानुनको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान व.अधिवक्ता श्री मोतीकाजी स्थापित आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. विपक्षी अमलाप्रसादको पिता मथुराप्रसाद कलवारको दर्ताको जिल्ला वारा छाता पिपरा गा.पं.वडा नं.३ अन्तर्गतको सर्भे कि.नं. ९० को ज.वि.०–०–७ र ऐ.कि.नं. ९५ को ज.वि.०–३–७ समेत जग्गा ज.वि.०–३–१० जग्गा साविक देखि बटैयामा जोती अधिया कूत मथुरा पछि विपक्षी अमलाप्रसादलाई बुझाई आएको र विपक्षीका पिता मथुरा प्रसादले २०२५ र २०२६ सालको बाली दिलाई पाउँ भनी छुट्टाछुट्टै उजूरी भू्.प्र.का.वारामा चढाउनु भई २०२६।९।१०।३ को मिति २०२७।१२।२७।६ को सोही कार्यालयको निर्णय बमोजिम म निर्विवाद मोही कायम भएको छु । विपक्षी उक्त अमलप्रसादले मोहियानी लगत कट्टा गरिपाउँ भनी मिति २०४०।२।१६।२ मा विपक्षी नं. १ समक्ष निवेदन चढाउनु भएकोमा साविक देखिको म मोही र नापीबाट र फैसलाबाट समेत कानुन बमोजिमको मोही हुँ भन्ने मेरो प्रतिवाद भएकोमा “मोही हरिहर सा को मोही उक्त घरबारीबाट झिकी मोही लगत कट्टा गरी दिने” भन्ने मिति २०४१।५।१५।६ मा विपक्षी नं. २ बाट निर्णय गरियो । सो निर्णय उपर गा.पं.ऐन, २०१८ को दफा ६९ बमोजिम विपक्षी नं. ३ समक्ष पुनरावेदन गरेकोमा “भूमिसुधार कार्यालयबाट मोही झिकी सकेको तपाईले पेश गरेको प्रमाणबाट देखिन आएकोले यस सचिवालयबाट केही पनि गर्नु नपर्ने भनी आजको मितिमा फायल गर्ने र तारिख टुटाई दिने भएको आदेश पुर्जी पाए भनी सही गर्ने जिल्ला वारा गा.पं.छाता पिपरा वडा नं.३ बस्ने हरिहर सा तेली” भनी लेखी सो व्यहोरामा मलाई सहिछाप गराई निर्णय गरेको भनी विपक्षी नं. (३) बाट मिति २०४१।१२।२९।५ मा निर्णय भएको छ र मेरो तारिख समेत टुटाइएको छ । ३. भू.सु.ऐनको दफा २९ अन्तर्गतको दावी म उपर होइन विपक्षी नं.(४) को उजूरी विपक्षी नं.(२) सामू दर्ता नभई विपक्षी नं.१ सामु २०४०।२।१६।२ मा दर्ता भएकोमा उक्त उजूरी विपक्षी नं. १ ले विपक्षी नं.२ मा हस्तान्तरण गरी कारवाही गर्न गराउन सोको पत्राचार गर्न र त्यस्तो अन्य कार्यालयबाट सरुवा भई आएको निवेदन फाइल उपर क्षेत्राधिकार ग्रहण गरी कार्यबाही किनारा गर्न पाउने अधिकार विपक्षी नं. (२) लाई कानुनले प्रदान नगरेकोले अनाधिकार कार्यबाही चलेको छ । विपक्षी जग्गावालाको बसोवासको लागि घरबारी गर्न म मोहीले कमाएको जग्गा झ