निर्णय नं. ३६६६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६६६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/२६ २०५९ निर्णय नं. ३६६६ ने.का.प. २०४५ अङ्क १२ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रि.पू.ई.नं. ७९ आदेश भएको मिति : २०४५।११।२६।५ मा रिट निवेदक : जि.सिरहा थल्हाकटवा गा.पं. वडा नं. ४ बस्ने सीताराम यादव विरुद्ध विपक्षी : जि.सिराहा थाल्हकटवा गा.पं. वडा नं. ४ बस्ने दुखी यादवसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जो मोही हुन्छ उसैसंगबाट नै कूतबाली भराउने हो, साविक मोही जीवित रहेको भए निजलाई मरेको भनी निजको जेठो छोरासंग कूतवाली भराई पाउँ भनी नालिश दिनु पर्ने औचित्य नरहने । (प्रकरण नं. १३) (२) मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोरा उपर बाली मुद्दा दिई बाली भरी पाउने ठहरी फैसला भएको अवस्थामा पछिका मितिमा मोही मरेको भनी जग्गाधनीले अर्को छोरालाई मोही रोज्न नपाउने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलासमा पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ बमोजिम यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन को संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. बुबा परमेश्वरका ३ छोरामा म निवेदक सीताराम यादव, दुःखी यादव र सुखीलाल यादव समेत हौं । मेरो बुबाले परमेश्वर यादव र रामेश्वर यादवको नाउँमा संयुक्त दर्ता रहेको जि.शि.राजपुर गा.पं.वा.नं. ६(क) को कि.नं. २५७ को ज.वि. ०–७।५ तथा ऐ. ऐ. कि.नं., २५९ को १–१–० र ऐ. गा.पं. चिकना वा.नं. ५ बस्ने परमेश्वर यादवको नाममा दर्ता रहेको थल्लाकटवा गा.पं.वा.नं. ३ कि.नं. १२१ को ०–५–१½ र ऐ. सिराहा गा.पं. वा.नं. ५ बस्ने गोविन्दमान श्रेष्ठको नाममा दर्ता रहेको गा.पं. थल्हाकटवा वा.नं. २ को कि.नं. १८९ का ०–१४–५ जम्मा ४ कित्ता जग्गा भूमिसुधार लागू हुनु भन्दा अघिदेखि जोत आवाद गरी उक्त चारै कित्ताको मोहियानीमा जोत आवाद गरी सालसालै जग्गाधनीलाई बाली बाँडफाँड गरी दिनु भएका र म सँधै बुबालाई सहयोग गरी आएको थिएँ । मेरो बुबा ०३३ सालमा स्वर्गवास हुनु भयो । जग्गाधनी परमेश्वरको पनि स्वर्गवास भयो र मेरी आमा पनि स्वर्गवास हुनु भयो । बुबाको स्वर्गवास भएपछि उक्त सम्पूर्ण जग्गाधनीहरुले आदेशानुसार मैले नै जोत आवाद गरी आएको छु । विपक्षी मध्ये रामेश्वर र स्व.परमेश्वरकी जेठी श्रीमती मुकुन्तीले मलाई मोही मानी म उपर उक्त जग्गाहरुमा २०३४ सालको बाली दिलाई पाउँ भनी सिराहा जि.अ.मा कूतबाली मुद्दा दिई निजहरुले म निवेदकबाट तिर्न बुझाउन बाँकी रहेको धान बाली जग्गाधनीलाई बुझाउन पर्ने ठहरी ०३५।१२।२८ गते उक्त अदालतबाट फैसला समेत भएको छ । रामेश्वर र निजकी श्रीमती समेतको मृत्यु भएकोले निज परमेश्वरकी जेठी पत्नी मुकुन्ती तथा कान्छी पत्नी लक्ष्मीनियाको नाममा उक्त जग्गा नामसारी भई आएपछि निजहरु दुवै जनाले मलाई मोही मानी म उपर ०३५ सालको बाली मुद्दा सिराहा जिल्ला अदालतमा दिएकोमा यसमा पन