निर्णय नं. ६७४४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७४४ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५६/०२/२० ८८९८ नि.नं. ६७४४ ने.का.प. २०५६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०५३ सालको दे.पु.नं. ..३८३३, ३४६४ फैसला मितिः २०५६।२।२०।५ मुद्दाः लेनदेन । पुनरावेदक वादीः सिन्धुपाल्चोक जिल्ला, दुवाचौर गा.वि.स. वार्ड नं. ८ देउरीनि वस्ने चेतनाथ गिरी विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. वार्ड नं. ६ इसी भुमेस्थान वस्ने गर्भेकामी सुनार पुनरावेदक प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.वि.स. वार्ड नं. ६ वस्ने गर्भे कामी सुनार विरुद्ध प्रत्यर्थी वादीः सिन्धुपाल्चोक जिल्ला दुवाचौर गा.वि.स. वार्ड नं. ८ वस्ने चेतनाथ गिरी § प्रस्तुत विवादको विवादित लिखतमा कि.नं. ३९७ को जग्गा मोल रु.८०,०००। कायम गरी प्रतिवादीको नाममा रहेको उक्त जग्गा वादीले राजिनामा पारित गरी लिने र सो वापत हाल वैना स्वरुप केही रकम दिने, प्रतिवादीबाट २०४९।९।९ भित्र उक्त जग्गा रजिष्ट्रेशन पारित गरी वादीले लिने र नलिएमा बैना वट्टा पच हुने समेतका शर्तहरु उल्लेख भएको र त्यसमा दुवै पक्षले स्वीकृति जनाएको देखिंदा त्यस्तो लिखतलाई करारको प्रकृतिको लिखत मान्नु पर्ने हुन्छ । लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको, भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालेस लाग्न सक्दैन भन्ने उल्लेख भएको स्थितिमा विवादित लिखतलाई तमसुकको संज्ञा दिन सकिएन । करार ऐनले करारको लिखतको ढांचा तोकी दिएको पाइदैन, तर ऐनमा रहेको करारको परिभाषा तथा प्रस्ताव, एवं स्वीकृति जस्ता कुराहरुका आधारमा उक्त लिखत करारको लिखत हो भन्ने कुरा स्थापित हुन्छ।करार ऐन अनुसार करारका दुवै पक्षमा करारीय दायित्व (Contractual Obligation) निहित रहने र कुनै पक्षबाट त्यस्तो दायित्व पूरा नगरिएमा करारको उलंघन भएको मानी ऐ. ऐनको दफा १५(१) बमोजिम करार उलघंन गर्ने पक्षबाट अर्को पक्षले क्षतिपुर्ति भराई लिन पाउंछ र त्यस्तो पक्षले करार ऐन बमोजिमकै कार्यविधि अवलम्वन गर्नु पर्ने । (प्र.नं. १९) पुनरावेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिर : फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ : २. विपक्षी र मेरो सल्लाह अनुसार दुवाचौर गा.वि.स. वडा नं. ८ को कि.नं. ३९७ क्षे.फ. ६.१५.३.१ खेत रु. ८०,०००। मुल्य गरी दिने निश्चित भई ०४८।१०।१३।३ मा वैना रु.३०,०००। दिई फाल्गुन भित्र पास गर्ने गरी बैना कागज गरेकोमा फाल्गुनमा पास गरी दिनु होस् भन्दा नगरेपछि तपाईले दिएको रु.३०,०००। बैना मैले पनि जग्गा किन्न रु.२५,०००। वैना दिएकोमा समयमा दिन नसकी मेरो बैना पच भएको हुंदा तपाईले ७५,०००। लिएर आएमा खेत पाउनु हुन्छ नत्र दिन्न भन्ने पत्र प्राप्त भएपछि म विपक्षीको घरमा गई रु.५०,०००। दिन्छु भन्दा नमानेको र ०४९।२।४ गते भेटी रु.४२,००० दिएं र वांकी ८,०००। मा.पो.का. मा दिन्छु भनी भन्दा पनि आलटाल गरी मेरो ७२,०००। पचाउने नियत गरेकोले लिखत गरी दिनु पर्यो भन्दा बिपक्षी आफै दोहोरी कागज गर्ने भनी गर्भे सुनारका ४२,०००। वैना बटृा गरी आउने ०४९।२।४ गते भित्र जग्गा पास गरी नदिए बैना पच हुने गरी दोहरी कागज गरी दिएको । पौष महिना अगावै पास गर्नु पर्ने हुंदा पास खर्च र दिनु पर्ने रु.८०००। समेत दिई पास गरी दिनुस