निर्णय नं. २६२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/१५ २१७४ निर्णय नं. २६२९ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. १३९३ आदेश भएको मिति : २०४३।२।१५।५ मा निवेदक : जि.सर्लाही गा.पं.मलंगवा वार्ड नं.९ बस्ने महेशनारायणलाल कायस्त विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, भू.सु.का.सर्लाहीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) न्यायिक आधार नदेखाई वादी दावी बमोजिमको कूत वादीले भरी पाउने र मोही हक यथावत रहने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार र विद्वान वरिष्ठ अधिवक्ता श्री सुनील अधिकारी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भू.सु.का.सर्लाहीको मिति ०४२।३।४ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जि.सर्लाही गा.पं.धनगढी वार्ड नं.९(क) कि.नं.२० के ३–१४–० जग्गाको म निवेदक जग्गाधनी छु सो जग्गा मध्ये पश्चिम तर्फबाट १–१७–० को विपक्ष रामवरण राय मोही हुनुहुन्छ । विपक्षीले ०३२ साल देखि कूत नबुझाएकोमा कूत र मोही निष्कासनको दावा गरी नालेश गर्दे आउँदा कूतसम्म भराई दिने फैसला भएको छ । ०४१ सालको कूत नबुझाएकोले मोहिबाट कूत दिलाई भराई मोहियानी हकबाट निष्कासन समेत गरी पाउन निवेदन दिएकोमा विपक्षीले म्याद समेत गुजारेकोले प्रत्यर्थी कार्यालयबाट कूत नबुझाएकोले दावी बमोजिम प्रतिवादीबाट वादीले कूत पाउने ठहर्छ । मोही हक यथावत रहने ठहर्छ भनी ०४२।३।४।३ मा निर्णय भएको छ । ३. निर्णय गर्ने अधिकारीले निर्णय गर्दा सबूद प्रमाण अवस्था समेतको मूल्याङ्कन गरी आधार देखाई निश्चित ठहरमा पुग्नु पर्ने ने.का.प. २०३३ पृष्ठ १७६ मा उधृत सिद्धान्त प्रतिकूल गई भएको उल्लिखित कानुन त्रुटिपूर्ण निर्णय बदरभागी छ । सो निर्णय न्यायिक मनको अभावमा आत्मनिष्ठ तरिकाले अ.बं.१८५ नं. समेतको त्रुटि छ । मेरो निवेदन दावी अनुसार भू.सु.अधिकारीले मोही निष्कासन नहुने गरी गरेभएको उक्त निर्णय भू.सं.ऐनको दफा २९ को सरासर उल्लघंन भएकोछ । उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थी कार्यालयको ०४२।३।४ को निर्णय बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीसँग लिखितजवाफ लिई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०४२।४।१८ को आदेश । ५. विपक्षीलाई कूत ०४१ साल माघ मसान्तमा बुझाउन ल्याएको हुँ १।। मन मकै पुगेन । पुरा बुझाएपछि भराई दिन्छु भनेकोले विश्वासमा बसेकोमा उजूर गरेछ कुनियतले सो रिट निवेदन गर्नुभएको हो । भू.सु.का.को निर्णय कानुनसंगत भएकोले रिट खारेज गरिपाउँ भन्ने समेत रामवरण राय यादवको लिखितजवाफ । ६. रिट निवेदकले कूत मात्र पाउने र मोही निष्कासन गर्दा मोहिलाई आर्थिक संकट समेत पर्ने भएकोले औचित्यको आधारमा मोही हक यथावत रहने गरी गरेको निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज गरी पाउन अनुरोध छ भन्ने समेत भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सर्लाहीको लिखितजवाफ । ७. रिट निवेदकको वारिस अरविन्दकुमार बर्मा र प्रत्यर्थी रामवरण राय यादवलाई आजको पेशी तारेख तोकी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बली