निर्णय नं. २६३० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६३० - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०४ २२८० निर्णय नं. २६३० ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.नं. २११५ आदेश भएको मिति : २०४३।२।४।१ मा निवेदक : ल.पु.न.पं.वडा नं.७ दुपाट टोल बस्ने पुलाल महर्जनसमेत विरुद्ध विपक्षी : ल.पु.न.पं.वडा नं.७ दुपाट टोल बस्ने गणेशलाल महर्जनसमेत विषय : उत्प्रेषण (१) तेरो मेरोमा उजूर गर्न अदालतमा जानु भनी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम सुनाउनु पर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश न्या.सुरेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ : २. ल.पु. दुपात वडा नं.७ को कि.नं.१५७ को क्षेत्रफल –१–१–१ जग्गामा बनिएको साविक घर जमीनसम्म भत्काई नक्शा बमोजिम घर बनाउन पाउँ भन्ने ०४१।९।१७ मा ल.पु.न.पं.मा राममाया महर्जनको नक्शा दर्खास्त । ३. नक्शा दर्खास्तमा पूर्व साझा चोक भन्ने लेखिएकोमा सो चोकमा जाने बाटो पनि छैन । पूर्व बाटो भनी झुठ्ठा कुरा लेखिएकोले घर बनाउन दिन मञ्जूर छैन भन्ने समेतको पुलाल समेतको उजूरी निवेदन भएकोमा नक्शा परेको घर जग्गामा दावी नभई चोकतर्फ र बाटोतर्फ उजूरी दावी देखिँदा चोक पनि व्यक्ति विशेष तर्फको चोक फिल्ड बूकबाट नदेखिँदा परेको नक्शा पास गरी दिने ठहर्छ भन्ने ०४१।१२।६ को ललितपुर नगर पञ्चायतको निर्णय रहेछ । ४. राममायाको नक्शा दर्खास्तमा उक्त हाम्रो मात्र साझा चोकलाई विपक्षी समेतको साझा भनी उल्लेख गरेकोमा नगर पञ्चायतले निर्णय गर्दा चोक राममाया समेतको साझा हो होइन भन्नेतर्फ मात्र सीमित रही निर्णय गर्नुपर्नेमा दावी र उजूरी भन्दा बाहिर गई सार्वजनिक चोकको संज्ञा दिन खोजेको र साझा हो होइन भन्नेतर्फ मौन रही नक्शा पास हुने ठहराएको न.पं.को निर्णय प्रमाण एनेको दफा ५४, अ.बं.१८४(क) र १८५ को प्रत्यक्ष त्रुटि भएको छ । चोक विपक्ष समेतको साझा हो होइन भन्ने विषयमा विवाद उत्पन्न भए पछि त्यस्को निराकरण नै नगरिएको नगर पञ्चायत ऐन, २०१९ को दफा ४९ को दफा ४९(२) को त्रुटि भएको छ । नापीको समयमा सिर्फ चोक मात्र उल्लेख गरेको मतलब सार्वजनिक हुन सक्ने होइन चोकको स्थिति र भोगको बारेमा केही नबुझी गरेको निर्णय अ.बं.१८४(क) को त्रुटि भएको र त्यस्तो त्रुटिपूर्ण फैसलाबाट हामीहरूको सम्पत्ति सम्बन्धी मौलिक हक हनन् भएको हुँदा संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरी उक्त न.पं.को ०४१।१२।६।३ को निर्णय पर्चा बदर गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र । ५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश । ६. असाधारण अधिकार गुहार्ने व्यक्तिले आफ्नो निर्विवाद हकको स्थापना गर्नु पर्दछ तर निवेदकले चोकमा आफ्नो हक स्थापनाको कुनै सबूद पेश गर्न सक्नु भएको छैन । सर्भे नक्शा र फिल्डबुक उतारबाट समेत चोक विपक्षको भन्ने देखिँदैन । नगर पञ्चायतले आफ्नो अधिकार क्षेत्रभित्र रही नक्शा पास गर्ने निर्णय गरेको छ । आफ्नो जग्गामा घर बनाउन लागेको कुरामा विवाद छैन । चोकतर्फ खुला झ्याल ढोका राख्न नपाउने भन्ने सम्म विपक्षको भनाई हो चोक सम्बन्धमा न.पं.ले मेरो हकको भनी कुनै निर्णय गरेको पनि छैन तसर्थ रिट निवेदन खारेज गरिपाउँ भ