निर्णय नं. २६३२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६३२ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/३० २३९५ निर्णय नं. २६३२ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०४० सालको रिट नम्बर २३६१ आदेश भएको मिति : ०४३।२।३०।६ मा निवेदक : ल.पु.न.पं.वा.नं.५ लगनखेलकुमारीपाटी बस्ने लक्ष्मी शाक्य विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय, ललितपुरसमेत विषय : उत्प्रेषण (१) ढल निकास खुलाउने विषयमा जिल्ला कार्यालयको अधिकार क्षेत्रभित्र पर्न आउने कुनै कानुनी प्रावधान भए गरेको नपाइने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहरलाल दाहाल प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी सहन्यायाधिवक्ता श्री बलिरामकुमार र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल र विद्वान वरिष्ठ अधिवक्ता श्री रामचन्द्र श्रेष्ठ आदेश न्या.सुरेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. विपक्षी कयौं अवालनी समेतले म निवेदिकाको जग्गाबाट निजहरूको ढल निकास रहेको भन्ने आधारहीन दावी गर्दै कथित ढल निकास खुलाई पाउँ भनी मिति ०३७।६।६ मा संयुक्त उजूरी निवेदन ल.पु.न.पं.का समक्ष दिनु भएको रहेछ गुपचुपमा म्याद तामेल गराई एकतर्फि ल.पु.न.पं.को मुद्दा समितिबाट मिति ०३८।७।१९ मा दावी बमोजिम निकासा खोली दिने ठहर्छ भनी निर्णय गरिएछ । यो कुरामा जानकारी भएमा मिति ०४१।४।२६ मा त्यस्तो फैसला भएको छ भन्ने कुराको आधार लिई विवाद उत्पन्न गर्ने काम गरेपछि सम्बन्धित कार्यालयमा गई रीतपूर्वकको नक्कल मिति ०४१।४।३० मा सारी यथार्थ वस्तुस्थिति बोध गरी मिति ०४१।५।४ मा जनाउ पाई न.पं.ऐनको दफा २८ को उपदफा (३) अन्तर्गत ललितपुर न.पं.समक्ष पुनरावेदन गरेको छु । जो हाल पनि विचाराधीन छ । पुनरावेदनको निर्णय नभएसम्म ढल निकास खोल्न पाउने होइन । तर प्रत्यर्थीहरूले मेरो कम्पाउण्ड खोली जबरजस्ती ढल लैजान सक्ने सम्भावना भएकोले शान्ती सुरक्षाका लागि प्र.जि.अ.मा ०४१।११।२ मा निवेदन गरे र प्रत्यर्थीहरू समेत ढल खोलाई पाउँ भन्ने निवेदन गरिछन् त्यसपछि हामी दुवै थरलाई तारेखमा राखियो तर विपक्ष प्र.जि.अ.ज्यूले विवादीत ढल खोल्नको लागि बारम्बार दबाब दिँदै रहनु भएको छ । कुनै पनि समयमा प्रहरीको बलबाट ढल खोली दिन सक्ने अवस्थाको छ । वस्तुतः सो ढल साविक देखिको होइन भन्ने कुरा घर बनाउँदा नक्शा पास गर्न म निवेदिकाले प्रस्तुत गरेको दर्खास्तमा उल्लेख छ । सो सम्बन्धमा मेरो न.पं.मा पुनरावेदन परी रहेकै छ । विपक्षी प्र.जि.अ.ले आफ्नो शान्ति सुरक्षा गरिपाउँ भन्ने निवेदनमा कुनै कारवाही गरिएको छैन ढल निकास गर्ने सम्बन्धमा कारवाही शुरुसम्म गर्न सक्ने अधिकार पनि विपक्षीलाई छैन । केवल शान्ति सुरक्षासम्म गर्न विपक्षी अधिकारीज्यूले सक्नु हुन्छ । तर विपक्षीहरूको निवेदनको आधारमा अविलम्ब ढल निकासाको लागि व्यवस्था गर्न म निवेदकलाई दबाब दिने र नियमित रुपले शुद्ध मुद्दा झैं तारिखमा राख्ने इत्यादी कार्यबाहीहरू अनधिकृत हुँदा अ.बं.३५ नं. बमोजिम स्वतः बदरभागी छ । ढल निकास सम्बन्धमा न.पं.मा पुनरावेदन दिएकै छु सो बाट सो सम्बन्धमा कार्यबाही हुने नै छ । अतः उपयुक्तानुसार विपक्षी प्र.जि.अ.ले आफ्नो अधिकार क्षेत्रको अतिक्रमण गरी ढल निकासको कार्यबाही चलाई म निवेदिकालाई तारेखमा राखी अनाधिकार गरी कुनै पनि समयमा प्रहरीको बलबाट ढल निकास खुलाउन र कायम