निर्णय नं. ३६६९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६६९ - अंश भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/१२/१० २३७० निर्णय नं. ३६६९ ने.का.प. २०४५ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पूर्ण इजलास नम्बर ७६ फैसला भएको मिति : २०४५।१२।१०।५ मा निवेदक/प्रतिवादी : का.जि.सिनामंगल बस्ने मिश्रिदेवी भारती मरी मु.स. गर्ने निजको छोरा ऐ. ऐ. वडा नं. ९ सिनामंगल बस्ने शिवप्रसाद भारतीसमेत विरुद्ध विपक्षी/वादी : भ.पु.जि.वागेश्वरी गा.पं. वडा नं. ३ बस्ने विष्णुप्रसाद भारती मरी मु.स. गर्ने निजकी श्रीमती ऐ. बस्ने उमादेवी भारती मुद्दा : अंश (१) दाइजोबाट बनाएको भनेको घरबाट वादीले अंश पाउँछ भन्न न्यायको दृष्टिमा मिल्ने नदेखिँदा उक्त बनाएको भनेको घरबाट वादीले अंश नपाउने । (प्रकरण नं. १२) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका हजुरमा सर्वोच्च अदालत फुल बेञ्चबाट हेरी इन्साफ जाँच गरी पाउँ भनी प्रतिवादी मिश्रीदेवी भारतीले चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट मुद्दा दोहराई हेरी कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट २०४३।२।१३ मा तोक लागी आई सम्माननीय प्रधान न्यायाधीशज्यूका आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. बाबा श्री प्रसादको ३ श्रीमतीमा जेठी मेरो आमा खड्गकुमारीको गर्भबाट दाजु बलराम र म माहिली आमा विपक्षी मिश्रिदेवीबाट शिवप्रसाद, शंकरप्रसाद र कान्छी आमाबाट मुरारीप्रसाद जन्मेको आमा ९२ सालमा स्वर्गेवास हुन भएको मिति २०२४ साल माघ १० गतेदेखि बाबासंग मानु छुट्टिई बसेकी कान्छी आमा परलोक भएपछि २०२६ साल साउन महिनामा बाबा श्रीप्रसाद परलोक हुनु भएको २०२८ सालमा दाजु बलराम पनि परलोक हुनु भएको । भाउजू महकुमारी भन्ने सानो मैयाँ भारतीले विपक्षीहरु उपर अंशमा फिरादपत्र गरी मिति २०३३।२।१७ गते मा ६ भागको १ भाग पाउने गरी फैसला भएको मिति २०३७।४।४ गते विपक्षीहरुमा गई ५ भागको १ एक भाग मेरो पनि अंश छुट्याई देउ भन्दा अंश दिँदैनौ जानेको गर भनी जवाफ दिएकोले मिति २०२४।१०।१० गते मानो छुट्टिइएको मिति कायम गरी तायदाती लिई ५(पाँच) भागको (१) एक भाग मेरो अंश छुट्याई पाउँ भन्ने विष्णुप्रसाद भारतीको फिराद । ३. वादीको भाउजू महकुमारीले ६ भागको १ भाग अंश छुट्याई लिइसकेकी छन् यो वादी ५ भागको १ भाग अंश पाउने अंशियार हुन् २०२४ सालदेखि उताको निज जिम्माको समेत तायदाती लिई निजको अंश छुट्याई दिएमा मन्जूर छौं भन्ने समेत मुरारीप्रसाद, शंकरप्रसाद र मिश्रीदेवीको प्रतिउत्तरपत्र परेको । ४. वादी र वादीको दाजु बलराम २००९ सालदेखि नै मानु छुट्टिई चतरामठमा बसी आएका हुन जो भएको जग्गा जमीन आमा मिश्रिदेवीले नै जिम्मा लिइरहनु भएकोले वहाँकै नाममा नालेश गरे हुने आमा र वादीबाट तायदाती लिई मेरो र वादीको समेत अंश भाग छ्टयाई दिएमा मेरो मन्जूर छ भन्ने समेत शिवप्रसादको प्रतिउत्तरपत्र परेको । ५. अघि मोहकुमारी वादी र प्रतिवादी यस मुद्दाका वादी विष्णुप्रसाद भई चलेको अंश मुद्दामा वादी पनि १ अंशियार कायम भई ६ खण्डको १ खण्ड अंश पाउने ठहरी २०३३।२।१७।१ मा निर्णय भई अंश छुटयाउने कारवाही भइरहेको देखिन आयो । उसै मुद्दाको अंश छुटयाउने कारवाही हुँदा यी वादीको पनि १ भाग अंश छुटिने नै हुँदा यस मुद्दाबाट पुनः तायदाती लिई अंश छुटयाई नै रहन परेन