निर्णय नं. २६३३ - चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६३३ - चलन चलाई पाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०१/३० २५०८ निर्णय नं. २६३३ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ४२४, ७६३ फैसला भएको मिति : २०४३।१।३०।३ मा पुनरावेदक/वादी : का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने ईश्वरी बाबा शाह विरुद्ध पुनरावेदक/प्रतिवादी : ऐ.सितापाइला गा.पं.वडा नं.१ लामथुकी बस्ने मोहनबहादुर लवटसमेत मुद्दा : चलन चलाई पाउँ (१) सुरक्षित किसानी हक प्राप्त गर्नु अगावैदेखि कि.नं. २४६ मा घर भएको देखिएबाट जग्गावालाको घर मान्नु पर्ने स्थिति देखियो । घरजग्गा कमाउने व्यक्तिले मोही हक पाउन नसक्ने । (प्रकरण नं. १७) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री बसन्तराज भण्डारी फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवैपक्षले पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ : २. फैसलाले जितीपाएको घर जग्गा जबरजस्ती कब्जा गरेकाले मर्का परी बिन्ति चढाउन आएको छु । बा.अं.अ.बाट ठाडै बुझी कानुन बमोजिम गरी दिनु भन्ने हु.प्र.पाउँ भन्ने ईश्वरी बाबाका वारेसको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र परेकोमा व्यहोरा साँचो हो र कोर्टफी राख्न नसक्ने रहेछ भने मुद्दा किनारा हुँदा ठहरे बमोजिम लिने गरी हाल कोर्टफी नदिए पनि ऐनले उजूर लाग्ने कुरामा ठाडै बुझी कानुन बमोजिम गर्नु भन्ने का.जि.अ.का नाउँमा बक्स भएको हुकूम प्रमांगी । ३. मैले बा.अं.अ.को २०३०।९।१३ र ६ को र म.क्षे.अ.को ०३२।१।३१।४ का धनमाल मुद्दाको फैसलाबाट जिति पाएको त्यस उपर सोही इन्साफ सदर भई निर्णय भएको का.जि.सितापाइला गा.पं.वडा नं.१(क) को कि.नं.२४५, २४६, २७३, २६९ का कित्ता ४ र सोही जग्गा मध्ये कि.नं.२४६ को जग्गामा बनेको पूर्व–पश्चिम दक्षिण रैकर उत्तर बाटो र रैकर ४ किल्ला भित्रको पूर्व मोहडा उत्तर दक्षिण लङको १ नाले ८ कवले २ तले र सो संगै दक्षिण कुनाबाट पश्चिमतर्फ जोडिएको १ नाले ४ कवले २ तले समेतको पक्का झिङटी घर २००४ साल भाद्र ३१ गते ल.पु. पुल्चोक बस्ने टीकाकुमारी मल्लसँग आमा जेनी राणाले फार्छे पास गराई लिएको साविक काठमाडौं पा. ८०४ का पोता लगतमा दर्ता भएको विर्ता रोपनी ७–८–० जग्गा २०२९।९।२६।६ का विर्ता विवरण नं. १०६७ बाट मेरो आमाकै नाउँमा मोहनबहादुर हस्तेवारीबाट रैकर परिणत भएको स्वयम्भू मौजाको लगत नं. ३४२ मा दर्ता भएको उक्त जग्गा २०२१ सालको सर्भे नापीबाट नाप नक्शा हुँदा विपक्ष मोहनबहादुर, पद्मकुमारीले उक्त पञ्चायत वडा नं.१(क) को.कि.नं. २४५, २४६, २६९, २७३ समेतका कित्ता ४ मा जग्गा रोपनी ९–४–० कायम भएको ल.नं. ३४२ को सक्कली साविक रसीद नापीमा नभिडाई मौजा नखुलेको लगत नं. २४८ को रोपनी १–१२–० भिडाई बढी माटो गाभी पहिले विपक्षीको नाउँमा दरी पछि मोहनबहादुरको २०२२।११।२०।६ को दर्खास्तबाट भूल सुधार गराएको भनी पद्मकुमारीका नाउँमा सक्कली रसीद भिडाई ज.ध.प्र. पूर्जा प्राप्त गरेको घर घडेरी कित्ता १ सो बाहेक ऐ.पञ्चायत वडा नं.३(ख) को कि.नं.८६ को हक ठहर रोपनी १–१३–० लाई मेरी आमा यही हो भनी कृत्रिम व्यक्ति मनदेवीलाई जेनी नानी बनाई आफू दाजुको हैसियतबाट अन्तरसाक्षी बसी २०२०।७।१९।३ मा थैली रु.२५०१।– मा