निर्णय नं. ३६७० - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६७० - जिउ मास्ने बेच्ने भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/०९/२९ २६१२ निर्णय नं. ३६७० ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजालस सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नम्बर ४४६ फैसला भएको मिति : २०४५।९।२९।५ मा पुनरावेदक/वादी : श्री ५ को सरकार (वीरबहादुर तामाङको जाहेरीले) विरुद्ध विपक्षी/प्रतिवादी : सिधुपलाञ्चोक जिल्ला पोखरे गाउँ पञ्चायत वडा नं. ४ बस्ने संग्रामे भन्ने छकबहादुर तामाङसमेत मुद्दा : जिउ मास्ने बेच्ने (१) जिउ मास्ने बेच्ने महलको १ नं. मा कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्न हुँदैन भन्ने प्रतिबन्ध लगाएको देखिने । (प्रकरण नं. १७) (२) केटीलाई बेच्न लगेको र बेच्न नपाउँदै पक्राउ भएको भन्ने देखिन नआएको हुँदा प्रतिवादीहरुले आरोपित कसूर गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. संग्रामे तामाङ, क्षेत्रबहादुर तामाङ र कठेउरी तामाङनीको लोग्ने नाम नजानेको तामाङ समेत ३ जनाले मेरी श्रीमती नमीन तामाङनीलाई विदेश बम्बैमा लान भनी म नभएका बेलामा ललाई फकाई कठेउरीको घरमा लुकाई राखेको रहेछ । संग्रामेलाई कारकेर गर्दा सावित भएकोले विपक्षी संग्रामे र मेरो श्रीमतीलाई यसै दर्खास्त साथ दाखिल गर्न ल्याएको छु मेरी श्रीमतीबाट आवश्यक बयान समेत गराई विपक्षीहरुलाई कानून बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको वीरबहादुर तामाङको मिति २०३९।३।२० गते पर्न आएको जाहेरी दर्खास्तपत्र । ३. मेरो लोग्ने घरमा नभएको अवस्थामा संग्रामे र क्षेत्रबहादुर आई विदेश बम्बैमा राम्रो लाउन खान पाइन्छ भनी फकाई लगी प्यूघर बस्न नाम नजानेको घरमा लगी राखेकोले निजहरु उपर कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको नमीना तामाङनीको प्रहरीमा भएको मिति २०३९।३।२० गतेको कागज । ४. मैले जाहेरवालाको घरमा गई जाहेरवालाकी श्रीमतीलाई फकाएको होइन, छैन । मिति २०३९।३।१४ गते क्षेत्रबहादुरले वीरबहादुरकी श्रीमती नमीन तामाङनीलाई फकाई राखेको छ मसंग खर्च भएन खर्च भए हामी २ जना विदेशमा मेरो छोरी कहाँ लगी राखौं भनी भन्दा मैले जान्न भनें र मैले सोही दिनको अं. १२ बजे केटीको लोग्ने वीरबहादुर समेतलाई बोलाई नमीन तामाङनीलाई लुकाई राखेको ठाउँबाट ल्याई प्रधानपञ्चको घरमा पुर्‍याएको हो । मैले नमीन तामाङनीलाई फकाएको होइन, छैन भन्ने पक्राउमा परेको संग्रामे भन्ने छकबहादुर तामाङको मिति २०३९।३।२१ गतेको बयान । ५. जाहेरवाला वीरबहादुर तामाङको श्रीमती नमीन तामाङनीलाई क्षेत्रबहादुर छकबहादुर तामाङ समेतले ललाई फकाई गरी पिउघर बस्ने श्रीमान् तामाङको छोरा माइला तामाङको घरमा लुकाई निज समेतको सहमतिबाट विदेश बिक्री गर्न लान उद्योग गरेमा पूरा विश्वास लाग्छ भन्ने गणेशबहादुर न्यौपाने समेतका सरजमीनका मानिसहरुको भनाई लेख भएको मिति २०३९।३।३१ गतेको सरजमीन मुचुल्का । ६. क्षेत्रबहादुर तामाङ, छकबहादुर तामाङ, माहिला तामाङ समेतले नमीन तामाङनीलाई विदेशमा बिक्री गर्न लाने उद्योग गरी मुलुकी ऐन जिउ मास्ने बेच्ने महलको १ नं. विपरीतको अपराध गरेको देखिनाले नि